Posts

Showing posts with the label मन्त्रि हरु को नाली बेली

मन्त्रिपरिषद् विस्तार, मन्त्रि हरु को नाली बेली

Image
निर्वाचित भएको झण्डै डेढ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेसका १० र माओवादी केन्द्रका मन्त्री समावेश गरेर देउवाले सरकार विस्तार गरेका छन् । [caption id="attachment_500" align="alignnone" width="618"] मन्त्रिपरिषद् विस्तार, मन्त्रि हरु को नाली बेली[/caption] कस्ता छन नयाँ मन्त्री ? नेपाली कांग्रेस  मीन विश्वकर्माः विश्वकर्मा केन्द्रीय सदस्य एवं सांसद विश्वकर्मा भोजपुरका स्थायी बासिन्दा हुन् । तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्दा उनी प्रस्तावक थिए । वीरबहादुर बलायरः बलायर डोटी क्षेत्र नम्बर १ का सांसद हुन् । सुदुरपश्चिमका नेता बलायर देउवा पक्षीय कांग्रेस नेता हुन् । बलायर डोटीको खानदानी परिवारका सदस्य हुन् । महेन्द्र यादव: यादव धनुषाका स्थायी बासिन्दा हुन् । उनी नेपाली कांग्रेसका समानुपातिक सांसद हुन् । उनी नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका पूर्व अध्यक्ष समेत हुन् । अम्बिका बस्नेतः बस्नेत दुइवटै संविधानसभामा समानुपातिक तर्फवाट सभासद बन्ने भाग्यमानी नेतृ हुन् ।...