Posts

Showing posts with the label सीमा नाका

दार्चुलाका ११ मतदानस्थल अति संवेदनशील सूचीमा, सुरक्षा व्यवस्था कडा

Image
१३ असार, दार्चुला । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि दार्चुलामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लाका १ सय १० मतदानस्थलमध्ये ११ मतदानस्थल अति संवेदनशील र १० मतदानस्थल संवेदनशील सूचीमा राखिएको छ । भौगोलिक विकटता, आपराधिक गतिविधि, सीमा नाका नजिक, सञ्चार सेवाको असुविधा लगायत कारणले ११ मतदान स्थललाई अति संवेदनशील र १० स्थललाई सुरक्षाको दृष्टिकोणले संवेदनशील सूचीमा राखिएको दार्चुलाका प्रहरी निरीक्षक लालबहादुर साउदले बताए । त्यस्तै, ८९ वटा मतदान केन्द्रलाई सामान्य सूचीमा राखिएको छ । सुरक्षा संवेदनशीलता विचार गरेर जिल्लाभरिको सुरक्षा व्यवस्था कडा पारिएको साउदले दाबी गरे । निर्वाचनका बेला मतदाताहरुलाई पूर्ण सुरक्षा अनुभूति गराउन बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । जिल्लाका १ सय २८ मतदान केन्द्रमा ६ सय ३१ नेपाल प्रहरी र ५ सय ३० जना म्यादी प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । त्यस्तै, विभिन्न ठाउँमा सशस्त्र प्रहरी पनि खटाइएको छ । शैल्यशिखर नगरपालिकामा ५० जना, मार्मा गाउँपालिकामा ४० जना, मालिकार्जुन र नौगाड गाउँपालिकामा ३०/३० जना सशस्त्र प्रहरी खटाइएको सशस...