Posts

Showing posts with the label जिम्बाबे क्रिकेट

विश्वकप क्रिकेट छनोट : नेपाल जिम्बाबेसँग भिड्दै, जिम्बाबे द्वारा ३८१ रनको विशालकाय चुनौती

काठमाडौँ, २० फागुन एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु भएको थियो । आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबाबमा छ । पराजित गर्न सके नेपाललाई अघि बढ्न मार्गप्रशस्त हुनेछ । तर नतिजा जिम्बाबेको पक्षमा गएमा विश्वकप छनोटमा नेपालको यात्रा सहज हुनेछैन । टेस्टमा नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो हो । यसअघि टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो । गत महिना नामिबियामा भएको डिभिजन–२ का खेलहरूमा नेपालले अत्यन्त कठिन परिस्थितिबाट नाटकीय जित निकाल्दै विश्वकप छनोट खेल्ने मौका पाएको हो । सन् २०१९ को विश्वकप क्रिकेटमा १० देशमात्र सहभागी हुने हुँदा नेपाल पनि सहभागी हुने सम्भावना निकै झिनो छ । तर झिनै भए पनि कुनै अभूतपूर्व नतिजाले नेपाललाई विश्वकपमा पु¥याउन सक्छ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा अघिल्लो महिना डिभिजन टुमा खेलेका अधिकांश खेलाडीले स्थान बनाएका छन् । नेपाली टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, ललित भण्डारी, वसन्त ...