Posts

Showing posts with the label भरतपुर–१९ को मतगणना सकियो

भरतपुर–१९ को मतगणना सकियो, मेयरमा देवी ज्ञवाली, वडामा कांग्रेसले प्यानलै

श्रावण २१, २०७४- भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना सकिएको छ । मत परिणमा अनुसार एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले २ सय २१ मतले अग्रता कायम गरेका छन् । अब वडा नं २० को मत गन्न बाँकी छ । २० नम्बर वडा गत वैशाख ३१ गते भएको चुनावमा ३ हजार ३०३ मत खसेको थियो । २८ सय ६४ मत गणना भइसक्दा ज्ञवालीले ४१ हजार ९४६ र उनलाई पछ्याइरहेकी माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार ७२५ मत प्राप्त गरेकी छन् । उनीहरुबीचको मतअन्तर २२१ मात्र छ । १९ वडामा नेपाली कांग्रेसले प्यानलै जितेको छ । वडाध्यक्षमा कांग्रेसका कर्णबहादुर गुरुङ विजयी भए। उनलले १ हजार ४७८ मत ल्याए । निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले १ हजार ९७ मत ल्याए । पुन: शुक्रबार भएको निर्वाचनमा सो वडामा दुई हजार ८७० मत खसेको थियो । यसअघि सो वडामा दुई हजार ८९७ मत खसेको थियो । पहिलेभन्दा २७ मत कम खसेको हो । ... भरतपुर महानगरपालिका वडा नं १९ मा जारी मत गणनाको पछिल्लो परिणामअनुसार एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले अग्रता कायम राखेका छन् । २४ सय १० मत गणना भइसक्दा ज्ञवालीले ४१ हजार ७७४ र उनलाई पछ्याइरहेकी माओवादी केन्द्रकी रेणु दाहाल...