Posts

Showing posts with the label राष्ट्रपति निर्वाचन

राष्ट्रपतिको शपथ आज अपरान्ह ४ः०० बजे

काठमाडौँ, फागुन ३० गते । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ आज अपरान्ह ४ः०० बजेका लागि तय भएको जानकारी दिनुभयो । राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । तर प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली विवादमा परेकाले को बाट शपथ लिने भन्ने नैतिक संकट भण्डारीलाई परेको छ । राष्ट्रपति भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ । उहाँको कार्यकाल पाँच वर्षको हुनेछ ।

राष्ट्रपति निर्वाचनको लागी निर्वाचन आचारसंहिता लागू

काठमाडौँ फागुन २४ गते । निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले बुधबारबाट निर्वाचन आचारसंहिता लागू गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचन अवधिभर लागू हुने गरी निर्वाचन आचारसंहिता, २०७२ जारी गरेको जानकारी आयोगका प्रवक्ता नवराज ढकालले दिनुभयो । निर्वाचन आचारसंहिता नेपाल सरकार र नेपाल सरकारको मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारको मन्त्री, स्थानीय तह, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारीलाई लागू हुने छ । यसैगरी सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मीलाई पनि लागू हुने आयोगले जनाएको छ । आयोगका अनुसार आचारसंहिता निर्वाचनमा संलग्न कर्मचारी, राजनीतिक दल तथा दलको भ्रातृ सङ्गठन, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, पर्यवेक्षक, सरकार...

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

काठमाडौँ, २२ फागुन – निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि सोमवार मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले सोमवार साँझ आफ्नो वेबसाइटमार्फत सो नामावली सार्वजनिक गरेको हो । संविधानअनुसार संघीय संसद् र प्रदेशसभाका सदस्य रहेको निर्वाचकमण्डलले राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछ । संघीय संसद्का २७५, राष्ट्रियसभाका ५९ र प्रदेशसभाका ५५० प्रदेशसभा सदस्यले निर्वाचनमा भाग लिनेछन् । आयोगले राष्ट्रपतिका लागि यही फागुन २३ गते उम्मेदवारी मनोनयनको कार्यतालिका यसअघि नै सार्वजनिक गरेको छ ।