बैतडीमा हात्तीपाइले विरुद्धको औषधि खुवाईदै
बैतडी,१२ फागुन बैतडीमा यो बर्ष २ लाख ५१ हजार ६३ जनालाई हात्तिपाइले रोग बिरुद्धको आमऔषधीखुवाईदै छ । आजदेखि प्रदेश नम्बर सातका ९ ओटै जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिनुभयो । बैतडीको हकमा अन्तिम पटक हात्तीपाइले विरुद्धको आम औषधि सेवन अभियान भएको उहाँले जानकारी दिनुभयो । बैतडीमा छैटौं बर्षमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम तय भएको हेल्थ असिष्टेन्ट पाण्डेयले जानकारी दिनुभयो । ५ बर्ष सम्म बैतडीमा औषधि सेवनअभियान सञ्चालन गरेपछि गरिएको सर्वेक्षणमा औषधिअभियान सफलभएको पाइएको जिल्ला स्वास्थ्यकार्यालयले जनाएको छ । पाटन र शिवनाथमा ६ सय जनाको रगत परीक्षण गरेकोमा कसैमापनिहात्तीपाइले कीटाणु नभेटिएकाले आमऔषधि सेवनअभियान सफलभएको जिल्ला स्वास्थ्यकार्यालय बैतडीका प्रमुख डा. गुणराजअवस्थीले जानकारी दिनुभयो । हात्तीपाइले विरुद्धको आमऔषधि सेवनकार्यक्रमकालागि ४६० स्वास्थ्यकर्मी र १ हजार ४५० स्वयंसेवक परिचालन भएका छन् । दुई बर्ष मुनिकाबालबालिका,गर्भवती र सातदिनभित्रका सुत्केरी, ७० बर्ष भन्दामाथिकानागरिक,सिकिस्त ब...