‘श्रीमान्’ बीच विवाद, देशमा अन्योल को बाताबरण
काठमाडौँ, फागुन ३० । प्रधानन्यायाधीश गोपाल पराजुली र सर्वोच्चका वरिष्ठतम्सहित केही न्यायाधीशको आन्तरिक विवाद सतहमा आएको छ । एकपछि अर्को विवादमा परेको भन्दै प्रधानन्यायाधीश पराजुलीलाई बिदामा बस्न सुझाइरहनुभएका न्यायाधीशहरू मङ्गलबार इजलासमै बस्नुभएन । न्यायाधीश दुई समूहमा विभाजन भएपछि चारवटा इजलास प्रभावित भएका छन् । त्यसले गर्दा मुद्दाका पक्षहरू मर्कामा पर्नुका साथै इजलासमा तोकिएका पेसी प्रभावित भएका छन् । मङ्गलबार वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीसहित सात न्यायाधीश तोकिएको इजलासमा बस्नुभएन । न्यायाधीश चोलेन्द्रशमशेर राणाले भने सोमबार नै इजलास नबस्ने घोषणा गर्नुभएको थियो । सर्वोच्चका एक न्यायाधीशका अनुसार पराजुलीले तोकेको पेसीअनुसार मुद्दा नहेर्ने जानकारी न्यायाधीशले प्रधानन्यायाधीशलाई दिएका थिए । “हामीले सोमबार उहाँलाई राय पनि दिएका थियौँ । विवाद बढेको अवस्थामा अब मुद्दाका दैनिक कामबाट टाढा रहनुस् भनेका थियौँ । तर, उहाँले पेसी तोक्नुभयो”, एक न्यायाधीशले गोरखापत्रसँग भन्नुभयो, “हामीले यसबारे मुद्दा नहेर्ने भनेर जानकारी नै गराएर इजलासमा नबसेका हौँ तर जारी इजलास ‘बहिष्कार’ कहिलेसम्म रहन्छ ...