Posts

Showing posts from September, 2017

त्रिभुवन बिश्वबिद्यालय को लापरबाही, परिक्षाफल मा त्रुटी

Image
असोज -३ मंगलबार यसै बर्ष बैशाख १४ गते त्रिभुवन बिश्वबिद्यालय का स्नातक चौथो बर्ष बिज्ञान संकाय को परीक्षा को नतिजा मा शिद्दनाथ बिज्ञान क्याम्पस का सबै बिद्यार्थी हरु एक बिषय मा अनुपस्थित देखाएको छ| यस क्याम्पस  बि एस्सी चौथो बर्ष गणित बिषय का १३  जना बिद्यार्थीहरु  परीक्षामा सहभागी भएका थिए| जसमध्ये सम्पूर्ण १३  जनाकै  नतिजा मा सी प्रोग्राम्मिंग बिषय मा अनुपस्थित देखिए को  छ| परीक्षा को नतिजा मा देखिए को त्रुटी ले सम्पूर्ण बिध्यार्थी हरु चिन्तित भएको सोहि क्याम्पस मा अध्यनरत छात्र नबराज अवस्थी ले बताएका छन् |  

नेपाल आइडलमा भोटिङ गर्दा पैसा नलाग्ने

Image
काठमाडौं :  यस हप्ता नेपाल आइडलका लागि भोटिङ गर्दा पैसा नलाग्ने भएको छ । नेपाल आइडलले आफ्नो फेसबुक पेजमा सूचना जारी गरी यस्तो जानकारी दिएको हो । नेपाल आइडलका लागि अन्तिम तीन प्रतिस्पर्धीको छनौट गर्नका लागि एसएमएस भोटिङ गर्ने समय एक साता बढाएपछि नेपाल आइडल आयोजकको सामाजिक सञ्जालमा आलोचना भएको थियो । गतहप्ता कोही पनि नबाहिरिने निर्णय आकस्मिक रुपमा गरिएको नभइ  उक्त  ‘नोएलिमेसन एपिसोड’कार्यक्रमको पूर्व निर्धारित तालिका अनुसार नै  गरिएको नेपाल आइडल आयोजकले जनाएको छ । यस्तो छ नेपाल आइडल आयोजकले जारी गरेको सूचना सूचना गत हप्ताको नो एलिमिनेसन एपिसोड फरमेट बमोजिमनै भए पनि एसएमएस भोटिंगमा यहाँहरुले खर्च गर्नु भएको पैसा र सम्बन्धित प्रतिस्पर्धीहरुले पाएको गत हप्ताको भोट यस हप्ता प्राप्त भोटसँगै गणना हुने विदितै छ । यसबारेमा सामाजिक संजालहरुमा देखिएको जिज्ञासाका बारेमा फ्रिमेन्टल मिडियालाई अवगत गराएपछि उठेका गुनासा सम्बोधन गर्न विशेष व्यवस्था गदै चलिआएको SMS व्यवस्थाका साथै नेपाल आईडलको एपमार्फत नेपालभित्रै बाट निशुल्क भोटिंगको व्यवस्थासमेत गरेको छ । यसका लागि भोट गर्नुपूर्व ईच्छुक दर्शक महानुभावह

८८ किलो सुनको नालीबेली : चिनियाँ तस्करको दबदबा

Image
काठमाडौं  : प्रहरीले सोमबार बिहान राजधानीको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गर्दा नेपाललाई ट्रान्जिट बनाई तस्करी गर्दै आएका चिनियाँ तस्कर सन्जालबारे नयाँ खुलासा भएको छ । पर्यटन व्यवसायको आवरणमा ठमेललाई स्टेसन बनाई ५० वर्षीय चिनियाँ नागरिक वान विई मिङले ११ वर्षदेखि तिब्बत, नेपाल र भारतमा तस्करी सन्जाल सञ्चालन गर्दै आएका हुन् । उनले केरुङ नाका हुँदै आइतबार ल्याएको ४३ करोड रुपैयाँबराबरको सुन महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो । मिङ आफ्नी पत्नी याङ वेन विङसहित घटनालगत्तै फरार छन् भने सुन लोड गरिएको गाडीका चालक मनोज अधिकारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले १५ किलो सुनसहित चिनियाँ तस्करी सन्जालकै ७ जनालाई पक्राउ गरेको साता नबित्दै अहिलेसम्मकै सबैभन्दा धेरै परिमाणमा सुन बरामद भएको हो। मिङ साँझ ८:३० मा बा.१७च ६४२७ नम्बरको टाटा जिप हाँक्दै क्षेत्रपाटी, धोबीचौर आइपुगे । त्यहाँ उनले नयाँ होटल सञ्चालनको तयारी गरिरहेका थिए । होटल परिसरभित्र जिप राखेर बाहिरिए । बाहिरिनेक्रममा निर्माणाधीन होटल रुँघ्ने एक नेपाली कर्मचारीलाई जिपको साँचो जिम्मा लगाए । त्यसपछि एकै

वीरगञ्‍ज भन्सारबाट ८६ हजार नक्‍कली अन्तशुल्क स्टिकर बरामद

Image
वीरगन्ज : नेपालमा उत्पादित शीलबन्दी मदिराको बोत्तलमा आन्तरिक राजश्व विभागले टाँस्ने अन्तशुल्क स्टिकर ठूलो परिमाणमा बरामद भएको छ।भारतबाट ल्याइएको नक्कली अन्तशुल्क स्टिकर वीरगन्ज भन्सार कार्यालयमा जाँच पासका क्रममा बरामद भएको हो। जाँच पासका क्रममा एक सय ८० एमएलको मदिराको बोत्तलमा टाँसिने ६७ हजार तीन सय ६० र एमएलको मदिराको बोत्तलमा टासीने १९ हजार एक सय १० पिस गरि कुल ८६ हजार चार सय ७० पिस नक्कली अन्तशुल्क स्टिकर बरामद गरिएको वीरगन्ज भन्सार कार्यालयका प्रवक्ता सन्तोष यादवले बताए। हिमालयन ट्रान्सपोर्टको नाममा भारतको बिहार मोतीहारीका वीरेन्द्र महत्तोले ल्याएको नक्कली अन्तशुल्क स्टिकर भन्सार कार्यालयमा जाँचपासका क्रममा फेला परेको यादवले जानकारी दिए। नक्कली अन्तशुल्क स्टिकर सहित पक्राउ परेका महत्तोलाइ आवश्यक अनुसन्धान र कार्वाहीका लागि आन्तरिक राजश्व कार्यालय वीरगन्जमा सोमबार बुझाइएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। आन्तरिक राजश्व कार्यालयले भने महत्तोलाइ जिल्ला प्रहरी कार्यालय पर्सालाइ बुझाएको छ। बरामद नक्क्ली स्टिकर कुन मदिरा उद्योगले मगाएको हो यस बारेमा अनुसन्धान भइरहेको आन्तरिक राजश्व

दसैंका लागि ६६ करोडको खसीबोका/च्यांग्रा

Image
भाद्र १९, २०७४- दसैंका लागि उपत्यकामा करिब ६६ करोड रुपैयाँ बराबरका खसीबोका/च्यांग्रा भित्रिने भएका छन् । खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले उक्त मूल्य बराबरको खसीबोका र च्यांग्रा भित्र्याउने तयारी गरेका हुन् । संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार खसीबोका र च्यांग्रा खरिदका लागि ३ करोड ३१ लाख रुपैयाँ छुट्याइएको छ । उक्त रकमबाट २५ सय खसीबोका/च्यांग्रा (१५ सय खसीबोका र एक हजार च्यांग्रा) खरिद गरिनेछ । व्यवसायीले खसीबोका र च्यांग्रा गरी करिब ४५ हजार हाराहारीमा ल्याउने तयारी गरेका छन् । मागको आधारमा संख्या थप बढ्न सक्ने संघका अध्यक्ष दीपक थापाले बताए ।  उनका अनुसार एउटा खसीबोकाको औसत मूल्य १४ हजार रुपैयाँ पर्छ । जसअनुसार करिब ६३ करोड रुपैयाँको आयात गर्ने तयारी भएको उनले बताए । दसैंमा खसीबोकाको माग उच्च हुने भएको सोहीअनुसार ल्याउन लागेको संस्थान र संघले जनाएका छन् । ‘सरकारले कम परिमाणमा भित्र्याए पनि मुख्य उद्देश्य बजार हस्तक्षेप गर्नु हो,’ संस्थानका प्रवक्ता सापकोटाले भने । उनका अनुसार खसीबोका खरिद प्रक्रिया अघि बढाउन जिल्ला कार्यालयमा पत्राचार गरिसकिएको छ । केही साताअघि तराई क

शुक्लाफाँटा का जन प्रतिनिधि लाइ कुटपिट को आरोप

झलारी । गाउँमा मन्दिर परिसरसँगै सीमा जोडिएको जमिनमा बसेका परिवारले गरेको अतिक्रमण रोक्न खोज्ने शुक्लाफाँटा नगरपालिकाको ७ नम्बर वडाध्यक्ष जगतबहादुर सिंह कुटपिटको आरोप भोग्न बाध्य हुन्छन् । वडाध्यक्ष सिंहको विरुद्धमा प्रहरी कार्यालयमा जाहेरी समेत पुग्छ, प्रहरीले छानविन गर्छ, उजुरीकर्ताकै दोष देखिएपछि फाइल बन्द गर्छ । फेरि ‘अतिक्रमण गर्ने’ परिवार कुटपिट र हातपातको आरोप लगाएर प्रहरी कार्यालय पुग्छन् । यो श्रङ्खला चलिरहेको छ । ‘झलारी प्रहरीदेखि जिल्ला प्रहरीसम्म यो श्रृङ्खलाबारे जानकारी भइसकेको छ, त्यसले प्रहरीले उजुरी नै लिन छाडेको छ,’ वडाध्यक्ष जगतबहादुर सिंहले भने, ‘अब सञ्चारमाध्यममा समाचार आउन थालेपछि सबै पत्रकारलाई बोलाएर घटनाको यथार्थ बताउन खोजिएको हो ।’ महेन्द्रनगरमा क्रियाशील पत्रकारलाई अतिक्रमण भइरहेको मन्दिर परिसरमा लगेर वडाध्यक्ष जगतबहादुर सिंहले शनिबार अतिक्रमणको प्रकृतिबारे जानकारी दिएका छन् । शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा रहेको गौरादेवी मन्दिरको जग्गा अतिक्रमणको चपेटामा परेको वडाध्यक्ष सिंहले देखाएका छन् । ‘विगत २१ वर्षदेखि स्थानीयले गौरादेवी मन्दिर स्थापना गरेर गौरा पर्व