Posts

Showing posts with the label अर्थ बाणिज्य

निर्माणाधीन आयोजना समयमै सक्न पहल

काठमाडौँ, १६ वैशाख – नेपाल विद्युत् प्राधिकरण र सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना समयमै सक्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विशेष पहल गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सम्बन्धित आयोजनाका प्रमुखसहितको टोलीले संयुक्त रुपमा माथिल्लो त्रिशूली थ्री ए, रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ । ऊर्जामा आत्मनिर्भर बनाउन र पेट्रोलियम पदार्थको आयात कम गर्दै जाने लक्ष्यका साथ मन्त्रालयले निर्माणाधीन आयोजनालाई तोकिएको समयमा पूरा गर्न विशेष पहल गरेको हो । भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण निर्माणमा ढिलाइ भएका आयोजनालाई समयमै सक्दामात्रै भारतबाट आयात भइरहेको विद्युत् ल्याउनु नपर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सहयोग पुग्ने लक्ष्यका साथ उच्च सरकारी अधिकारीले स्थलगत अनुगमन तथा निरीक्षण कार्यलाई तीव्र पारेका हुन् । उच्च सरकारी टोलीले शुक्रबार माथिल्लो त्रिशूली थ्री ए आयोजनाको स्थलगत निरीक्षण गरेको थियो । आयोजनाको हाल ७० प्रतिशतभन्दा बढी भौतिक निर्माण ...

प्रदेश नं. ७ को बजेट पारित

धनगढी, १६ वैशाख – प्रदेश नं ७ प्रदेशसभाको बैठकले प्रदेश सरकारद्वारा चालु आव २०७४/०७५ का बाँकी अवधिको लागि प्रस्तुत गरेको बजेटसँग सम्बन्धित विनियोजन विधेयक–२०७५ सर्वसम्मतिले पारित गरेको छ । सभामुख अर्जुुनबहादुर थापाले उक्त प्रस्ताव निर्णयार्थ पेश गर्नु हुँदा बैठकले सर्वसम्मतिले पारित गरेको हो । यसअघि प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले विनियोजन विधेयक–२०७५ लाई सभाबाट पारित गरियोस् भनी बैठकमा प्रस्ताव पेश गर्नुभएको थियोे । मन्त्री बोहराले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि प्रस्तुत भएको बजेटको छलफलका क्रममा उठेका प्रश्न र विपक्षी प्रदेशसभा सदस्यले दर्ता गराएको खर्च कटौतीको संशोधन प्रस्तावसँग सम्बन्धित विषयमा जवाफ दिनुभएको थियो । खर्च कटौती गर्न राखिएको संशोधन प्रस्तावको जवाफमा मन्त्री बोहराले विपक्षी सदस्यको सुझावप्रति गम्भीर रहेको उल्लेख गर्दै बजेटमा अध्ययन, अनुसन्धान, अनुगमन शीर्षकमा छुट्याइएको रकम सार्वजनिक खरिद ऐनबमोजिम आवश्यक कार्यविधि बनाएर खर्च गरिने र आगामी वर्षको बजेट निर्माणमा सबैको भावना समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । मन्त्रीको जवाफपछ...

कैलाली उद्योग बाणिज्य संघमा तालाबन्दी

Image
धनगढी बैशाख १३ नक्कली सदस्यता खारेजको माग गर्दै कैलाली उद्योग बाणिज्य संघमा तालाबन्दी गरिएको छ । वास्तविक व्यवसायीहरुले नक्कली सदस्यता खारेज गर्न पटक–पटक लिखित र मौखिक रुपमा माग गर्दा पनि वर्तमान कार्यसमितीले वास्ता नगरेको भन्दै आज विहान तालाबन्दी गरेका हुन् । वास्तविक व्यवसायीहरुले यसअघि नै जिल्ला प्रशासन कार्यालयमा छानविनका लागि उजुरी दिएका थिए भने वर्तमान कार्यसमितीलाई पटक–पटक लिखित र मौखिक रुपमा नक्कली सदस्यता खारेजको माग सहित निवेदन पनि गरेका थिए । झण्डै ९ हजार संघका सदस्य मध्ये चार हजार भन्दा वढी नक्कली सदस्यहरु रहेको र यसपाली पनि थप भएकोले उनीहरुलाई खारेज गर्नुपर्ने माग सहित आज विहान ७ बजे तालाबन्दी गरिएको हो । उनीहरुले वैशाख २२ गते हुने साधारण सभा अगाडी नै नक्कली सदस्यता खारेज गर्नुपर्ने माग गरेका छन् । वास्तविक व्यवसायीहरुले नयाँ सदस्यहरुलाई प्यान र भ्याटमा दर्ता गराएर मात्रै मतदाधिकारको प्रयोग गर्न दिनुपर्ने पनि माग गरेका छन् । व्यवसायिक हक हितका साथै प्रदेशका विभिन्न सामाजिक अभियान सञ्चालन गराउनका लागि नक्कली सदस्यहरुलाई हटाएर वास्तविक व्यवसायीको संघ वनाउन उनीहरुको माग छ । य...

प्रतिव्यक्ति ऋण दुई हजारले बढ्यो

काठमाडौँ, ११ वैशाख, नेपालीको कूल ऋण रु दुई हजार ११४ ले बढ्न गएको छ । आर्थिक वर्ष २०७३÷७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९ रहेकामा यस वर्ष बढेर रु २४ हजार २७६ पुगेको हो । महालेखा नियन्त्रक कार्यालयले पेस गरेको विवरणमा आव २०७३÷७४ सम्म सरकारको कूल ऋण दायित्व रु छ खर्ब ९७ अर्ब ६९ करोड रहेको छ । आन्तरिक ऋण रु दुई खर्ब ८३ अर्ब ७१ करोड रहेको छ । यस्तै वैदेशिक ऋण रु चार खर्ब १३ अर्ब ९८ करोड रहेको छ । उक्त ऋण आव २०७३÷७४ को कूल गार्हस्थ्य उत्पादनको २६.८४ प्रतिशत रहेको हो । त्यसमा आन्तरिक ऋण १०.९१ प्रतिशत र वैदेशिक ऋण १५.९३ प्रतिशत रहेको छ । कूल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस वर्षसम्म प्रतिव्यक्ति कूल ऋण दायित्व रु २४ हजार २७६ रहेको छ ।

भारतीय कुखुरा र अण्डा अवैध रुपमा नेपाल भित्रिँदै

लहान, वैशाख ६ गते । सरकारले भारतीय बजारबाट कुखुुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि सिरहाका विभिन्न बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ । भारतमा बर्डफ्लु देखापरेपछि सरकारले भारतबाट कुखुरा र अण्डालगायत पक्षीजन्य वस्तुको आयातमा रोक लगाएको हो । भारतीय सीमासँग जोडिएको सिरहाको विभिन्न नाकाबाट सेतो अण्डा र कुखुरा भित्रिने गरेको छ । सीमावर्ती क्षेत्रमा बर्डफ्लुको उच्च जोखिम रहेको छ । भारतीय सीमासँग जोडिएको सिरहाको भगवानपुर, माडर, बरियारपट्टि, ठाडी, जिझौललगायत बजारमा सेतो अण्डा खुलेआम बिक्री वितरण भइरहेको स्थानीयवासी बताउँछन् । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीकै मिलेमतोमा बरियारपट्टि, झाझपट्टि, माडर, ठाडी, कुसण्डीलगायत नाकाबाट भारतीय कुखुरा र अण्डा तस्करी हुने गरेको छ । भारतीय कुखुराको मासु प्रतिकिलो रु ५० देखि रु १०० सम्म सस्तो पर्छ । झाझपट्टि नाकाबाट दैनिक १० देखि १५ भ्यान भारतीय कुखुरा तस्करी भएर लहान, गोलबजारलगायत बजारमा पुग्ने गरेको कुसण्डीका रामप्रसाद यादव बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले अँध्यारोमा तस्करी हुन्थ्यो, अहिले त दिउँसै हुन थालेको छ ।” कुखुरा तस्करी गर्न ...

वर्षाबाट एक करोडको काँचो इँट्टाको क्षति

Image
कञ्चनपुर, २६ चैत। लगातारको वर्षाका कारण कञ्चनपुरमा एक करोड मूल्य बराबरको काँचो इँट्टा नोक्सानी भएको छ । सुकाउनका लागि तयारी अवस्थामा राखिएका काँचो इँट्टा वर्षाको पानीले भिजेर क्षति भएको हो। महाकाली इँट्टा टायल उद्योग व्यवसायी संंघ कञ्चनपुरका अध्यक्ष बलदेवसिंह बुडालका अनुसार कञ्चनपुरमा सञ्चालित ३९ उद्योगका झण्डै दश लाख भन्दा बढी इँट्टामा नोक्सानी पुगेको छ । प्रतिइँट्टाको लागत नौ देखि १२ सम्म पर्ने गरेको छ । इँट्टा उत्पादनका लागि पानी नपर्ने गरेका कारण चैत महिनालाई उपयुक्त महिनाका रूपमा लिइने गरिन्छ । लाखौँका तयारी इँट्टामा प्राकृतिक विपद्बाट नोक्सानी भएपछि मर्कामा परेको उहाँले बताए। (रासस)

सरकारी सिटामोल आजबाट बजारमा आउने

काठमाडौं, २३ चैत – नेपाल औषधि लिमिटेडले सात वर्षपछि उत्पादन गरेको सिटामोल आजबाट बजारमा आउने भएको छ । गत फागुन ९ गतेबाट विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार जीएमपी मोडलमा सिटामोल उत्पादन सुरु गरेको लिमिटेडले १० लाख सिटामोल आजबाट बजारमा ल्याउन लागेको हो । सिटामोलको खुद्रामूल्य प्रति ट्यावलेट १ रुपैयाँ तोकिएको छ । सरकारले पहिलो चरणमा ६ करोड ४८ लाख रकम विनियोजन गरेपछि औषधी लिमिटेडले पुनर्जीवन पाएको हो । पहिलो चरणमा उद्योगको ब्राण्डको रूपमा चिनिएको सिटामोल उत्पादन गरेको लिमिटेडले आगामी दिनहरुमा आइरन चक्की, जुकाको औषधीलागायत २० प्रकारका चक्की औषधी उत्पादन गर्ने लक्ष्य लिएको छ।

नक्कली व्यवसायी वनाएर सदस्यता दिईदै

धनगढी, २१ चैत्र, कैलाली उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै नक्कली सदस्यता वनाउने चलखेल भएको छ । आगामी वैशाख २२ गते हुने उद्योग वाणिज्य संघको निर्वाचनका लागि उम्मेदवारी दिने तयारीमा रहेका व्यवसायीहरुले नक्कली व्यवसायी वनाएका हुन । चुनावमा जित्नका लागि आफु निकटका व्यक्ती, कामदार र समर्थकहरुको नाममा विभिन्न व्यवसाय गरिरहेको ईजाजत सरकारी निकायवाट लिएर कैलाली उद्योग उद्योग वाणिज्य संघको सदस्य वनाईएको हो । नयाँ सदस्य हुन पाउने समय सकिएको दिन चैत १४ गते र १३ गते गरी दुई दिनमा मात्रै कैलालीउद्योग वाणिज्य संघमा ९ सय वढी सदस्यहरु थपिएका छन । झण्डै ९ हजार सदस्य रहेको कैलाली उद्योग वाणिज्य संघको नयाँ सदस्य वनाईएका मध्ये ९० प्रतिशत नक्कली व्यवसायी रहेका छन । चैतको १३ र १४ गते मात्रै ९ सयभन्दा वढीले नयाँ सदस्य वनाउन निवेदन दिएपछि नक्कली सदस्यहरुको संख्या वढ्दै गएको छ । नयाँ नेतृत्व चयनका लागि हुनगईरहेको निर्वाचनलाई लक्षित गर्दै संघका पदाधिकारीहरुले आफु नजिकका, कर्मचारी र समर्थकहरुका नाममा दर्जनौ व्यवसाय गरिरहेको भन्दै उनीहरुलाई संघको सदस्यता दिलाएर चुनावमा दावेदारी दिने चलखेल गरेका हुन ।...

पहिलोपटक राष्ट्रिय आर्थिक गणना गरिँदै

काठमाडौँ,१९ चैत- केन्द्रीय तथ्यांक विभागले पहिलोपटक राष्ट्रिय आर्थिक गणना देशैभर गर्ने भएको छ । आगामी वैशाख २ गतेदेखि शुरु गरिने गणना असार मसान्तसम्म व्यावसायिक प्रकृतिका आर्थिक तथ्यांक संकलन गरी करिब पाँच वर्षभित्र विवरण संकलन, प्रशोधन, विश्लेषणात्मक प्रतिवेदन तयार गर्ने विभागले जनाएको छ । प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला आर्थिक गणना समन्वय समिति गठन गरिएको छ । विभागका महानिर्देशक सुमनराज अर्यालले मुलुकको समग्र आर्थिक क्रियाकलापको स्थितिको मूल्यांकन गरी आवश्यक नीति निर्माण गर्न सरकारलाई सूचना उपलब्ध गराउन गणना गर्न लागिएको जानकारी गराउनुभयो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले मुलुकमा कूल स्थिर सम्पत्तिमा भएको लगानी, वैदेशिक लगानीको अवस्थालगायतका बारे गणनापछि पर्याप्त जानकारी हुने हुँदा सरोकार पक्ष सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका संयोजक अनिल शर्मा, गणना अधिकृत रामबन्धु रेग्मी, जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दरराज वैद्यलगायतले उक्त गणनाबाट मुलुकमा लगानीको अवस्था, अर्थतन्त्रको वास्तविक आकार, आर्थिक एकाइको प्रकार...

डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो

काठमाडाै, ८ चैत – रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, रारा विकास बैंक र अपी फाइनान्स मिलेर ३० असार ०७० मा एपेक्स डेभलपमेन्ट बैंकको नाममा एकीकृत कारोबार सुरु भएको हो । मर्जरअघि नै रोयल मर्चेन्टको कर्जा बक्यौता एक अर्ब १५ करोड पुगिसकेको थियो । तर, राराका तत्कालीन अध्यक्ष विष्णु धितालले व्यक्तिगत लाभका आधारमा ८० प्रतिशत खराब कर्जा बोकेको रोयल मर्चेन्टसँग मर्जर गराएका थिए । टेम्पो व्यवसायबाट उन्नति गरेका धिताल कांग्रेस लमजुङका क्षेत्रीय सभापति तथा महासमिति सदस्य पनि थिए । यो राजनीतिक प्रभाव उनले उन्नतिमा होइन, आफ्नै बैंकको दुर्गतिमा प्रयोग गरे । एपेक्स डेभलपमेन्ट बैंकको दरबारमार्ग, लोकन्थली र इटहरी शाखाबाट नक्कली ऋणी खडा गरेर, कमसल धितो राखेर, सम्पत्तिको नक्कली कागज बनाएर तथा मूल्यांकनसमेत नगरी कर्जा प्रवाह थालियो । एपेक्सका दरबारमार्ग र लोकन्थली शाखाले प्रवाह गरेको ऋणमध्ये ८०% र इटहरी शाखाको ७०% ऋण खराब कर्जा भएको राष्ट्र बैंकको प्रतिवेदनले नै देखाउँछ । यसरी एपेक्सको प्रणालीबाट अस्वाभाविक रूपमा दुई अर्ब ऋण प्रवाह भएको थियो ।

करोडौँको चिनी तस्करीमा नियमनकारी निकायको एउटै जवाफ : खुल्ला सीमाना

धनगढी सेटिङमा हुने चिनी तस्करी खुल्ला सीमा नाकाका कारण रोक्न नसकेको भन्दै नियमनकारी निकाय पन्छिन थालेका छन् । कैलाली र कञ्चनपुरका सीमा नाकाबाट वार्षिक करोडौँ मुल्यको चिनी तस्करी भईरहदा समेत मौन रहेका नियमनकारी निकायहरु वहाना वनाएर पन्छिरहेका छन। सीमामा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी पाएको कैलाली भन्सार कार्यालय, सशस्त्र सीमा सुरक्षा वल र नेपाल प्रहरीले खुला सीमा नाकाको वहाना वनाउँदै आफुहरुलाई चोख्खाईरहेका छन । कैलाली र कञ्चनपुरका सीमा नाकाबाट वार्षिक २ लाख माग रहेकोमा १ सय ६५ क्वीन्टल अर्थात ८२ प्रतिशत चिनी तस्करी भएर आइरहेका बेला नियमनकारी निकाय खुल्ला सीमा नाकालाई कारण देखाउदै पन्छिन थालेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक बिरबहादुर बुढामगरले तस्करी नियन्त्रण गर्न कडाई गर्दागर्दै पनि खुल्ला सीमानाका कारण सोचेअनुसार काम हुन नसकेको बताए । खुला नाकाका कारण एक ठाँउमा गस्ती हुँदा अर्को ठाँउबाट समान पैठारी हुन्छ, बुढामगरले भने, ‘चुनौति नै छ, तैपनि हामी लागिपरेका छौँ।’ सुरक्षा अधिकारी, भन्सार कर्मचारी र तस्करहरुको सेटिङ्मा चिनी तस्करी वढिरहेको छ...

निर्यात भन्दा आयात १३०० प्रतिशतले बढी, ६ खर्ब ६१ अर्ब आयात, ४७ अर्ब ५० करोड निर्यात

काठमाडौं, ७ चैत – वैदेशिक व्यापारमा नेपालले ७ रुपैयाँ बराबरको वस्तु निर्यात गरेर ९३ रुपैयाँ बराबरको आयात गरिरहेको छ । नेपालमा उत्पादन कम हुने र उत्पादित वस्तुको बजारीकरणसमेत हुन नसक्दा आयात-निर्यात अनुपात फराकिलो बन्दै गउको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको सात महिनामा नेपालले ६ खर्ब ६१ अर्ब रुपैयाँको आयात गरेर ४७ अर्ब ५० करोड रुपैयाँको निर्यात गरेको छ।

गाउँमा बैंक स्थापनासंगै बैंकिङ्ग कारोबारलाई सजिलो

बैतडी,२७ फागुन- बैतडीको ग्रामिण क्षेत्रमा विभिन्न बैंकका शाखा स्थापनासंगै स्थानिय तहवाटै बैंकिङ्ग कारोबार गर्न सजिलो भएको छ । सुर्नया गाउँपालिकाको वडा नं २ सतबाँझमा नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको शाखा स्थापना भएसंगै बैंकिङ्ग कारोवार गर्न सजिलो भएको त्यहाका नागरिकले बताएका छन् । सदरमुकाम धाउनुपर्ने बाध्यता हट्दै जानुका साथै गाउमै बैंकिङ्ग कारोवार गर्न सजिलो भएको गाउँपालिका अध्यक्ष वीर वहादुर विष्टले जानकारी दिनुभयो । सुर्नया गाउँपालिकामा बैंक स्थापना भएसंगै बैंकिङ्ग कारोवार गर्न सजिलो हुनुका साथै ग्रामिण अर्थतन्त्रमा पनि सुधार हुने उहाँले बताउनुभयो । नेपाल ईन्भेष्टमेण्ट बैंकको सतबाँझमा यही फागुन १५ गते शाखा स्थापना भएको हो । शाखा स्थापना भएपश्चात हालसम्म ८० जनाले बैंकमा खाता खोलेको बैंकका शाखा प्रबन्धक गोविन्द वहादुर विष्टले जानकारी दिनुभयो । जसमध्ये १५ महिला र ६५ पुरुष रहेका छन् । सतबाँझमा रहेको नेपाल ईन्भेष्टमेण्ट बैंकले बैंकिङ्गसम्बन्धी सम्पुर्ण कारोवार गरिरहेको जनाएको छ । बैंकले अन्य बैंकका चेक जम्मा गर्नेे पनि शाखा प्रबन्धक विष्टले बताउनुभयो । यसका साथै बैंकले रेमिट्यान्स सेवा ...

साल्ट ट्रेडिङले २५ प्रतिशत बोनस शेयर दिने

काठमाडौँ, २३ फागुन साल्ट ट्रेडिङ कर्पाेरेशनले आव २०७३÷७४ को मुनाफाबाट आफ्ना साझेदारलाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उपभोक्तालाई सर्वसुलभ रुपमा खाद्य पदार्थ र नूनसहित विभिन्न प्रकारका मलखादको बिक्री वितरण गर्दै आएको कर्पाेरेशनले आव २०७३÷७४ मा रु ७६ करोड ९३ लाख मुनाफा आर्जन गरेको थियो । आव २०७२÷७३ मा कर्पाेरेशनको मुनाफा रु ६१ करोड २४ लाख रहेको थियो । कर्पाेरेशनको सम्पन्न ५१ औँ साधारणसभाले सो निर्णय गर्दै आगामी वर्षदेखि काठमाडौँलगायत मुख्य शहरमा पेट्रोलियम पदार्थको करोवारका लागि पम्प सञ्चालन, तोरीको तेल तथा उखु उत्पादनमा लगानी गर्ने जानकारीसमेत दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका बीचमा पनि कर्पाेरेशनले चालू आवको माघ मसान्तसम्ममा रु छ अर्ब ६६ करोड कारोवार गर्न सफल भएको थियो । गतवर्षको सोही अवधिमा रु पाँच अर्ब ४१ करोडको कारोवार भएको थियो । चालू आवमा कर्पाेरेशनले रु १० अर्ब करोवार गर्ने लक्ष्य राखेको छ । कर्पाेरेशनले सरकारको अनुदानमा चालू आवमा बिक्री वितरणका लागि ५७ हजार मेट्रिक टन युरिया र २२ हजार टन डिएपी मल आयात भइसकेको जन...

मोबाइल सेट खरिदमै बाहिरियो सवा १२ अर्ब

६ महिनामा ३४ लाख थान मोबाइल आयात, एसेसरिजमा ६० करोड नेपालमा टेलिफोनको नेटवर्क बढेसँगै मोबाइल प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । मोबाइल सेटको आयात र सिमको बिक्रीले मोबाइल प्रयोगकर्ता उच्चदरमा बढेको एक तथ्यांकले देखाएको छ । पछिल्लो ६ महिनामा नेपालमा ३४ लाख १० हजार थान मोबाइल सेट आयात भएको छ । त्यस्तै, एक वर्षको अवधिमा मोबाइल सेवा प्रदायकले करिब ४३ लाख थान मोबाइल सिम बिक्री गरेका छन् । टेलिफोनको पहुँचसँगै नेपालमा मोबाइल प्रयोगकर्ता वार्षिक १० प्रतिशतको हाराहारीमा बढ्दै गएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा बताउँछन् । अहिले मुलुकका सबै स्थानीय तहसम्म मोबाइल सेवा पुगिसकेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ । प्राधिकरणका अनुसार टेलिफोनको पहुँच कुल जनसंख्याभन्दा पनि ४० प्रतिशत बढी छ । सोही कारण मोबाइल विक्रेताहरूले पनि विभिन्न मूल्यका सस्ता तथा सुविधायुक्त मोबाइल सेटको आयात बढाइरहेका छन् । यसले मोबाइल सेवाग्राहीको संख्या बढाएको उनको भनाइ छ । १२ अर्बको मोबाइल सेट चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा १२ अर्ब ३९ करोड रुपैयाँको मोबाइल आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षक...