Posts

Showing posts with the label आगलागी

सप्तरीमा आगलागीबाट तीन घर नष्ट

राजविराज, वैशाख १३ गते । सप्तरीको महदेवा गाउँपालिका–५ मा बुधबार आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन् । स्थानीय रामनारायण साहको गाईगोठमा बालेको घुरबाट सल्केको आगोले निजको एउटा गाईगोठ र छिमेकी रामदेव साहका एउटा घर तथा गाईगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । सो आगलागीमा खाद्यान्न, लत्ताकपडा, अन्नपात, फर्निचर र अन्य सामग्री गरी करिब रु पाँच लाख मूल्यबराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानियवासी, प्रहरी र राजविराज नगरपालिकाबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको थियो ।

घरमा आगलागी हुँदा ६० वर्षीय वृद्धकाे ज्यान गयो

गुल्मी, वैशाख १२ । धुर्कोट गाउँपालिका–३ हाडहाडे सोमरभोमरमा मंगलबार राति आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आगलागीमा परेर ज्यान जानेमा ६० वर्षीय कृष्णबहादुर पुन रहेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताउनु भयो। सोमबार राती ११ बजे घरको चुल्होवाट सल्किएको आगोले पुनको घर गोठ र अन्नपात पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीमा पुनको एउटा भैँसी पनि मरेको छ । सुस्त मनस्थीति भएका पुन घरमा एक्लै बस्दै आएका थिए । स्थानीयको सक्रियतामा राति नै आगो नियन्त्रणमा आएको नयाँगाउँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिवनाथ यादवले जानकारी दिनु भयो ।

डोल्पामा भीषण आगलागी, सात घर जलेर नष्ट

Image
डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा आज साँझ भीषण आगलागी हुँदा सात घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट सातघर पूर्णरुपमा जलेर नष्ट भएको र आगलागी अझै जारी रहेकाले नियन्त्रणका लागि प्रहरीको टोली पुगसिकेको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिनुभयो । प्रहरी र विभिन्न गाँउबाट आएका सर्वसाधारणले संयुक्तरुपमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरी नायब निरीक्षक मल्लले जानकारी दिनुभयो । आगलागी कसरी भयो भन्ने कुनै जानकारी नआएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

ताप्लेजुंगमा तीन घरमा आगलागी, ३५ लाखको क्षति

Image
ताप्लेजुङ, मंसिर २०, रासस ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।विद्युत् प्रवाह भई मंगलबार आगलागी हुँदा वडा नम्बर ३ हाम्पाङका देउमान यक्सो, विकल्प यक्सो र छत्रबहादुर यक्सोको घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दिउँसो साढे ३ बजे देउमानको घरमा विद्युत् प्रवाह भई आगलागी सुरु भएको र नजिकै रहेका अन्य घरमा समेत आगलागी भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो । आगलागीले घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपात, गरगहना लगायतका सामान जलेर नष्ट भएको छ । तीनवटै घर र घरभित्र रहेका सामान जल्दा ३५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीको समयमा घरका परिवार घर बाहिर काममा रहेकाले समयमा आगलागीको जानकारी नहुँदा समयमै नियन्त्रण हुन नसकेको स्थानीय बासिन्दाले बताएका छन् । आगलागीका कारण घर गुमाएका तीनवटै परिवार अहिले आफन्तको शरण लिएर बसेको बताइएको छ । विस्थापित परिवारलाई बुधबार नेपाल रेडक्रस सोसाइटी हाम्पाङ उपशाखाले राहतस्वरुप दाल, चामल, पाल लगायतक...