Posts

Showing posts with the label चितुवा

बैतडीमा चितुवाको फेरी आक्रमण - बृद्धा गम्भिर

बैतडी,७ वैशाख- चितुवाको आक्रमणमा परि बैतडीको तल्लोस्वराडमा एक बृद्धा गम्भिर घाईते भएका छन् । घाईते हुनेमा मेलौली नगरपालिका ८ कोटिगाउ जोगीझाडकी ६७ बर्षिया डिगरी देवी विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गएराती १ बजे घरभित्रै सुतिरहेकी बृद्धालाई झ्यालवाट भित्र पसेको चितुवाले आक्रमण गरेको हो । घाईते डिगरीको टाउकोमा गम्भिर चोट रहेको छ । घाईतेलाई उपचारका लागी उप क्षेत्रिय अस्पताल डडेल्धुरा लैजाने तयारी भएको छ । चितुवाले वि स २०६८ साल यता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ । प्रसासनले धेरैपटक चितुवा मार्नका लागी तल्लोस्वराडमा प्रहरी र बनरक्षकको टोली पठाएको भएपनि फेला पार्न नसकि फर्किने गरेको छ । गत फागुन १४ गते राती मात्रै मेलौली नगरपालिका–९ रोकटाका डेढ बर्षिय बालक गणेश बहादुर चन्दलाई आफ्नै घरकै भुइँतले भान्छा कोठामा रहेका बेला चितुवाले आक्रमण गरी गम्भीर घाईते बनाएको थियो ।

चितुवाको आक्रमणबाट एकजना घाइते

कञ्चनपुर, वैशाख ३ गते । चितुवाको आक्रमणबाट आज यहाँ एकजना घाइते भएका छन् । चितुवाको आक्रमणबाट भीमदत्तनगरपालिका– १८ बागफाटाका ४५ वर्षीय छाउना राना घाइते भएका हुन् । सख्त घाइते उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको प्रहरी चौकी बागफाटाका हवल्दार चन्द्रसिंह प्वालीले जानकारी दिनुभयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको उक्त वस्तीमा आज बिहान चितुवा पसेर रानालाई आक्रमण गरेको हो । चितुवाले गाउँमा बाख्रासमेत खाएको छ । अहिले चितुवालाई वस्तीबाट धपाउन निकुञ्जबाट हात्तीसहितको सेनाको टोली, निकुञ्जका कर्मचारी र प्रहरी परिचालन गरिएको छ । उक्त वस्ती निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ । रासस

बैतडीमा वयस्क चितुवा मृत फेला

बैतडी,२९ फागुन- चितुवा प्रभावित क्षेत्र बैतडीको तल्लोस्वराडमा आज एक मृत अवस्थामा वयस्क चितुवा फेला परेको छ । मेलौली नगरपालिका २ नानीगाड खोला किनारमा चितुवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । चितुवा सडेको अवस्थामा रहेकोले दुई तिन दिन अगाडी नै मरेको हुनसक्ने प्रहरीले जनाएको छ । खोलामा माछा मार्न गएका युवाहरुले मृत चितुवालाई देखेपछि आज बिहानै प्रहरीलाई खबर गरेका हुन् । प्रहरीले वन कार्यालयको मान्छेलाई खवर गरेको र शव परिक्षणपश्चात मात्रै चितुवा कसरी मरेको भन्ने थाहा हुने बताईएको छ । चितुवा मृत भट्टिएको बारे थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । मेलौली नगरपालिकाका बिभिन्न ठाउमा चितुवाले आक्रमण गरि धेरैको ज्यान लिइसकेको छ भने त्यसै मध्येको चितुवा मरेको हुनसक्ने अनुमान गरिएको छ । चितुवाले वि स २०६८ साल यता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ । प्रसासनले धेरैपटक चितुवा मार्नका लागी तल्लोस्वराडमा प्रहरी र बनरक्षकको टोली पठाएको भएपनि फेला पार्न नसकि फर्किने गरेको छ । यही फागुन १४ गते राती मात्रै मेलौली नगरपालिका–९ रोकटाका डेढ बर्षिय बालक गणेश बहादुर चन...