Posts

Showing posts with the label रोजगार

'मलेसियामा सय भन्दा बढी नेपाली पक्राउ'

Image
मलेसियाले त्यहाँ रहेका अवैधानिक आप्रवासी कामदारलाई वैधानिकता दिनका लागि संचालन गरेको 'दर्ता कार्यक्रम' सकिएलगत्तै त्यस्ता कामदारविरुद्ध धरपकड अभियान शुरु गरेको छ । गत शनिबार उक्त अभियान शुरु भएयता सयजना भन्दा बढी नेपालीसहित एकहजार जनाभन्दा बढी आप्रवासी कामदार पक्राउ परेका छन् । देशव्यापी धरपकड शुरु गरिएपछि त्यहांस्थित नेपाली दूतावासले गैरकानुनी अवस्थामा बसीरहेका नेपालीहरुलाई अविलम्व दूतावासको सम्पर्कमा आउन अनुरोध गरेको छ । मलेसियाले अवैधानिक बसोबास गरिरहेका आप्रवासी कामदारहरुका लागि पछिल्लोपटक गत फेब्रुअरी १५ देखि जुन महिनासम्म दिइएको उक्त अवसर उपयोग नगर्ने आप्रवासीप्रति थप कडाइ गर्दै उनीहरुको देशव्यापी खोजी गरिरहेको छ। दर्ता सो अवधिमा करिब १५ सय नेपालीहरु दर्ता भएको नेपाली दूतावासले जनाएको छ । मलेसियाले दर्ता भएका अवैधानिक आप्रवासी कामदारलाई 'इन्फोर्समेन्ट कार्ड' निशुल्क वितरण गरी थप वैधानिकताको प्रक्रिया अपनाउन त्यस्तो कार्यक्रम ल्याएको थियो । तर उक्त कार्यक्रममा सहभागी नहुने अवैधानिक आप्रवासी कामदारहरुलाई खोजी गरी पक्राउ गर्न गत शनिबारदेखि शुरु गरिएको धरपकड अभियानमा ...