Posts

Showing posts with the label हिमपात

मनाङमा भारी हिमपात

लमजुङ — हिमाली जिल्ला मनाङका प्राय: सवै भागमा हिमपात भएको छ । हिमपातले जनजीवन कष्टकर हुनुका साथै सवारी आवागमत ठप्प बनेको छ । मे गाउँपालिकाको तिमाङ, दानाक्यु, चामे, माथिल्लो क्षेत्रको मनाङ, पिसाङ, हुम्डे, थोराङला, घ्यारु, ङावल, हुम्डे, तिलिचो क्षेत्र साथै नारफू क्षेत्रलगायतमा हिमपात भएको स्थानीयले बताए। हावाहुरीसंगैको हिमपातले जनजीवन कष्टकर बनेका छन्। चक्रीय अन्नपूर्ण पदमार्गका पर्यटक बीचबाटोमै रोकिएका छन्। चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले सडक र पदयात्रामा हिउँ जम्ने गरी हिमपात भइरहेको बताए। ‘राती २/३ बजेदेखि निरन्तर हिउँ पर्ने र हावाहुरी हुने गरेको छ। हिउँका कारण चामेबाट तल्लो क्षेत्र र माथिल्लो क्षेत्रमा सवारी गुड्न सकेको छैन। जनजीवन कष्टकर छ।’ तल्लो क्षेत्रमा भन्दा माथिल्लो क्षेत्रमा कम हिमपात भएको स्थानीयले बताए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप (मनाङ) का निमित्त प्रमुख एवं पर्यटन सहायक क्षेत्र गुरुङले हिमपातका कारण थोराङला र तिलिचो जाने पर्यटक रोकिएको बताए। ‘तल्लो क्षेत्रमा भन्दा माथिल्लो क्षेत्रमा हिमपात कम हो। हावाहुरी भने हिजो (मंगलबार) दिउँसो ११ बजेदेखि चलिहरेको छ...