Posts

Showing posts with the label मोरङ

३३ किलो सुन तस्करी प्रकरण, २३ जनामाथि अनुसन्धान हुँदै

मोरङ, वैशाख ११ । सनम शाक्य हत्या काण्डको बिषयमा अहिले सबैको चासो गइरहेका बेला मोरङ प्रहरीले आज एकै दिन २३ जनालाई जिल्ला अदालत मोरङमा म्यादथप गरेको छ । हिरासतमा लिइएका २३ जनाविरुद्ध अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकु्मार बिसीले जानकारी दिए । आइतबार पक्राउ गरी सोमबार विराटनगर ल्याइएका नेपाल प्रहरीका पुर्व डिआईजी गोविन्द निरौलालाई हिजै मात्र २ दिनको म्याद थप गरिएकोमा आज अनुसन्धानको दायरामा पक्राउ परेका सबैलाई एकैसाथ म्याद थप गरिएको हो । विराटनगर सुन कारावारी सनम शाक्यको हत्या अभियोगमा ३८ जनाविरुद्ध प्रहरीले अनुसन्धान प्रकृया अघि बढाएको छ । अवैध रुपमा आयत गरिएको सुन हराउँदा भरिया सनम शाक्यको हत्या भएपछि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा ३८ जना माथि अनुसन्धान अघि बढाएको हो । ३८ जनामध्ये २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने १५ जना अझै फरार छन् । प्रहरीको फरार सूचीमा ३३ किलो सुन आयात र समन शाक्य हत्या प्रकरणमा नाइके भनिएका चुणामणी उप्रेती ‘गोरे’पनि छन् । गोरेका केही आफन्त पनि प्रहरीको खोजी सूचीमा परेका छन् । यसरी प्रहरीको अनुसन्धानमा बालकृष्ण श्रेष...

कोसीमा अर्को ब्यारेज बन्ने

Image
काठमाडौं  : दोस्रो ठूलो नदी कोसीको सतह खिइँदै गएर सिँचाइ प्रणाली मृतप्रायः भएपछि बाह्रै महिना किसानका खेतमा पानी पुर्‍याउन सरकारले कोसीमा ब्यारेज निर्माण गर्ने भएको छ । यसका लागि परामर्शदाता नियुक्त गरी एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न सिँचाइ विभागले प्रक्रिया पूरा गरेको छ । सुनसरीको बराह क्षेत्रभन्दा तल चतरामा ब्यारेज निर्माण भएमा सुनसरी-मोरङ सिँचाइ प्रणालीको ६८ हजार हेक्टर क्षेत्रमा वर्षभरि पानी पुग्ने र उदयपुर, सप्तरी र सिरहा गरी थप एक लाख हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने सिँचाइ सचिव रामानन्दप्रसाद यादवले बताउनुभयो । 'अहिले कोसीको सतह (रिभर बेड) घट्दै र मुहान सर्दैसर्दै गइरहेको छ, जसबाट ४२ वर्षअघि निर्मित सुनसरी-मोरङ सिँचाइ प्रणालीलाई पानी पुग्दैन,' यादवले आइतबार अन्नपूर्णसित भन्नुभयो, 'नहरमा पानी प्रवाहित गराउने यो मात्र विकल्प देखियो ।' सचिव यादवका अनुसार कोसीको सतह माथि उठाउन विभागले तीन ठाउँमा स्पर (बगेको पानीको गति रोक्ने संरचना) बनाएर पानी डाइभर्ट गरिसक्दा पनि समस्या थप जटिल हुँदै गएको छ । राज्यले अर्बाैं रुपैयाँ खर्चेर तयार गरेको सि...