Posts

Showing posts with the label खप्तड पाटन

बैशाखमा खप्तड पद यात्रा र काव्य सम्मेलन हुने

धनगढी पर्यटन प्रवद्धन गरी प्रदेश नम्वर ७ लाई आर्थीक समृद्धीको बाटो तर्फ लम्काउन आगमी बैशाखमा खप्तड पद यात्रा र काव्य सम्मेलन गरीने भएको छ । प्रदेश नम्बर ७ को प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा पद यात्रा तथा काव्य सम्मेलनको आयोजना गरीने भएको हो । नेपाली साहित्य तथा सस्कृति प्रतिष्ठान गोदावरीको आयोजनामा बैशाख अन्तिम साता खप्तड पद यात्रा र काब्य सम्मेलन हुने भएको हो । पद यात्रा र काव्य सम्मेलनले प्रदेश नम्बर ७ कोे आर्थिक मेरुदण्डको रुपमा रहेकोे धार्मिक र प्राकृतिक पर्यटनको सम्भावनालाई उजागर गर्ने आशा लिईएको छ । भूस्वर्गका रुपमा चिनिएको खप्तडको पदयात्रा कैलालीको पवित्र धार्मीक स्थल गोदावरीबाट सुरु हुने छ । गोदावरीदेखि गाडिमै सिलगढी सम्म पुगेपनि त्यहाँबाट भने पैदल हिड्दै झण्डै ५० जनाको टोली खप्तड पुगाउने लक्ष्य रहको आयोजक नेपाली साहित्य तथा सस्कृति प्रतिष्ठान गोदावरीका अध्यक्ष पदमराज जोशीले बताए । पदयात्रा र खप्तडमै हुने काब्य सम्मेलनमा नेपाल र भारतका पत्रकार, साहित्यकार र सस्कृतिकर्मीको सहभागिता रहने छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेपाली सेनाका अधिकारीलाई पनि पदयात्राको शुभारम्भका ला...

पाटनमा ४ दिनदेखि विद्युत सेवा अवरुद्ध

बैतडी, ६ चैत्र, बैतडीको पाटनमा बिगत ४ दिनदेखि विद्युत सेवा अवरुद्ध हुदा समस्या भएको छ । पाटन नगरपालिका २ सिङटोल, सिराडी र ढुंगलीगाँउमा बिगत ४ दिनदेखि विद्युत सेवा अवरुद्ध भएको स्थानिय तथा सञ्चारकर्मी गोविन्द पन्तले जानकारी दिनुभयो । ४ दिन अगाडी त्यस क्षेत्रमा जाने विद्युत लाईनमा रुख ढल्दा अवरुद्ध भएको विद्युत सेवा अझै सुचारु हुन नसकेको उहाँले बताउनुभयो । रुख ढलेर विद्युत लाईन अवरुद्ध भएको बारे विद्युत कार्यालयमा जानकारी गराउदा समेत कुनै सुुनुवाई नभएको स्थानिय बासिन्दाको भनाई रहेको छ । विद्युत सेवा अवरुद्ध हुँदा मोबाईल चार्ज गर्न देखि लिएर अन्य विद्युतिय उपकरण चलाउन समेत समस्या भएको सञ्चारकर्मी पन्तले बताउनुभयो । पानी र हावाहुरीले गर्दा मुस्याचौर भन्दा पुर्वतिरको लाईनमा समस्या आएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । अवरुद्ध विद्युत सेवा सुचारुका लागी काम भईरहेकोले छिट्टै विद्युत सेवा सुचारु हुने बताएको छ ।

सुन्दरता गुमाउदै खप्तडका पाटन

दिपायल,५ चैत । पाटनका ठाँउठाँउमा दरार परेका छन् । पाटनको बिच भएर बग्ने खोलाहरुले गल्छी बनाएका छन् । दलदल भएको ठाउमा भासिने पनि थालेको छ । अनियन्त्रीत चरन र संरक्षणको अभावले खप्तड क्षेत्रका फराकिला पाटनहरु कटान हुन थालेका छन् । फुलफुलेर गलैचा बिछ्याए जस्तै देखिने पाटनहरु भासिदा सुन्दरतामा नै सुन्दरता समेत हराउन थालेको छ । खप्तडमा साना ठुला ५२ बटा पाटनहरु रहेका छन् । खप्तडी पाटन,घोडादाउनी पाटन,बुकी पाटन,त्रिवेणी क्षेत्रको पाटन यहाँका ठुला पाटनहरु हुन । एउटा पाटनमा घुम्न मात्रै सान्यतया १ घण्टा देखि तिन घण्टा सम्म लाग्छ । सबैभन्दा बढी संकटमा खप्तडी पाटन रहेको छ । पाटको बिचमा ठूलो गल्छी बनेको छ । त्रिबेणी खोला लगायत खप्तडको बिच भएर बग्ने खोलाले समेत खप्तडका पाटनलाई खतरा निम्त्याएको छ । खप्तड क्षेत्र पर्यटन पर्यटन विकास समितिका कार्यकारी निर्देशक गणेश बहादुर सिंहले भने,यसै अबस्थामा खप्तडका पाटन काटिने र भासिने हुन भने खप्तडको अस्थीत्व नै संकटमा पर्ने देखिन्छ । छाडा चरिचरनले पाटनको कटानमा सहयोग पु¥याएको छ । खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष राम प्रशाद उपाध्यायले...