Posts

Showing posts with the label नेपाल क्रिकेट

क्यानको विशेष साधारणसभा आजदेखि

काठमाडौं, ६ वैशाख – नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा आजदेखि काठमाडौंमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)का प्रतिनिधि र राष्ट्रिय खेलकुद परिषद (राखेप)का प्रतिनिधिको उपस्थितिमा विशेष साधारणसभाले पारित गरेपछि क्यानले नयाँ विधान पाउनेछ । विधान अनुमोदनका लागि हुनलागेको यो दोस्रो विशेष साधारणसभा हो । शुक्रवारसम्म जारी रहने साधारणसभा विधान बनेपछि क्यानको निर्वाचन गराउनका लागि मनिटरिङ कमिटी गठन हुनेछ । मनिटरिङ कमिटीले क्यानको चुनाव गराउँदै नयाँ नेतृत्व प्रदान गर्नेछ । मनिटरिङ कमिटीमा आइसीसीका तीन, राखेप र निर्वाचित क्यानका समान एक/एक प्रतिनिधि सदस्य रहनेछन् । वि.सं. २०७२ मंसिरमा चतुरबहादुर चन्द क्यानको अध्यक्षमा निर्वाचित भएका थिए । क्यानका तत्कालीन अध्यक्ष टंक आङबुहाङ समूहले उक्त अधिवेशन रोक्न राष्ट्रिय खेलकुद परिषदमा उजुरी दिएको थियो । राखेपले निष्पक्ष र वैधानिक तरिकाले निर्वाचन नभएको भन्दै रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो । क्यानको निपष्क्ष निर्वाचन नभएको र सरकारी हस्तक्षेप रहेको भन्दै आइसीसीले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । आइसीस...

नेदरल्यान्ड द्वारा नेपाल ४५ रनले पराजित - १९० रनको पिछा गर्दै १४० रनमा अल-आउट

काठमाडौँ — विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफ खेलमा नेपाल नेदरल्यान्ड्ससँग ४५ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ९० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४४.४ ओभरमा १ सय ४४ रन जोड्दै अल आउट भयो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३६ रन जोडे । दीपेन्द्रसिंह ऐरीले २५ तथा पारस खड्काले २२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । ज्ञानेन्द्र मल्ल (४), अनिल साह (८), आरिफ शेख (५) र रोहित पौडेल (०) ले निराशाजनक प्रदर्शन गरे । नेदरल्यान्ड्सका रोलफ भान डर मर्वले ४ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८९ रन जोडेको थियो । नेपालका सोमपाल कामीले ४, सन्दीप लामिछाने र ललित नारायण राजवंशीले २-२ तथा शक्ति गौचनले १ विकेट लिए । नेदरल्यान्ड्सका बास डे लिडले ३९ तथा म्याक्स ओ डाउडले २८ रनको योगदान दिए । रोलफ भान डर मर्व र स्कट एडवार्ड्सले २५-२५ रन जोडेपछि नेदरल्यान्ड्स केही सम्हलिएको थियो । विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफ खेलमा पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले नेपाललाई जितको लागि १ स...

विश्वकप छनोट–नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौँ, चैत २ गते । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालले सातौ स्थानका लागि शनिबार नेदरल्यान्ड्सको सामना गर्दैछ । जिम्बाब्वेमा जारी आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सातौ स्थानको लागि हुने प्लेअफ खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । बिहीबार भएको प्लेअफ खेलमा नेपालले पपुवान्यूगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने पक्का भएको हो । एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस् अहिलेसम्म चार पटक आमने सामने भएका छन् । जसमा दुवै टोलीले समान दुई दुई खेल जितेका छन् । शनिबार नै नवौँ स्थानका लागि हङकङ र पपुवान्यूगिनी पनि भिड्दैछन् । (रासस)

नेपालद्वारा पीएनजी ६ विकेटले पराजित , नेपाललाई वान-डे अन्तर्राष्ट्रिय मान्यता

काठमाडौँ , चैत्र १, नेपालले विश्वकप छनोटको प्लेअफमा पपुवा न्यूगिनी (पीएनजी)लाई ६ विकेटले पराजित गरेको छ । पीएनजीले प्रस्तुत गरेको १ सय १५ रनको लक्ष्य नेपालले ४ विकेटको नोक्सानीमा २३ ओभर खेल्दै प्राप्त गरेको हो । प्लेअफको अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएमा नेपालले वान-डे अन्तर्राष्ट्रिय मान्यता पाउनेछ । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ५० रन जोडे । ५८ बल खेलेका दीपेन्द्रले १ चौका र ३ छक्का प्रहार गरेका थिए । मध्यक्रममा आरिफ शेखले २६ तथा कप्तान पारस खड्काले २० रनको योगदान दिएका थिए । त्यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले २७.२ ओभरमा पीएनजीलाई १ सय १४ रनमा अलआउट गरको थियो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक १९ रन जोडे । नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ४-४ विकेट तथा सोमपाल कामी र करण केसीले १-१ विकेट लिएका थिए । विश्वकप छनोटको प्लेअफ अन्तर्गत बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले वान-डे अन्तर्राष्ट्रियको मान्यता प्राप्त गरेको छ । अर्को प्लेअफमा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेसँगै नेपालले वान(डे अन्...

नेपाल र पपुवा न्यूगिनी भिड्दै

काठमाडाैं, १ चैत – जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवशीय मान्यताका लागि निर्णायक खेलमा नेपालले आज बिहीबार पपुवा न्यूगिनीसँग खेल्दैछ । सुपर सिक्समा पर्न नसकेपछि विश्वकप छनोटबाट बाहिरिएको नेपालको बिहीबारको खेल एकदिवशीय मान्यताका लागि हो । समूह एको पाँचौं स्थानमा रहेको पीएनजी र समूह बी को चौथो स्थानमा रहेको नेपालबीचको प्लेअफ खेल नेपाली समयअनुसार बिहीबार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ । यसअघिका सबै खेल वुलावायोमा खेलेको नेपालले बिहीबार हरारेस्थित हरारे स्पोर्टस क्लवको मैदानमा खेल्नेछ । नेपालका लागि यो मैदान नयाँ हो । यस खेलमा नेपाल विजयी भएमा एकदिवशीय मान्यताका लागि नजिक हुनेछ । बिहीबारै समूह एमा चौथो भएको नेदरल्याण्ड्स र समूह बीमा पाँचौं भएको हङकङबीच पनि हुने अर्को प्लेअफमा प्रतिस्पर्धा हुनेछ । त्यस खेलमा नेदरल्याण्ड्स विजयी भएमा र नेपालले पीएनजीलाई हराएमा नेपालले एकदिवशीय मान्यता पाउनेछ । तर, त्यस खेलमा हङकङ विजयी भएमा नेपालले सातौं स्थानका लागि अर्को खेल खेल्नेछ र आगामी चार वर्षको नेपाली क्रिकेटको भविष्य त्यही खेलले निर्धारण गर्नेछ । बिहीबार हुने दुवै प्लेअफमा पराजित हु...

नेपालद्वारा हङकङ ५ विकेटले पराजित, पपुवा न्यु गिनी संग प्लेअफ खेल्ने

Image
काठमाडौँ — हङकङले प्रस्तुत गरेको १ सय ५४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४०.४ ओभर खेल्दै प्राप्त गरेको थियो । नेपालका लागि सोमपाल कामी र रोहितकुमार पौडेलले छैटौं विकेटका लागि ८९ रनको अविजित साझेदारी गर्दै जितसम्म पुर‍्‍याएका थिए । रोहित ४८ रनमा नटआउट रहँदा सोमपालले ३७ रन जोडे। दुवै ब्याट्सम्यानले ५-५ चौका प्रहार गरे। त्यसअघि नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल साहले २६ रनको योगदान दिए। ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले १२-१२ तथा कप्तान पारस खड्काले ११ रन जोडे। नेपालले अब प्लेअफमा अर्को समूहको पुछारमा रहेको पपुवा न्यु गिनीको सामना गर्नेछ।

नेपाल र हङकङ भिड्दै, नेपालका लागि हङकङविरुद्धको जित निर्विकल्प

काठमाडौं ,  २८ फागुन – आइसीसी विश्वकप छनोट खेलका लागि जिम्बाबेमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबार समूहचरणको अन्तिम खेल खेल्दै छ। जहाँ नेपालका लागि हङकङविरुद्धको जित निर्विकल्प छ। यस्तो भए सुपर सिक्स नेपालको सुुपर सिक्समा पुग्न गणीतीय सम्भावना मात्र बाँकी छ। सुपर सिक्समा स्थान बनाउनु नेपालका लागि असम्भव जस्तै मानिएको छ। तर, खेल भएकाले कुनै चामत्कारिक नतिजा निकाल्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ। समूहका तीन खेलमा नेपालले तीनै खेल हारेको छ त्यो पनि कमजोर रनरेटमा नेपालको समूहमा हङकङ र अफगानिस्तानको २-२ अंक रहेको छ। सोमबार हुने खेलमा हङकङले जित निकाले मात्र पनि सुपर सिक्समा स्थान बनाउनेछ। तर, नेपाललाई सामान्य जितले मात्र पुग्दैन। रनरेटमा पनि नेपाल निकै पछि रहेको छ। नेपालको रनरेट –१.५४६ रहेको छ भने हङकङको –१.२४६ छ। यस्तै अफगानिस्तानको ०.०३८ छ। तर, हङकङ ई रनरेटले कुनै फरक पार्नेछैन जितेको खण्डमा ४ अंकका साथ सुपर सिक्समा प्रवेश गर्नेछ। सुपर सिक्समा पुग्नका लागि नेपालले पहिले लक्ष्य दिएमा हङकङविरुद्ध १५० बढी रनस्कोरले नतिजा आफ्नो पक्षमा पार्नुपर्छ त्यो पनि कम ओभरमै समेट्नुपर्...

विश्वकप क्रिकेट छनोट : नेपाल र अफगानिस्तान भिड्दै

काठमाडौँ, २६  फागुन – आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्दैछ । जिम्बावेमा जारी उक्त प्रतियोगितामा नेपालले आज बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार दिउँसो १ ः १५ बजे अफगानिस्तानको सामना गर्नेछ । एक दिवसीय खेलमा नेपाल र अफगानिस्तान अहिलेसम्म सात पटक भिडेका छन् । अफगानिस्तान ६ खेलमा र नेपाल एउटा खेलमा विजयी भएको छ । सुपर सिक्समा आफनो स्थान सुरक्षित गर्नका लागि नेपाललाई उक्त खेल जित्नैपर्ने दबाब छ । लगातार दुई खेलमा नेपालले हार बेहोरेको छ । नेपालले एक दिवसीय मान्यता पाउनका लागि बाँकी दुबै खेल जित्नैपर्ने हुन्छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रन तथा दोस्रो खेलमा स्कटल्याण्डसँग चार विकेटको हारेको थियो । टेष्ट मान्यता पाइसकेको अफगानिस्तान स्कटल्याण्ड, जिम्बावे र हङकङसँग पराजित भइसकेको छ । अफगानिस्तानको सुपर सिक्समा पुग्ने गणितीय आधार मात्र बाँकी छ । नेपालले अफगानिस्तान सँगै हङ्कङसँग खेल्न बाँकी छ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीन स्थान हात पार्ने टोली सुपर सिक्समा पुग्नेछन् र त्यसबाट श...

विश्वकप क्रिकेट छनोट: नेपाल र स्कटल्याण्ड भिड्दै, अहिले सम्मकोअंक तालिका सहित

Image
काठमाडौँ, २४ फागुन – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ । जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा उक्त खेल हुनेछ । नेपालभन्दा स्कटल्याण्ड बलियो टोली मानिन्छ । नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन । चार वर्षअघि न्यूजिल्याण्डमा भएको विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने विश्वकप क्रिकेट लिगको दुवै खेलमा पनि नेपाल पराजित भएको थियो । यही फागुन २० गते भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ११६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । प्रतियोगितामा दुई खेल खेलेको स्कटल्याण्डले दुवैमा जित हासिल गरेको थियो । स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले तथा दोस्रो खेलमा हङकङलाई चार विकेटले हराएको थियो । नेपाल सुपरसिक्समा पुग्नै पर्ने दबाबमा छ । पहिलो खेलमा हार बेहोरेको नेपालले बाँकी तीन खेलमध्ये दुई खेलमा जितका साथै राम्रो नतिजा ल्याउन आवश्यक छ । समूह ‘बी’ मा रहेको नेपालले स्कटल्याण्डसँगै अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ । चार अंक जोडेको स्कटल्याण्ड शीर्ष स्थानमा छ भने समान चार...

विश्वकप क्रिकेट छनोट : नेपाल जिम्बाबेसँग भिड्दै, जिम्बाबे द्वारा ३८१ रनको विशालकाय चुनौती

काठमाडौँ, २० फागुन एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु भएको थियो । आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबाबमा छ । पराजित गर्न सके नेपाललाई अघि बढ्न मार्गप्रशस्त हुनेछ । तर नतिजा जिम्बाबेको पक्षमा गएमा विश्वकप छनोटमा नेपालको यात्रा सहज हुनेछैन । टेस्टमा नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो हो । यसअघि टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो । गत महिना नामिबियामा भएको डिभिजन–२ का खेलहरूमा नेपालले अत्यन्त कठिन परिस्थितिबाट नाटकीय जित निकाल्दै विश्वकप छनोट खेल्ने मौका पाएको हो । सन् २०१९ को विश्वकप क्रिकेटमा १० देशमात्र सहभागी हुने हुँदा नेपाल पनि सहभागी हुने सम्भावना निकै झिनो छ । तर झिनै भए पनि कुनै अभूतपूर्व नतिजाले नेपाललाई विश्वकपमा पु¥याउन सक्छ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा अघिल्लो महिना डिभिजन टुमा खेलेका अधिकांश खेलाडीले स्थान बनाएका छन् । नेपाली टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, ललित भण्डारी, वसन्त ...

नेपालले मलेसियालाई ५ विकेटले हरायो

Image
श्रावण ९, २०७४- नेपालले आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा सोमबार मलेसियालाई ५ विकेटले हराएको छ । सोमबार बिहान सिंगापुरको इन्डियन एसोसिएसन ग्राउन्डमा भएको खेलमा टस हारेर व्याटिङमा आएको मलेसियाले ३५.१ ओभरमा सैआ विकेट गुमाउँदै ८९ रन बनायो । जवाफी व्याटिङमा आएको नेपालले २२.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालका तर्फबाट सन्दीप लामिछानेले ७ विकेट लिए । .... खेल जारी छ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ । ....   नेपालले आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा सोमबार मलेसियाको सामना गर्दैछ। सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालले पाँचौं खेल खेल्न लागेको हो। नेपाल ५ खेलमा ४ जित र १ पराजयसाथ डबल राउन्ड लिग प्रतियोगिताको अंक तालिकामा दोस्रो स्थानमा छ। नेपालले मंगलबार अफगानिस्तानसँग आफ्नो अन्तिम खेल खेल्नेछ। अफगानिस्तान पहिलो चार खेलमै जित हात पारी अर्को वर्ष न्युजिल्यान्डमा हुने यू–१९ विश्वकपको नजिक पुगेको छ। बिहीबार अफगानिस्तानसँग १ सय ४१ रनको हारपछि नेपालको विश्वकपमा पुग्ने सम्भावना क्षीण भइसकेको छ। प्रतियोगिताको विजेताले मात्र न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ को विश्...