Posts

Showing posts with the label मदिरा उद्योग

वीरगञ्‍ज भन्सारबाट ८६ हजार नक्‍कली अन्तशुल्क स्टिकर बरामद

Image
वीरगन्ज : नेपालमा उत्पादित शीलबन्दी मदिराको बोत्तलमा आन्तरिक राजश्व विभागले टाँस्ने अन्तशुल्क स्टिकर ठूलो परिमाणमा बरामद भएको छ।भारतबाट ल्याइएको नक्कली अन्तशुल्क स्टिकर वीरगन्ज भन्सार कार्यालयमा जाँच पासका क्रममा बरामद भएको हो। जाँच पासका क्रममा एक सय ८० एमएलको मदिराको बोत्तलमा टाँसिने ६७ हजार तीन सय ६० र एमएलको मदिराको बोत्तलमा टासीने १९ हजार एक सय १० पिस गरि कुल ८६ हजार चार सय ७० पिस नक्कली अन्तशुल्क स्टिकर बरामद गरिएको वीरगन्ज भन्सार कार्यालयका प्रवक्ता सन्तोष यादवले बताए। हिमालयन ट्रान्सपोर्टको नाममा भारतको बिहार मोतीहारीका वीरेन्द्र महत्तोले ल्याएको नक्कली अन्तशुल्क स्टिकर भन्सार कार्यालयमा जाँचपासका क्रममा फेला परेको यादवले जानकारी दिए। नक्कली अन्तशुल्क स्टिकर सहित पक्राउ परेका महत्तोलाइ आवश्यक अनुसन्धान र कार्वाहीका लागि आन्तरिक राजश्व कार्यालय वीरगन्जमा सोमबार बुझाइएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। आन्तरिक राजश्व कार्यालयले भने महत्तोलाइ जिल्ला प्रहरी कार्यालय पर्सालाइ बुझाएको छ। बरामद नक्क्ली स्टिकर कुन मदिरा उद्योगले मगाएको हो यस बारेमा अनुसन्धान भइरहेको आन्तरिक राजश्व ...