Posts

Showing posts with the label स्थानीय तह

जिससका कर्मचारीलाई स्थानीय तहमा समाहित हुन निर्देशन

काठमाडौँ, २६ चैत- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिमा कार्यरत रहेका कर्मचारीलाई स्थानीय तहमा समाहित हुन सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहमा कर्मचारीको अभाव भएपछि समन्वय समितिको कर्मचारी सिधै स्थानीय तहमा समायोजन गर्न लागेको जानकारी दिएको छ । स्थानीय शासन सञ्चालन ऐन, २०७४ को दफा ८५ (३) १ मा स्थानीय तहमा कार्यरत कर्मचारीहरु सम्बन्धित स्थानीय तहमा स्वतः समायोजन भएको मानिने व्यवस्था भएको तथा जिल्ला समन्वय समितिका कर्मचारीलाई सम्बन्धित जिल्लाको स्थानीय तहमा खटाउन सकिने व्यवस्था रहेको छ । यसरी कर्मचारी खटाउँदा पर्याप्त कर्मचारी नभएका गाउँपालिका र नगरपालिकामा प्राथमिकता दिइने पनि विज्ञप्तिमा भनिएको छ । कर्मचारी व्यवस्थापन ऐनको दफा १४ (१) अनुसार समन्वय समितिको सम्पूर्ण स्थायी कर्मचारी स्वतः स्थानीय तहमा समायोजन मानिने मन्त्रालयले जनाएको छ । यसरी कर्मचारी समायोजन गर्दा जिल्लाको सबैभन्दा टाढाको दूरीमा रहेको स्थानीय तहमा खटाउनु पर्नेछ । कर्मचारी खटाएको विवरण मन्त्रालयमा समन्वय समितिले बुझाउनु पर्नेछ ...

राष्ट्रिय सभा चुनाव सार्ने चलखेल भएको एमाले आरोप

काठमाडौँ — एमालेले राष्ट्रिय सभाको घोषित निर्वाचन सार्ने चलखेल भएको आरोप लगाउँदै सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । कार्यवाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले राष्ट्रियसभाको निर्वाचन तोकिएकै मितिमा गर्न आग्रह गरेको छ । ‘प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न भएको ढिलाइप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ प्रचार विभाग प्रमुखसमेत रहेका सचिव योगेश भट्टराईले भने, ‘यसले राष्ट्रिय सभाको निर्वाचन प्रभावित गर्न र अन्यौल बढाउन खोजिदैछ ।’ ‘प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सरकारको नितान्त आफ्नो बिजनेस हो,’ सचिव भट्टराई भन्छन्, ‘पछि के गर्ने सोचौंला ।’ निर्वाचन आयोगले माघ २४ गते राष्ट्रिय सभा निर्वाचन गर्ने तय गरिसकेको छ । प्रदेश प्रमुख र अस्थायी राजधानी नतोक्दा निर्वाचन प्रभावित हुन सक्ने चेतावनी आयोगले दुई दिनअघि नै दिएको थियो । एमालेले राष्ट्रिय सभामा उम्मेदवार चयनमा सिफारिस गर्दा प्रत्यक्ष निर्वाचन र समानुापतिकमा छुटेका समूदाय पर्नेगरी पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । एमालेले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नेबारे सरक...

२०० स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेसले जितेका स्थानीय तह

असार १४ गते भएको तीन प्रदेशका ३३४ स्थानीय तहको नतिजा आउने क्रम जारी रहेको छ । आइतबार ३ बजेसम्म २०० स्थानको नतिजा आएको छ । कांग्रेसले ७७ स्थानीय तह जितेको छ । यस्तै नेकपा माओवादी केन्द्रले २७ स्थानमा जीत हासिल गर्दा जनमोर्चाले २ , मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरमले १–१ स्थानमा जीत दर्ता गरेको छ । कांग्रेसले जितेका स्थानीय तह (७६) : प्रदेश नम्बर १ (२३) – मेरिङदेन गाउँपालिका, ताप्लेजुङ – त्रिवेणी आठरार्इ गाउँपालिका, ताप्लेजुङ – सिरिजंघा गाउँपालिका, ताप्लेजुङ – तुम्वेवा गाउँपालिका, पाँचथर – फाल्गुनन्द गाउँपालिका, पाँचथर – रोङ गाउँपालिका, इलाम – माक्सेबुङ गाउँपालिका, इलाम – चिचिला गाउँपालिका, संखुवासभा – भोटखोला गाउँपालिका, संखुवासभा – सिलिचोङ गाउँपालिका, संखुवासभा – धर्मदेवी गाउँपालिका, संखुवासभा – पाँचखपन गाउँपालिका, संखुवासभा – लालीगुँरास नगरपालिका, तेह्रथुम – भोजपुर नगरपालिका, भोजपुर – अरुण गाउँपालिका, भोजपुर – साल्पासिलिछो गाउँपालिका, भोजपुर – दिप्रुङ गाउँपालिका, खोटाङ – ऐंसेलुखर्क गाउँपालिका, खोटाङ – बराहपोखरी गाउँपालिका, खोटाङ – सोलुदूधकुण्ड गाउँपालिका, सोलुखुम्...

स्थानीय तह निर्वाचन - २०७४ मत परिणाम

Image
  जीत   ०४   अग्रता   ४९ नेकपा एमाले     जीत   ०५   अग्रता ४६ माओवादी केन्द्र     जीत   ०१ अग्रता   २२ संघीय समाजवादी फोरम     जीत -   अग्रता   ३ लोकतान्त्रिक फोरम    जीत   - अग्रता   ०२ अन्य     जीत   -   अग्रता विराटनगर महानगरपालिका पार्टी मेयर उपमेयर ३०६ २५१ २२९ १२६ १५ १०१ इटहरी उपमहानगरपालिका पार्टी मेयर उपमेयर ७४० ७६४ ६१४ ५७८ १२५ ११ धरान उपमहानगरपालिका पार्टी मेयर उपमेयर ७०१ ६७५ ४२७ ४५१ २०७ ०० बुटवल उपमहानगरपालिका पार्टी मेयर उपमेयर १६१० ०० २०१७ २१७२ ०० १११० घोराही उपमहानगरपालिका पार्टी मेयर उपमेयर ११८६ १२३३ २०५४ १९८२ ५३७ ५५५ २० तुल्सीपुर उपमहानगरपालिका पार्टी मेयर उपमेयर १८६० १९६७ २३५५ २२४० ३५९ ३६२ नेपालगञ्ज उपमहानगरपालिका पार्टी मेयर उपमेयर ३८९ ५५७ २१४ २८८ ४३५ ३३१ ६४६ ४२७ धनगढी उपमहानगरपालिका पार्टी मेयर उपमेयर ७१८ ८१३ १६१ ३४० १४८ २७९ ६९०