हचुवामा आंगिक क्याम्पस
काठमाडौं : भएकै क्याम्पस व्यवस्थापन गर्न कठिन भइरहेका बेला सरकारले आर्थिक भार पर्ने गरी सामुदायिक क्याम्पसलाई पनि आंगिक बनाउने तयारी गरेको छ। क्याम्पसलाई आंगिकमा रूपान्तरण गरेपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अध्ययनै नगरी राजनीतिक दलको उच्च तहको प्रभावमा ती क्याम्पसलाई आंगिक बनाउन लागिएको हो। ६ वर्षअघि क्षेत्रीय विश्वविद्यालयका रूपमा स्थापित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आंगिक क्याम्पस थप्न लागिएको छ। सुदूरपश्चिमाञ्चलमा १५ तथा मध्यपश्चिमाञ्चलमा १० वटा सामुदायिक क्याम्पसलाई आंगिकमा लैजान लागिएको हो। शिक्षा मन्त्रालय स्रोतका अनुसार यी सबै क्याम्पसलाई आंगिक बनाउन उच्च राजनीतिक तहबाट दबाबसमेत परेको छ। सामुदायिक क्याम्पसलाई आंगिक बनाउन सम्बन्धित विश्वविद्यालयसभाले पारित गरेर अनुदान आयोगमा पठाएको थियो। आयोगले पनि सुझावका लागि मन्त्रालयमा नाम पठाएर ती क्याम्पसबारे अन्तिम निर्णय गर्ने तयारी गरेको छ। आयोगका सदस्यसचिव प्रा. डा. देवराज अधिकारीले कुन क्याम्पसलाई सम्बन्धन दिने र नदिने भन्नेमा आफूहरूले हस्तक्षेप गर्न नमिल्ने बताए। ‘हचुवाका भरमा आंगिक क्याम्पस...