Posts

Showing posts with the label प्रमुख जिल्ला अधिकारी

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

नुवाकोटको पश्चिमी भेगमा रहेको सामरीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एकै परिवारका तीन जना सख्त घाइते भएका छन् । सदरमुकाम विदुरदेखि ३१ किलोमिटर पश्चिममा रहेको मेघाङ गाउंपालिका वडा नं. ६ मैवलमा गएराती गोठमा सुतिरहेका वेला चट्याङ लागेर स्थानीय ४७ वर्षिय दीपनारायण तामाङको मृत्यु भएको छ भने उनका छोरा, बहारी र नाती गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । तीनै जनाको नुवाकोटको विदुरस्थित नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार भएको थियो ।चट्याङ लागेर घाइते हुनेमा मृतका छोरा २२ वर्षीय सुर्यबहादुर तामाङ, बुहारी २० वर्षीया सुष्मा तामाङ र पाँच महिनाका नाती अरुण तामाङ रहेका छन् । सदरमुकाम विदुरवाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ । प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालका अनुसार घाइते तीन जनाको नुवाकोटमा उपचार हुन नसकेपछि त्रिवी शिक्षण अस्पतालमा पठाइएको छ ।

चितवन कालीखोलाको पहिरोले प्रहरी भ्यान बगायो, २ प्रहरीको मृत्यु, २ वेपत्ता

Image
नारायणगढ मुग्लिन सडक खण्डको कालीखोलामा झरेको पहिरोले प्रहरी भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता छन् । बिहीबार राति काली खोलामा पहिरो हटाएर फर्कने क्रममा इलाका प्रहरी कार्यालय मुग्लिनको बा १ झ १३९० नम्बरको स्कारपियो गाडी त्रिशूली नदीमा झरेको हो । गाडी त्रिशूली नदीमा खस्दा असई निश्चल तामाङ र चालक समेत रहेका जवान दीपककुमार मास्केको ज्यान गएको छ । सञ्जीव कार्की र लीलबहादुर चेपाङ हराइरहेका मु्ग्लिन प्रहरीका इन्स्पेक्टर योगेन्द्र हमालले जानकारी दिए । कालीखोलामा पहिरो जाने क्रम नरोकिएकोले बेपत्ताको खोजी हुन सकेको छैन । यस्तै सोही पहिरोमा परी मुग्लिनदेखि नारायणगढ आउँदै गरेको ना ५ फ ७८२७ नम्बरको ट्रक पनि बगाएर भीरमा अड्केको छ । ट्रकका चालक भागेको र सहचालक सानु ब्लोन तामाङलाई घाइते अवस्थामा उद्धार गरिएको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए । अहिले  नारायणप्रप्रमुख जिल्ला अधिकारीसाद भट्ट, एसपी थापा लगायतको टोली घटनास्थल पुगेको छ । पहिरोबाट जोगाउन नारायणगढ मुग्लिन सडक खण्ड भएर चल्ने गाडी भरतपुर, नारायणगढ लगायत सुरक्षित स्थानमा रोक्न लगाइएको छ । गाडी अवरुद...