Posts

Showing posts with the label अछाम

अछाममा चट्याङ र असिनापानीः सात जना घाइते, गहुँबाली नष्ट

अछाम, वैशाख १५। मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर ७ जना घाइते भएका छन् । असिनापानीसँगै परेको चट्याङ लागेर नगरपालिका–५ का मनिषा भाटलगायत ७ जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार, घाइते सातमध्ये मनिषा भाटलाई बढी चोट लागेका र केही घण्टा बेहोश भएपछि अहिले होशमा आएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए। ६ जनाको सामान्य उपचारपछि घर फर्किएका छन्। यस्तै चौरपार्टी गाउँपालिका–१ सिउडीको छरी खोलामा आएको बाढीले छ बाख्रा मरेको तथा १०० भन्दा बढी बाख्राको उद्धार गरिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए। किसानले व्यावसायिक रुपमा बाख्रापालन गरेका छन्। यसैबीच असिनापानीले पाकिसकेको गहुँ र तरकारी खेतीमा ठूलो क्षति पुर्याएको रामारोशन गाउँपालिकाका कृषक गीता साउदले जानकारी दिए। आधा केजीसम्मको असिना परेपछि तरकारी र गहुँखेती सखाप पारेको मेल्लेख गाउँपालिकाका कृषक मनिराज भट्टराईले बताए।

प्रदेश ७ लाई समृद्ध बनाउन बजेट केन्द्रित हुने : अर्थमन्त्री बोहरा

अछाम। प्रदेश नं ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश नं ७ लाई समृद्ध बनाउन अबको बजेट केन्द्रित हुने बताउनुभएको छ । यस क्षेत्रको गरिबी, पछौटेपन, अन्त्य गर्न अबको आवश्यकता नै आर्थिक क्रान्ति भएको बताउनुभयो । सदरमुकाम मंगलसेनमा प्रेस सेन्टर, अछामले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बोहराले प्रदेश सरकारले चैत मसान्तभित्रै यस क्षेत्रको विकासका लागि विशेष बजेटस्वरुप रु एक खर्ब दुई करोड पाँच लाखको बजेट ल्याउने बताउनुभयो । “जनतालाई मेरो सरकार हो भन्ने अनुभूति दिलाउनका लागि प्रदेश सरकारले आफ्ना गतिविधि अघि बढाएको छ, उहाँले भन्नुभयो, समावेशी र आर्थिक समानतासहितको बजेट भूगोल, जनसंख्याको आधारमा विनियोजित गर्ने भन्दै कृषकलाई आत्मनिर्भर बनाउन विशेष योजना ल्याउने तयारी छ ।” अहिले तत्काल आउने बजेटले सबै क्षेत्रलाई समेट्न नसके पनि शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ तथा खाद्यान्न संकट हटाउने गरी बजेट तर्जुमा भइरहेको जानकारी गराउनुभयो । बोहराले नेपालमा करमा एकद्वार प्रणाली लागू गर्ने भन्दै संघीयता कार्यान्वयन भएको नचाहनेहरुले प्रणालीका बारेमा विभिन्न नकारात्मक भ्रम फैलाइरह...

वैद्यनाथ धाम मन्दिर कटानको उच्च जोखिममा

अछाम, १४ चैत्र। नेपालका चार धाममध्येको एक अछामको वैद्यनाथ धाम मन्दिर कटानको उच्च जोखिममा परेको छ । धार्मिक तथा ऐतिहासिक वैद्यनाथ मन्दिर नजिकै भएर बग्ने बूढीगंगा नदीले वर्षेनी कटान गर्दै गएको छ। कटान रोक्नका लागि धेरै पहल भए पनि प्रभावकारी हुनसकेको छैन्। विसं १९८६ मा छिपेखोला आएको बाढीले वैद्यनाथ क्षेत्रका सबै संरचना बगाएको थियो। मन्दिर क्षेत्रका सबै संरचना बगाए पनि त्यहाँ रहेको शिवलिङ्ग भने यथास्थानमै फेला परेको बताइन्छ। शिवलिङ्ग फेला परेपछि फेरि मन्दिर स्थापना गरी पूजाआजा गर्ने कार्य शुरु गरिएको थियो। नदीले वर्षेनी मन्दिर क्षेत्रको जमीन कटान गर्न थालेपछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। विगतमा जलउत्पन्न प्रकोप कार्यालय र तत्कालीन जिल्ला विकास समितिका पहलबाट कटान रोक्न प्रयास गरे पनि प्रभावकारी भएन्। अहिले नयाँ लागत अनुमान गरेर कटान रोक्नका लागि पहल भइरहेको वैद्यनाथ लक्ष्य हवनात्मक अर्धकुम्भ महोत्सवका उपाध्यक्ष डण्डिराज जोशीले बताए। साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले वैद्यनाथ क्षेत्रको कटान रोक्न पहल गरिने बताए। रासस

अछाममा माटोको ढिस्कोमा पुरिएर एक वालकको मृत्यु, तीन घाईते

अछाम, अछामको ढकारी गाउँपालिका वडा नम्बर ४ वलातामा एक बालकको माटोको ढिस्कोमा पुरिएर ज्यान गएको छ । ढकारी–४ भिरमुण टोलका काला थापाका छोरा १४ बर्षिय राजेश थापाको माटोको ढिस्कोमा पुरिएर ज्यान गएको हो । उनीसंगै माटोको लागि संगै गएका नारायण थापा, लक्ष्मण थापा र भरत थापा घाईते भएका छन । नारायण र लक्ष्मणको हात खुट्टा समेत भाँचिएर गम्भीर घाईते भएका र भरत समान्य घाईते अवस्थामा रहेका वडा अध्यक्ष भक्त बहादुर थापाले जानकारी दिए । गाउवाट करिव ४ घण्टा टाढा भिरमुण खोलामा सेतो माटो ल्याउन उनीहरु त्यहा गएका थिए । घाईतेकोे वलाता स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारको जिल्ला स्वास्थ्य कार्यालय अछामका रिफर गरिएको छ । ज्यान गुमाएका राजेश मनकामना मावि बलातामा कक्षा ८ मा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्याक राम बहादुर साउदले बताए । घटनाको वारे आवश्यक अनुसन्धानको कार्य अघि बढेका ेजिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

महिला घर भित्रै मृत भेटिइन, हत्याको आशंकामा श्रीमान प्रहरी नियन्त्रणमा

अछाम माघ २९ गते । अछामको कमलबजार नगरपालिका वडा नम्बर २ मा एक महिला आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन् । प्रहरीले दिएको जानकारी अनुसार ३३ बर्षीया पवित्रा खडका आईतवार राती आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन् । मृतक पवित्राको टाउको लगायत शरिरका बिभिन्न भागमा गहिरो चोट देखिएकोले उनको मृत्यु नभई हत्या हुन सक्ने आशंका प्रहरीले गरेको छ । स्थानीयले खबर गरेपछि सोमवार विहान घट्नास्थल पुगेको प्रहरीले हत्याको आशंकामा मृतकका श्रीमान ३५ बर्षीय केशव खड्कालाई नियन्त्रणमा लिएको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ददिराम न्यौपानेले जानकारी दिनुभयो । शव नजिकै चिर्पट पनि भेटिएकाले चिर्पट प्रहार गरेर उनको हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको न्यौपानेले बताउनुभयो । मृतकका दुई छोरा र दुई छोरी रहेको बुझिएको छ ।

दोस्रो पञ्चदेवल महोत्सव हुने

अछामको पञ्चदेवल क्याम्पसको विकासका लागि दोस्रो पञ्चदेवल महोत्सव २०७४ हुने भएको छ । मुल आयोजक समिति पञ्चदेवल विनायक नगरपालिका अछामले फागुन १८ गतेदेखि महोत्सव सञ्चालन गर्न लागेको हो । पञ्चदेवल, स्थानिय उत्पादन, साहित्य, संस्कृति, शिक्षा र पर्यटन विकास’ भन्ने लक्ष्य सहित २०६९ सालमा सुरु भएको महोत्सवको दोस्रो संस्करण पाच वर्ष पछि गरिन लागेको आयोजक समितिका अध्यक्ष टंकबहादुर धामीले जानकारी दिनुभयो ।

गाउँपालिका केन्द्र सार्ने निर्णय बिरुद्ध स्थानीय आन्दोलित

अछामको रामारोशन गाउपालिकाको केन्द्र सार्ने निर्णय बिरुद्ध मुजाबगरका स्थानीय आन्दोलित भएका छन् । हाल अस्थायी रुपमा केन्द्र कायम रहेको रामारोशन गाउँपालिका–३ शान्तडास्थित मुजाबगरबाट सोही वडाको गैरीखेत भन्ने ठाउँमा केन्द्र कायम गर्ने बिषयमा गाउँ सभाले गरेको निर्णयका बिरुद्ध मुजाबगरका स्थानीय आन्दोलित भएका हुन् । आईतबार र सोमबार दुई दिन सम्म चलेको गाउँ सभाले गाउँपालिकाको केन्द्र मुजाबगरबाट करिव डेढ किलोमिटरको दुरीमा रहेको गैरीखेत भन्ने ठाउँमा कायम गर्ने निर्णय गरेको थियो । गाउँ सभाको उक्त निर्णयका बिरुद्ध मुजाबगरका व्यापारीले गाउँ कार्यपालिकाको कार्यालयमा तालाबन्दी समेत गरेका छन् । तालबन्दीसँगै स्थानीयले आजदेखि बजार यातायात समेत बन्द गराएका छन् । गाउँपालिकाको केन्द्र मुजाबगर राख्ने कि गैरीखेतमा राख्ने भन्ने बिषयमा गाउँसभामा सहमति हुन नसक्दा मतदान प्रक्रियाबाट केन्द्र सार्ने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभयो । सबै दलहरुले मतदान प्रक्रियाबाट जुन निर्णय हुन्छ त्यो मान्ने भने पनि मुजाबगरका स्थानीयले आफ्नो पक्षमा परिणाम नआउँदा आन्दोलन गरेको उपाध्यक्ष रावलले बताउनु...

“बरु जागिर छोड्न तयार, छाउ भएका बेला पढाउन जाँदैनाँ” - अछामका शिक्षिका, महिनामा ४ दिन पढाई बन्द

अछाम, माघ १० गते । अछामको साँफेबगर नगरपालिका–३ डिक्रेनीको मष्टामाडाँै प्राथमिक विद्यालयमा पछाडिपट्टि मष्टा देवताको मन्दिर छ । ५० जना अध्ययनरत विद्यालयमा दुई शिक्षिका र दुई शिक्षक छन् । छाउ भएका बेला शिक्षिका महिनाको चार दिन विद्यालय जाँदैनन् । एक महिनामा विद्यालयको ४ दिनको पढाइ छुट्ने गर्छ । विद्यालय नजिकै रहेको मष्टाको देवताको मन्दिरले गर्दा शिक्षिका विद्यालय जाँदैनन् । “हाम्रो नजिकै मष्टा देवताको मन्दिर छ, त्यसैले छाउ भएका बेला विद्यालय जाँदैनौ”, भन्नुहुन्छ शिक्षिका पशुपति बुढा । त्यहाँ छाउ भएका बेला गएपछि देवता लाग्ने र जीवनभर निको नहुने भन्दै शिक्षिका विद्यालय जाँदैनन् । बुढाले भन्नुभयो, “देउता लागे जीवनभर निको हँुदैन, देउता लागेर जिन्दगी नै बर्बाद भएको देखेका छौँ, बरु ठूलै रोग लागेर अस्पताल कुर्न सजिलो छ देउता लाग्नुभन्दा, त्यसैले छाउ भएको बेला पाँच दिनसम्म विद्यालय जाँदैनौ ।” मष्टा देवताको डरले परम्परादेखि नै छाउ भएका बेला विद्यालय नजाने चलन बसालिएका कारणले आफूहरु पनि नजाने गरेको शिक्षिका ज्ञानु ठकुल्लाले बताउनुभयो । “डिक्रेनीमा कोठा भाडामा लिएर बस्ने गरेकी छु, तर छाउ हुँदा माइतघ...

चौरीगाईको पुच्छरसहित एक पक्राउ

अबैध रुपमा चौरीगाईको पुच्छर ओसार पसारमा संलग्न एक जनालाई अछाम प्रहरीले मंगलवार जिल्लाको ढकारीवाट प्रकाउ गरेको छ । हुम्ला जिल्लाको सिमिकोट गाउँपालिका ६ का कुंगा लामालाई करिब १ लाख बराबरको चौरी गाईको पुच्छर र हड्डी सहित अछाम प्रहरीले नियन्त्रणमा लिएको हो । अछामको ढकारी गाउपालिकाको सैन बजारबाट लामालाई चौरी गाईको सेतो पुच्छर ७ थान, कालो पुच्छर १ थान र हड्डी ५ थान सहित अछाम प्रहरीले नियन्त्रणमा लिएको थियो । लामालाई आवश्यक अनुसन्धानको लागि जिल्ला पशु सेवा कार्यालयमा पठाईएको अछामका प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले बताउनुभयो । लामाले एक महिना अघि हुम्ला जिल्ला पशुसेवा कार्यालयबाट चौरी गाईको बस्ुत ओसार पसार गर्न ७२ घण्टाका लागि इजाजत पत्र लिएको प्रहरीले जनाएको छ । उक्त इजाजतको समय अवधि सकिसकिएकाले लामालाई पक्राउ गरिएको न्यौपानेले जानकारी दिए । उक्त बस्तु दार्चुलातर्फ लिन लागिएको लामाले प्रहरीलाई बयान दिएका छन् । केहि दिन अघि मात्रै अछाम प्रहरीले घोडा चोरीमा संलग्न जुम्लाका धर्मराज सञ्ज्याललाई अछामको भैरवस्थानवाट नियन्त्रणमा लिएको थियो । कैलालीको वलियावाट साना ठुला गरि २२ घोडालाई जम्ला तर्...

अछाममा कांग्रेस र माओवादीद्वारा मतदान प्रक्रिया खारेजीको माग

Image
अछाम : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र अछामले चौरपाटी गाउँपालिका ४ पायल स्थित बैजनाथ मतदान केन्द्रको मतदान प्रक्रिया खारेजीको माग गरेका छन् । एमाले उपाध्यक्ष भिम रावलको निर्देशन र एमाले जिल्ला अध्यक्ष शेरबहादुर कुवरको प्रत्यक्ष नेतृत्वमा सुरक्षाकर्मी रमतदान अधिकृतको संलग्नतामा अरु पाटीका प्रतिनिधि र मतदातालाई लखेटी एकलौटी रुपमा गरिएको मतदान प्रक्रिया खारेजीको माग गरेका हुन् । कांग्रेस सचिव नमबहादुर शाही र माओबादी केन्द्रका संयोजक झपट साँउदले संयुक्त विज्ञप्ति प्रकाशित गरि आफुहरुको सहभागिता नरहेको मतदान प्रक्रिया खारेजी गरि सत्यतथ्य छानबिनको माग गरेका छन् । पुनः मतदान प्रक्रिया अघि नबढाएसम्म चौरपाटी गाउपालिकाका कुनै पनि वडाको मतगणना अघि बढाउन नदिने विज्ञप्तिमा उल्लेख छ । मतदानका क्रममा प्रेस पासको दुरुपयोग गर्दै एमाले समर्थित पत्रकारले अरुको नाममा पनि मतदान गरेको भन्दै दुई पाटीका उम्मेदवारले मतदान अधिकृतलाई मतदान स्थगित गर्न बुधबार ११ बजे नै निवेदन दिएका थिए । आफुहरुलाई बिहानै देखि मतदान स्थलबाट लखेटेर एकलौटी रुपमा मतदान सम्पन्न गराएको दुई पाटीको आरोप छ । पायल एमाले जिल्ला अध्यक...