Posts

Showing posts with the label महाकाली नदी

महाकालीमा हाम फालेकी महिलाको मृत्यु

दार्चुला, वैशाख ७। महाकाली नदीमा हाम फालेकी एक महिला मृतावस्थामा भेट्टिएकी छन्। ती महिला महाकाली नगरपालिका–७ धाप की ४५ वर्षीया द्रोपती कोली रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। विहिबार बिहान ९ बजेतिर घरबाट हिँडेकी कोलीले महाकाली नदीमा हाम फालेको प्रहरीले जनाएको छ। नदीमा हाम फालेको एक÷दुई किलोमिटर तल नगरपालिकाकै वडा नम्बर ८, असिगडा नजिक कोली मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लालबहादुर साउदले जानकारी दिए। मृतक महिलाको घरमा श्रीमान् तथा छोराछोरी रहेका छन्। मृतक महिला केही दिन अघिदेखि बिरामी भएको तथा उपचार गराइहेको पारिवारिक स्रोतले जनाएको छ। मृतक कोलीको शव जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक लालबहादुर साउदको नेतृत्वमा गएको टोलीले प्रहरी मुचुल्का तयार पारी परीक्षणका लागि जिल्ला अस्पताल दार्चुलामा ल्याइएकोमा परीक्षणपछि शव आफन्तको जिम्मा लगाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -रासस

दोधारा–चाँदनी बासीको पीडा : बर्खामा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

दोधारा–चाँदनी, कञ्चनपुर, ५ वैशाख- बाइस वर्ष अघि नेपाल–भारतबीच महाकाली सन्धि हुँदा कञ्चनपुरको महाकाली नगरपालिका–१ का वडाध्यक्ष अर्जुन भट्ट औधी खुशी हुनुभयो । उहाँ त्यतिबेला राजनीतिक यात्रा थाल्नुभएको थिएन । सन्धिपछि महाकालीको पानीले खेत सिञ्चित गर्ने भट्टको इच्छा अझै अधुरै छ । भट्ट किसान परिवारबाट सक्रिय राजनीतिमा होमिँदै अहिले वडाध्यक्ष बन्नुभएको छ । विसं २०२८ मा महाकाली नदी पारीको दोधारा–चाँदनी बसाइँ सर्नुभएका वडाध्यक्ष भट्ट यहाँका किसानले भोग्दैआएका समस्याबारे जानकार हुनुहुन्छ । दोधारा–चाँदनीका किसानले अहिलेसम्म आफ्नै घर आँगनमा बगिरहेको महाकालीको पानी सिँचाइ गर्नका लागि प्रयोग गर्न नपाएकोमा वडाध्यक्ष निकै चिन्तित हुनुहुन्छ । “राज्यले पहल नगर्दा हामी दसकौँदेखि सिँचाइ सुविधाबाट वञ्चित भएका छौँ,” उहाँले भन्नुभयो, “वर्षात्मा वर्सेनी महाकाली उर्लिएर आउँछ, दिनरात बाढीको त्रासमा बाँच्नुपर्छ ।” हिउँदमा खेतीका बेला सिँचाइ गर्न छेउमै बगिरहेको महाकालीको पानी प्रयोग गर्न नपाएकोमा वडाध्यक्ष भट्टको मन बेचैन रहन्छ । सरकारले महाकाली सन्धिमा भएको सम्झौताअनुरुप दोधारा–चाँदनीमा सिँचाइ गर्न महाकाली नदी...

महाकाली सन्धि अनुसार गरिएका सम्झौता कार्यान्वयन गराउन पहल गर्छु : सिँचाइ मन्त्री गौतम

सिँचाइ मन्त्री सञ्जयकुमार गौतमले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत टनकपुर बाँधबाट नेपालको सीमानासम्मको एक हजार २०० मिटर नहर बनाउन भारतीय पक्षलाई आग्रह गरिएको बताउनुभएको छ । शनिबार टनकपुर बाँधको निरीक्षण गर्दै मन्त्री गौतमले २२ वर्ष अगाडि भएको महाकाली सन्धि अनुसार गरिएका सम्झौता कार्यान्वयन गराउन पहल गर्ने बताउनुभयो । महाकाली सन्धिको धारा २ अनुसार टनकपुरमा पूर्वी एफलक्स बाँध निर्माण गर्न नेपाली भूमि प्रयोग गरेको बदलामा नेपालले ३०० क्युसेक पानी सुख्खायाममा र एक हजार क्युसेक पानी वर्षायाममा प्राप्त गर्ने कुुरा उल्लेख गरिएको भए पनि प्राप्त नभएको उहाँले बताउनुभयो । महाकाली नदीमा निर्माण भइरहेको पञ्चेश्वर परियोजनाको काम द्रुत गतिमा अगाडि बढाउन भारत सरकारसँग सहमति भइसकेको उहाँले बताउनुभयो । मन्त्री गौतमले पञ्चेश्वरबाट थप भएको पानी उपयोग गर्ने गरी नहरको संचरना निर्माण गरिने बताउनुभएको छ । मन्त्री गौतमले महाकाली सिँचाइ आयोजना तेस्रो तथा जनता तटबन्ध कार्यालयले गरेका कामको पनि निरीक्षण गर्नुभएको छ । उहाँले भीमदत्त नगरपालिका–११ भुजेलामा निर्माण भइरहेको बाँध र मोहना सिँचाइ आयोजनाको समेत निरी...