Posts

Showing posts with the label धनगढी एयरपोर्ट

सन् २०१८ भित्रै धनगढी विमानस्थलमा भीओआर–डिएमई उपकरण जडान गरिने

धनगढी । धनगढी विमानस्थलमा भीओआर÷डिएमई उपकरण जडानका लागि आएको नेपाल नागरिक उड्डयन प्राधिकरण र जापान सहयोग नियोग (जाईका) को टोलीले स्थलगत अध्ययन गरेको छ । उपमकरण जडानका लागि अध्ययन गरेर जाईकाको टोली बिहीवार फर्किएको छ भने प्राधिकरणका उप निर्देशक संजीव सिह कडायत प्राधिकरणले गर्नुपर्ने पुर्वाधारको अध्यायन गरेर मात्रै फर्किनु हुनेछ । कम भिजिविलिटीमा पनि उडान गर्न सहयोग गर्ने यन्त्र भीओआर÷डिएमई जडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–निर्देशक संजीव सिह कडायतको नेतृत्वमा जाईकाबाट उपकरण जडानको अनुमति पाएका एन ई सी कार्पोरेशनका तीन जना ईन्जिनियरको टोलीले धनगढी विमानस्थलको स्थलगत अध्ययन गरेको हो । टोलीले बुधबार र विहीबार विमानस्थलको जग्गा अधिग्रहण भईरहेको स्थानको अध्यायन गरेको हो । जाईकाबाट उपकरण जडानको लागि टेण्डर पाएको जापानको एन ई सी कार्पोरेशनको टोलीले उपकरण जडानका लागि जग्गा उपयुक्त भएको ठहर गर्दै स्थानको पनि टुंगो लगाएर फर्किएको छ । अव सन् २०१८ भित्रै नयाँ उपकरण जडान गरिने टोलीले जनाएको छ । सन् २०१८ भित्रै उपकरण जडानको काम सम्पन्न गर्ने नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । अहि...

धनगढीका दैनिक जसो उडान रद्ध हुन थालेपछि हवाई यात्रु दोहोरो मारमा

धनगढी माघ १६ आईतवार नेपाल बायुसेवा निगमको विमानबाट धनगढी आउदै गर्दा बाटोमै मौसम विग्रीएपछि नेपालगञ्ज अवतरण गराईनुभएका महेन्द्रनगरका श्याम चन्दले दोहोरो रकम खर्च गर्नुपर्‍यो । धनगढी विमानस्थलमा कम भिलिविलीटीमा समेत जहाज अवतरण गर्न सकिने भीओर/डिएमई उपकरण जडान नभएपछि धनगढी विमानस्थलमा अवतरणका लागी ५ मिनेट मात्रै बाँकी रहेका बेला मौसम विग्रीयो भन्दै टिकापुरको आकासबाट विमान फर्काएर नेपालगञ्ज अवतरण गराईएको हो । यो हिउदमा धेरै उडान रद्ध भएपछि यात्रुहरुले समस्या झेल्नु परेको छ । आईतवार दिउसो मौसम सफा भएको भन्दै बुद्ध एयरको विमान काठमाडौबाट धनगढीका लागी उड्यो र धनगढी विमानस्थलमा अवतरण पनि भयो । तर केहि समयपछि काठमाडौबाट उडेको नेपाल एयरलाईन्सको विमान भने अवतरण हुन ५ मिनेट बाँकै रहँदै मौसम विग्रीएपछि नेपालगञ्ज अवतरण गराईएको हो । हिउदमा मौसम विग्रीरहने भएकाले धेरै दिन उडान रद्ध गर्नुपरेको नेपाल वायु सेवा निगम धनगढीका प्रमुख जनक विष्टले बताउनुभयो । विमानस्थलमा लामो समय सम्म कुरेर अन्तमा मौसम विग्रीएको भन्दै उडान रद्ध गर्ने परिपाटी नै बसीसकेको छ । जस्ले गर्दा यात्रुहरुले बेर्थैमा समय खेर फाल्नु पर्न...