एचआइभी परीक्षण गर्नै मान्दैनन् सर्वसाधारण
तेह्रथुम, वैशाख ५ गते । जिल्लाका सर्वसाधारण आफूलाई एचआइभी रहे-नरहेको परीक्षण गर्नै नमान्ने गरेका चिकित्सकले बताएका छन् । जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांशले एचआइभी परीक्षण गर्नु पूर्व जानकारी दिँदा परीक्षण गर्नै नमान्ने गरेका हुन् । जिल्लाभित्र ल्याब सेवा रहेको जिल्ला अस्पतालसहित वसन्तपुर र सक्रान्ति प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी परीक्षण गर्ने सुविधा छ । त्यसबाहेक हालैमात्र जिल्ला जनस्वास्थ्य कार्यालयको निर्देशनबमोजिम सबै स्वास्थ्य संस्थामा एचआइभी भए/नभएको परीक्षण गर्न गर्न थालेपनि जिल्लाका स्वास्थ्य संस्थामा आउने बिरामीले परीक्षण गर्नै नमान्ने गरेका जिल्ला जनस्वास्थ्य प्रमुख डा मुक्तिनारायण शाहले बताउनुभयो । “एचआइभी भन्ने सुन्नासाथ नकारात्मक सोच जन्मिएर होला, कसैले पनि परीक्षण गर्न मान्दैनन् ।” उहाँले भन्नुभयो, लाज, डर र त्रासका कारण परीक्षण गराउन नमान्ने गरेका होलान । ” जिल्लामा गर्भवती महिलाको भने अनिवार्य एचआइभी परीक्षण हुने गरेको छ । अन्य व्यक्तिमा भने शंका लागेमामात्र परीक्षण गर्ने गरिएको छ । कार्यालयले हालै शुरु गरेको सेवाबाट विशेषगरी गर्भ...