Posts

Showing posts with the label PPR

६० हजार बाख्रालाई पिपिआर (PPR) विरुद्धको खोप

बैतडी,१८ माघ- बैतडीका १० ओटै स्थानीय तहमा बाख्रामा लाग्ने माहामारी रोग पिपिआर विरुद्धको खोप अभियान सुरु भएको छ । जिल्ला पशु सेवा कार्यालय र स्थानीय तहका पशुशाखाको समन्वयमा पिपिआर विरुद्धको खोप अभियान सुरु भएको जिल्ला पशुसेवा कार्यालय पाटन बैतडीका प्रमुख बरिष्ठ पशु विकास अधिकृत डा. नवीन घिमिरेले बताउनुभयो । जिल्लाका १० ओटै स्थानीय तहमा प्राविधिक कर्मचारी खटाएर पिपिआर विरुद्धको खोप लगाउने कार्य भईरहेको छ उहाँले भन्नुभयो“ यही माघ २१ गते सम्म खोप लगाउने कार्यतालिका रहेको भएपनि केही दिन थप हुन सक्छ” जिल्लामा ६० हजार बाख्रामा पिपिआर विरुद्धको खोप लगाउने लक्ष्य रहेको जिल्ला पशु सेवा कार्यालय बैतडीले जनाएको छ । बाख्रा पालनमा लागेका किसानहरुलाई सजिलो होस भन्ने उद्देश्यले पीपीआर विरुद्धको खोप अभियान सञ्चालन गरेको हो । आफ्ना बाख्राहरुलाई खोप लगाउनका लागि नजिकका पशु प्राविधिकसंग सम्पर्क राख्न समेत जिल्ला पशु सेवा कार्यालयले आग्रह गरेको छ ।