Posts

Showing posts with the label मुख्यमंत्री

मुख्यमन्त्रीको तलब ६३ हजार, अन्य मन्त्रिहरु तथा सांसदहरुको तलब सहित

प्रदेश ७ का मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलव सुविधा तोकिएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पारिश्रमिक लगायत सेवा सुविधासम्बन्धी निर्णय गरेको हो । अब मुख्यमन्त्रीले पारिश्रमिकसहित मासिक ६२ हजार ९ सय ७० रुपैयाँ पाउने छन् । प्रदेश मन्त्रीहरुले पारिश्रमिक सहित मासिक ५४ हजार बुझ्नेछन् । सभामुखले ५६ हजार ५ सय पाउनेछन् । मुख्यमन्त्री, सभामुख र मन्त्रीहरुले सरकारी आवास सुविधा पनि पाउने छन् । ‘सरकारबाट तोकिए बमोजिम प्रदेश मन्त्रीपरिषद्का सदस्य र सांसदहरुको सेवा सुविधा निर्धारण गरेका हौं’, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले भने । त्यसैगरी उपसभामुख र विपक्षी दलको नेताले मासिक ५३ हजार २ सय ५० प्राप्त गर्नेछन् । साथै आवास भत्ताका लागि १२ हजार थप बुझ्नेछने । दलका सचेतक र समितिका सभापतिहरुले पनि १२ हजार रुपैयाँ आवास भत्तासहित ६२ हजार ७ सय रुपैयाँ पाउनेछन् । प्रदेश सांसदहरुले आवास भाडासहित एकमुष्ट ५९ हजार मासिक रुपमा प्राप्त गर्नेछन् । बैठक तथा भ्रमण भत्ता र फर्निचर वाफतको रकम मुख्यमन्त्री, मन्त्री, सभामुख लगायत सांसदहरु सबैलाई उपलब्ध हुनेछ । प्रदेशमा मुख्यमन्त्री तथा म...

प्रदेश १ मा २० वर्ष पुरानो गाडी चढ्दै मुख्यमन्त्री

धरान — सरकारले दुई दशक पुराना सवारी साधन विस्थापित गर्ने नीति बनाएपनि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई २० वर्ष पुरानो गाडी चढ्न बाध्य छन् । मर्मत गरेर कामचलाउ बनाएको दुइ दशक पुरानो गाडीमा मुख्यमन्त्रीको झन्डा लगाएको छ । गाडीको इन्जिन पुरानो भए पनि आवरण भने चिटिक्क बनाएको छ । यस अघिनै सरकारले बातावरणमा प्रदूषण लाई ध्यानमा राख्दै २० वर्ष भन्दा पुराना सवारी साधन चलाउन नपाउने नियम बनाएको थियो । फागुन ३ गते मुख्यमन्त्रीको शप लगतै उनले को १ झ २३५ नम्बरको सरकारी सुविधाको गाडी पाएको हो । टोयटा ल्याण्डक्रुजर उक्त गाडी ३ लाख ७५ हजार किलोमिटर गुडिसकेको छ । यसअघि उक्त गाडी प्रधानमन्त्री, राष्ट्रपति, अन्य विशिष्ट ब्यक्ति आउँदा प्रयोग हुँदै आएको थियो । अहिलेसम्म उक्त गाडीमा दर्जन बढी प्रधानमन्त्री र दुवै राष्ट्रपति सवार भैसकेका छन् । ‘पुरानो गाडी प्रयोग गर्नु बाध्यता हो । तत्काल नयाँ किन्न सकिने अवस्था छैन । भएको साधान मर्मत गरेर चढियो, दुई दशक पुरानो भनेर भर्खर थाहा पाएँ’ मुख्यमन्त्री राईले भने । प्रदेश १ मा सरकारी निकायका लागि थप ५० गाडीको आवश्यक हुने सरकारको अनुमान छ । २० वटा गाडी तत्काल उपलव्...