Posts

Showing posts with the label दाङ

चितुवाको छालासहित एक पक्राउ

दाङ, १५ चैत्र – दाङ प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ। अवैध दुर्लभ छाला ओसारपसार तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले घोराही उपमहानगरपालिका—१७ चौघेरामा डेरा गरी बस्ने २० वर्षीय सुनिल सुनारलाई एकथान चितुवाको छाला र आठवटा दाँतसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयले बुधवार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी प्युठान स्वर्गद्वारी नगरपालिका–५ घरभई हाल चौघेरामा डेरा गरी बस्ने परियारलाई चितुवाको छाला, आठ थान दाँतसहित मंगलबार साँझ पक्राउ गरी सार्वजनिक गरेको हो। कब्जा गरेको छाला, दाँत र व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयलाई बुझाउन लागिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले बताए। कब्जा गरिएको चितुवाको छाला ५ फिट ११ इन्च लम्बाइ र ४ फिट ३ इन्च लम्बाइको रहेको छ। रासस

शहरी स्वास्थ्य केन्द्रलाई एक करोडको जग्गादान

तुलसीपुर, दाङ, चैत ११ गते । तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा निवासी अभिषेक शाहले आफ्ना बुबा भीमसेन शाहको सम्झनामा यहाँ शहरी स्वास्थ्य केन्द्र स्थापनाका लागि रु एक करोड पाँच लाख मूल्य बराबरको सात कट्ठा जग्गादान गर्नुभएको छ। शाहले तुलसीपुर उपमहानगरपालिका–१ ‘ख’ कित्ता नं १६३ बाट सात कट्ठा जग्गा शनिबार स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दिनुभएको हो । सो वडाका वडाध्यक्ष बेदु केसीको उपस्थितिमा उहाँले जग्गा प्रदान गर्नुभएको हो । “बुबा हामीमाझ रहँदासम्म सामाजिक काम र समाजमा महत्वपूर्ण योगदान गर्दैआउनुभएको थियो त्यसैको निरन्तरताका लागि मलाई पनि केही काम गर्ने मन लागेको होे”, अभिषेकले भन्नुभयो । भीमसेन शाहलाई सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष माओवादीले अपहरण गरी बेपत्ता बनाएको थियो । उहाँको अवस्था अझैसम्म अज्ञात रहेको छ ।

दाङका ९० प्रतिशत अण्डा जिल्लाबाहिर

दाङ, चैत १० गते । दाङ अण्डामा आत्मनिर्भर बनेको छ । जिल्ला पशु विकास कार्यालय दाङका अनुसार जिल्लामा उत्पादित ९० प्रतिशत अण्डा निर्यात हुने गरेको छ । जिल्लामा ८४ जना कृषकले सञ्चालन गरेको कुखुरा फर्ममा सात लाखभन्दा बढी लेयर्स कुखुरा रहेको र तीबाट दैनिक साढे दुई लाख अण्डा उत्पादन हुने गरेको जानकारी कार्यालय प्रमुख चन्द्रबहादुर रानाले दिनुभयो । उहाँका अनुसार जिल्लाका घोराही, देउखुरी, तुलसीपुर क्षेत्रबाट सञ्चालनमा आएका फर्मबाट मासिक ७० लाख ३८ हजारभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ । जिल्लाको बजारलाई आवश्यक पर्ने भन्दा ९० प्रतिशत बढी अण्डा उत्पादन भइरहेको जानकारी दिँदै कार्यालय प्रमुख रानाले १० प्रतिशत अण्डा जिल्लामा खपत हुने र बाँकी पश्चिम नेपालमा बजारमा निर्यात भइरहेको जानकारी दिनुभयो । दाङ अण्डामा आत्मनिर्भर मात्र भएको छैन । ९० प्रतिशत अण्डा पश्चिम नेपालका बजारमा निर्यात गरिरहेको छ, कार्यालय प्रमुख रानाले भन्नुभयो । लेयर्स कुखुराले लामो समयसम्म अण्डा दिने भएकाले यसतर्फ कृषकहरूको आकर्षण बढ्दै गइरहेको छ । केही वर्षयता दाङमा अण्डा आयात रोकिएको भन्दै रानाले जिल्लाको उत्पादनले पश्चिम नेपालका ...

यी हुन् बम हातले समातेर फाल्ने प्रहरी हवल्दार राना

Image
दाङ : अज्ञात समूहले मतदान केन्द्रमा लक्षित गरी फालेको बम प्रहरी हवल्दारले भूँइमा नखस्दै हातले समातेर मतदान केन्द्र भन्दा बाहिर फालिदिएपछि उनको चर्चा चुलिएको छ। सुन्दा अचम्म लाग्ने साहस प्रहरी हवल्दार  दुर्गा बहादुर रानाले गरेका हुन्। दाङको तुलसीपुर ३ अम्बास मतदान केन्द्रको बुथ सुरक्षामा रहेका रानाले ज्यानको पर्वाह नगरी बुथको सुरक्षा गरेका हुन्। हवल्दार रानाले ठूलो साहसका साथ बुथमा फालिएको बमलाई हातले समातेर फालेर बुथ र मतदातालाई सुरक्षित राखेका हुन्। मतदान केन्द्रलाई लक्षित गरी अज्ञात समूहले फालेको बम रानाले भूँइमा खस्न नपाउँदै मतदान केन्द्रभन्दा बाहिर फालेका हुन्। अज्ञात समूहले फालेको उक्त बम हवल्दारले समातेर फालको दुई सेकेण्डमै पड्किएको थियो। हवल्दारले समातेर मतदान केन्द्रभन्दा बाहिर फालेकाले बम पड्किए पनि कुनै क्षति हुन पाएन। हवल्दार रानाले बम समातेर मतदान केन्द्र भन्दा बाहिर नफालेको भए मतदान स्थलमा क्षति पुग्ने भए पनि उहाँको साहसले कुनै क्षति नभएको प्रहरीको भनाइ छ।