मोष्ट वान्टेड रेशम चौधरीद्धारा कैलाली अदालतमा आत्मसमपर्ण, पुर्पक्षका लागी थुनामा
धनगढी । टिकापुर हत्याकाण्डको मुख्य योजनाकारको आरोपमा प्रहरीको मोष्ट वान्टेड सुचीमा रहेका रेशम चौधरीले कैलाली जिल्ला अदालतमा आत्मसमपर्ण गरेका छन्। चौधरी यहि १४ गते मात्रै कैलाली जिल्ला अदालतमा उपस्थीत भएका कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिए। मंसिर २१ गते भएको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिनिधि सभामा अत्यधिक बहुमतले चुनाव जितेका थिए। संघीय संसदको अधिवेशन आउन साता दिन बाँकी रहँदा रेशमले आत्म समर्पण गरेका हुन्। २०७२ साल भदौ ७ गते टिकापुरमा थरुहट आन्दोलनका क्रममा हिंसा भड्कीदा एक नावालक र प्रहरी बरिष्ठ उपरिक्षक एसएसपी लक्ष्मण न्यौपाने सहित ८ जनाको ज्यान गएको थियो । सो घटनाका मुख्य योजनाकार रेशम रहेको भन्दै प्रहरीले उनको खोजी गरिरहेको थियो। घटना घटेकै दिनदेखी फरार रहेका रेशमले भने आफुलाई लागेको आरोप निराधार रहेको बताउदै आएका थिए। टिकापुर घटनाका मुख्य योजनाकारका आरोपी रेशमलाल चौधरी पुर्पक्षका लागी थुनामा राख्न अदालतले आदेश दिएको छ । कैलाली क्षेत्र नम्वर १ बाट निर्वाचीत सांसद समेत रहनुभएका चौधरीलाई न्यायधिस पर्शुराम भट्टराईको ईजलासले पुरपक्षका ला...