Posts

Showing posts with the label उदयपुर

कैदीबन्दीले ढाका टोपी बुनेर दैनिक हजार कमाइ गर्दै

गाईघाट, उदयपुर, चैत १७ गते । जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सोमा रहेको जिल्ला कारागार शाखाका केही कैदीबन्दीले ढाकाटोपी बुनेर अहिले दैनिक रु एक हजारसम्म कमाई गर्न थालेका छन् । केही वर्षदेखियता आएर बाँसको मानिस बस्ने मुढा बनेर कमाइ गर्न थालेका जिल्ला कारागार शाखाका कैदीबन्दीमध्ये १४ जना कैदीले अहिले ढाका टोपी बुन्ने सीप सिकेर अहिले दैनिक रु एक हजार कमाइ गर्न थालेको कारागार शाखा उदयपुरले जनाएको छ । जिल्ला कारागारमा ढाकाको टोपी बन्नका लागि प्रशिक्षकका रुपमा मोरङ कारागारबाट दुई जना कैदी मुस्ताङ राई र कुवेर तिम्सिनालाई सरुवा गरेर ल्याएपछि कारागारको १४ जना कैदीले अहिले ढाकाटोपी बुन्ने सीप सिकेर टोपी बुन्ने र बिक्री कार्य शुरु गरेको कारागार शाखा उदयपुरका प्रमुख मुकुन्द ढकाल बताउनुभयो । जानेर वा नजानेर गरेका गल्तीको प्रायश्चित गर्न र कानूनले तोकेबमोजिम सुधार हुन र गर्नका लागि कारागारमा केही कैदीबन्दीले बन्दी जीवन बिताउँदै आएको कारागार प्रमुख ढकाल बताउनुहुन्छ । भोलि जेलबाट मुक्त भएपछि पनि कारागारमा सिकेको सीप सिकेर शान्तिपूर्ण जीवनयापन गर्न सकुन् भनेर यो टोपी बुन्ने प्रशिक्षक ल्याएर व्यापक टो...

सुदुर पश्चिमेलि नेपाली समाज भारतद्वारा दिल्ली मा बन्धक बनाइएकी महिला को उद्दार

नागेन्द्र प्रशाद जोशी, नयाँ दिल्ली, १२ चैत्र उदयपुर जिल्ला तराघडी कटारी घर भएकी बर्ष २८ की सपना अधिकारी (परिबर्तन नाम)को अाज उद्धार गरिएको हो। आज भन्दा ८ बर्ष पहिला राजु नामको मानिसले नोकरी लगाइदिन्छु भनेर उनलाई दिल्ली लिएर आएको र त्यहाँ एक घरमा २५००० भारती रुपैयाँमा बेचेको खुल्न अाएको हो । त्यसको केही समयपछि पनि त्यो घरदेखि उनलाई ३०००० भारतीय रुपैयाँ लिएर गएको र त्यसपछि घर मालिकले न पैसा दिएको र न घरसम्म पुर्याउने कोसिस भएको र पछि बारबार उनले मलाई घरसम्म पुर्याउनु भन्दा पनि न पैसा दिने न घर जान दिने, न घरमा कोही सम्पर्क दिने भएपछि सब्जी लिन जाँदा नेपालीलाई भेटेर मलाई घर सम्म पुर्याइदिनुपर्यो भनी अनुनय विनय गरेपछि बिगत एक बर्ष देखि कृयाशिल गैरराजनीतिक गैरनाफामुलक सामाजिक सस्था सुदुर पश्चिमेलि सामाज भारत का साथीहरू सम्म कुरा पुगे पछि सुदुर पश्चिम नेपाली समाज ले बिगत एकदशक देखि मानव बेचबिखन र लैंगिक हिंसा अन्त्यको अभियानमा विगत एक दशकदेखि क्रियाशील सामाजिक संस्था के. अाई. नेपाल को सहयोग मा के. आई. नेपालका दिल्ली प्रतिनिधि नवीन जोशी, सुदुर पश्चिमेलि नेपाली समाज भारत दिल्ली राज्य समिती का ...