Posts

Showing posts with the label नेपाल

नेपाल ओमानसँग ६ विकेटले पराजित

काठमाडौं,२७,माघ – विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको छ। नेपालले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य ओमानले ३५ दशमलव एक ओभरमा ४ विकेट गुमाएर भेटाएको थियो। ओमानका लागि अक्युब इयासले ४६ रन जोड्दै जितको आधार खडा गरेका थिए। ५३ बलको सामना गरेका उनले ५ चौका प्रहार गरेका थिए। यस्तै बैभव वाटगयनकर ३७ तथा सुल्तान अहमद १६ रनमा नटआउट रहे। पहिलो खेलमा बिहीबार नामिबियासँग उत्कृष्ट प्रदर्शन गरेका नेपाली बलरहरुको प्रदर्शन शुक्रबार भने औषत रह्यो। बलिङ तर्फ सन्दीप लामिछानले २ विकेट लिए। १० ओभर बलिङ गरेका उनले २९ रन खर्चिएका थिए। यस्तै सोमपाल कामी र बसन्त रेग्मीले समान १–१ विकेट लिए।

पाँच हजार विद्यार्थीले दार्जिलिङ छाडे- गोर्खाल्याण्ड आन्दोलन

Image
असार ११, २०७४- दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनको प्रत्यक्ष प्रभाव त्यहाँको शैक्षिक क्षेत्रमा परेको छ । अनिश्चितकालिन वन्द भएयता दश दिनमा करिव ५ हजार विद्यार्थीले दार्जिलिङ छाडिसकेका छन् । केही विद्यार्थीहरु अहिले पनि फर्किरहेका छन् । आन्दोलनका कारण दार्जिलिङको शैक्षिक क्षेत्र, चिया व्यापार र समग्र पर्यटन क्षेत्र अस्तव्यस्त वनेको छ । भारतीय संचार माध्यमहरुका अनुसार वन्द हड्ताल र हिंसात्मक आन्दोलनका कारण देश विदेशका विद्यार्थीहरुको दार्जिलिङ छाड्ने क्रम जारी छ । भारतीय अखवार दैनिक जागरणले हिंसात्मक आन्दोलन भएपछि त्यहाँ अध्ययनरत भारतसहित भुटान, नेपाल र थाइलेन्डका विद्यार्थीहरु घर फर्किन थालेका छन् । दार्जिलिङको प्रसिद्ध जेन्ट जोसेप, कालिम्पोङको कुमुदिनी होम्स, सेन्ट जजलगायत खरसाङ र मिरिक क्षेत्रका विभिन्न स्कुल र कलेजमा अध्ययनरत विद्यार्थी धमाधम पढाई छाड्दै घर फर्किएका हुन् । गोर्खा जनमुक्ति मोर्चाको भ्रातृ संगठन विद्यार्थी मोर्चाका अनुसार गोर्खाल्याण्ड आन्दोलनका समर्थनका लागि विद्यार्थीहरुले दार्जिलिङ छाडेका हुन् । ‘आन्दोलन सफल भएपछि फर्किने भन्दै विद्यार्थीहरुले दार्जिलिङ छाडिरहे...