Posts

Showing posts from August, 2017

महाकाली नदीमा बन्ने ४ लेनको पुल, आज सिलान्यास

भाद्र १५, २०७४- लामो प्रतिक्षा पछि महाकाली नदीमा निर्माण हुने पक्की पुलको शिलान्यास गर्न आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम नेपालको समृद्धि र विकासको ढोका खुलेको बताएका छन् । ‘महाकाली नदीमा पुल र दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहले पश्चिम नेपालको विकासको ढोका खुलेको छ,’ धनगढी विमानस्थलमा प्रधानमन्त्री देउवाले भने, ‘पश्चिम नेपाल मात्र नभइ देशकै समृद्धिका लागि महत्त्वपूर्ण विकास परियोजना हो ।’ भारतका औद्योगिक सहरसँग सिधा सम्पर्क र सुख्खा वन्दरगाह विकासका लागि कोषेढुंगा सावित हुने प्रधानमन्त्रीले वताए । प्रधानमन्त्री देउवाले भने ‘लामो समयको प्रतिक्षा सकिएको छ अव सुदूरपश्चिमवाट विकास अभियान सुरु भएको छ ।’ नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सबैलाई निर्वाचनमा होमिन आग्रह समेत गरेका छन् । ‘बाँकी रहेको स्थानीय तह निर्वाचन संगै प्रादेशीक र संसदीय निर्वाचनमा सवैलाइ होमिन आग्रह गर्छु’ संचारकर्मीको जिज्ञासामा प्रधानमन्त्रीले भने, ‘निर्वाचनले राजनैतिक स्थायित्व र संबिधान कार्यान्वयनसंगै समृद्धिको वाटोमा देश अगाडी वढीसकेको छ ।’ सम

सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवरको हत्यामा संलग्न भएको आरोपमा ६ जना पक्राउ

Image
सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवरको हत्यामा संलग्न भएको आशंकामा कञ्चनपुर प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रसङ्ग :  ऐठपुर नहर छेउमा, सशस्त्र प्रहरी जवानको शव [caption id="attachment_694" align="aligncenter" width="557"] Armed police dead body[/caption] सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीमा कार्यरत कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुरका प्रहरी जवान कुँवरको बुधबार राति ड्यिुटी सकेर घर गइरहेका हत्या भएको थियो। उनको हत्या नै भएको निष्कर्षमा पुगेको प्रहरीले ६ जनालाई पक्राउ गरेपनि नाम भने गोप्य राखेको छ। प्रहरी स्रोतका अनुसार कुँवर ड्यिुटी सकेर घर जाने क्रममा बुधबार राति महेन्द्रगरको न्यू संगम होटेल एन्ड लजमा नास्ता खाएका थिए। होटेलमा विवाद भएको थियो। प्रहरीले मृतक कुँवरकै साथी सशस्त्र प्रहरी बलका अर्का कर्मचारी भानु विष्ट, होटेल संचालक तरुण अवस्थी र अन्य तीन जनालाई नियन्त्रणमा लिएको स्रोतको दाबी छ। अनुसन्धान प्रभावित हुन सक्ने भएकाले नाम खोल्न नमिल्ने कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी भीम दाहालले बताउनुभयो । स्रोत: अन्नपुर्ण ट

१५३.१ किलो तौलको समोसा

ब्रिटेनको राजधानी लण्डनमा बनाइएको एउटा समोसाले नयाँ कीर्तिमान कायम गरेको छ। १५३.१ किलो तौलसहितको समोसा हालसम्मकै सबैभन्दा बढी वजन भएको समोसाको रुपमा गिनिज बुकमा नाम दर्ता गराउन सफल भएको हो। यसअघि उक्त कीर्तिमान ११०.८ किलो तौल भएको समोसाको नाममा थियो। उत्तरी ब्रिटेनस्थित ब्रेडफोर्ड कलेजमा उक्त समोसा बनाइएको थियो। कसले बनायो समोसा? कार्यक्रमका आयोजक फरिद इस्लामले भने, "पहिले त हामीलाई निकै सजिलो लागेको थियो तर पछि थाहा भयो कि यो देशमा यति ठूलो भाँडा नै छैन जसमा यत्रो समोसा बनाउन सकियोस्। अनि हामीले एउटा छुट्टै भाँडा बनाउन लगायौँ।" उक्त समोसा बनाउन १५ घण्टा लागेको थियो। 'गिनिज बुक अफ रेकर्ड्स'का एकजना अधिकारी प्रवीण पटेलले समाचार संस्था एएफपीसँग कुरा गर्दै भने, "विश्व कीर्तिमान बनाउनका निम्ति समोसा जस्तै स्वरुप हुनुपर्छ, मैदाभित्र प्याज र केराउ मिसिएको हुनुपर्छ। तेलमा पकाएपछि त्यसको आकारमा परिवर्तन हुनुहुँदैन। र, मान्छेले खान मिल्ने जस्तो समोसा देखिनुपर्छ। मानिसहरुले पूरै समोसा खान पनि सक्नुपर्छ।" लण्डनमा समोसा तयार भएर त्यसलाई जोखेपछि पटेलले त्यो आफैंमा एउटा ठ

ऐठपुर नहर छेउमा, सशस्त्र प्रहरी जवानको शव

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुरमा विहिबार बिहान एक जना सशस्त्र प्रहरी जवानको शव फेला परेको छ । सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी जवान अन्दाजी २७ वर्षिय नरेन्द्र कुँवर मृत अवस्थामा भेटिनुभएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक टक्कर स्वारले बताए । भीमदत्त नगरपालिका ३ तिलकपुर स्थायी घर भएका कुँवरको शव ऐठपुर स्थित नहर छेउमा टाँउको थिचिएको अवस्थामा शव भेटिएको उनले बताए । ‘ कुवँरको टाँउको थिचिएको छ,घटना स्थलको मुचल्का तयार पार्ने भैईरहेको छ । घटनाको सवै विवरण आएको छैन्, अहिले नै हत्या भएको भन्न मिल्दैन’उनले भने । घटना रातिको १२ देखी १ बजेको बिचमा भएको हुनसक्ने प्रहरी नीरिक्षक स्वारले बताए ।

पञ्चेश्वर परियोजनाबारे द्वीपक्षीय छलफल

पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणका निम्ति पानीको बाँडफाँड तथा अन्य नमिलेका विवाद सल्टाउन काठमाण्डूमा शुरु भएको दुई देशका जलस्रोत विज्ञहरुको छलफलको पहिलो चरण मंगलवार सकिंदैछ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको पूर्वसन्ध्यामा जारी उक्त छलफललाई निकै महत्त्वका साथ हेरिएको छ। २० वर्षअघि देउवा प्रधानमन्त्री भएकै बेला पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणबारे सम्झौता भएको थियो र यसपालिको उनको भ्रमणमा पनि उक्त एजेण्डा समावेश गरिएको बताइएको छ। साढे ६ हजार मेगावाटसम्म बिजुली उत्पादन हुन सक्ने भनिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको बिजुली दुवै देशले आधा-आधा बाँड्ने सहमति भएपनि पानी बाँडफाँडमा भारतले धेरै भाग खोजेकोले कुरा अझै नमिलेको बताइन्छ। विवाद विवाद लम्बिंदै जाँदा सम्झौता भएको २० वर्ष नाघिसक्दा पनि सो परियोजनाको अहिलेसम्म 'डीपीआर' अर्थात् विस्तृत परियोजना प्रतिवेदन समेत तयार हुन नसकेको बताइन्छ। 'टिम् अफ् एक्स्पर्ट्स्' अर्थात् विज्ञहरुको टोली नाम दिइएको दुई देशका सचिवस्तरीय उक्त समूहले प्राविधिक विषय मिलाउन ५ वटा टोली र सैद्धान्तिक विषयमा सहमति जुटाउन छ

कैलालीमा बस दुर्घटना, २ को मृत्यु, २० घाइते

भाद्र १४, २०७४- धनगढीबाट डोटीको बागछेडा जाँदै गरेको बस भीमदत्त राजमार्गको कैलाली सहजपुर गाउँपालिकामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीका ६० वर्षीय नरबहादुर देउवा र कैलालीका ४८ वर्षीय दुर्गादेवी मल्ल छन् । ना ४ ख ५६३५ नम्बरको बस दुर्घटनामा पर्दा २० जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर छ । उनको सीमा पारी भारतीय अस्पतलामा उपचार भइरहेको छ । अन्य हरुको घाइतेहरुको अत्तरिया र धनगढीका अस्पतालमा उपचार भइरहेको छ ।      

उद्‌घाटन नहुँदै बाढीले पुल भाँचियो

बर्दिया: बर्दिया सदरमुकाम उत्तर जयनगर बजार हुँदै पूर्वपश्चिम राजमार्ग जोड्ने बगही घाटको पुल उद्‌घाटन नहुँदै बाढीले भाँचिएको छ। बबई नदीमा आएको वाढीले सोमबार नवर्निमित पक्‍की पुल भाँचिएको हो। पुल भाँचिएपछि बाह्रबर्दिया नगरपालिका र सदरमुकाम चल्ने सवारी साधनहरु अवरुद्ध भै हजारौं स्थानियहरु प्रभावित बनेका छन्। सवा ४ सय मिटर लामो पक्कीपुल पप्पु कन्ट्रक्सनले निर्माण गरेको थियो। स्थानियका अनुसार पुल कमजोर बनेको हुनाले नै टुटेको आरोप छ। अघिल्लो पटकको वाढीमा पुलको पिलर नदीमा धाँसिएको थियो। पिलर पुर्ननिर्माण नगरी त्यसैमाथी पुल ढलान गरेपछि सोही स्थानमा थप पिलर धाँसिदा पुल भाँचिएको हो। करिव १७ करोड रुपैयाको लागतमा निर्माण सम्पन्न सोपुल ५ वर्ष अघि निर्माण शुरु गरिएको थियो। तत्कालिन प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुँवरको पालामा पुल कमजोर निर्माण भैरहेको भन्ने स्थानियको विरोध आएपछि निर्माण सुधार्न जिल्ला प्रशासन कार्यालय बर्दियाले सम्वन्धित मन्त्रालयमा पत्राचार गर्दा गर्दै पनि पुल निर्माण सम्पन्न भएपछि समस्या आएको हो। बाढीमा पुल भत्किएपछि स्थानियले आपत्ती जनाएका छन्। ठेकेदार कम्पनीको लापरवाहीले पु

बालिका मार्ने हरियाणाबाट पक्राउ

महेन्द्रनगर। भीमदत्त नगरपालिका–९ मटैनाकी बालिका हत्या अभियोग लागेका स्थानीय हिरासिंह ऐरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भारतको हरियाणाबाट पक्राउ गरेको छ । बालिका हत्या गरेर फरार भएका अभियुक्तलाई पछ्याइरहेको प्रहरीले हरियाणाबाट पक्राउ गरेको हो । पक्राउ परेका ऐरीलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । भीमदत्त नगरपालिका–९ मटैनाका ३० वर्षिय पुन्टे भनिने हिरासिंह ऐरीलाई बालिका हत्या अभियोगमा भारतको हरियाणाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रकाशबहादुर चन्दले बताए । पत्रकार सम्मेलनमा अभियुक्त सार्वजनिक गर्दै उनले भने, ‘साउन २१ गते मटैनाकी १० वर्षिय बालिका शितल विष्टको हत्या अभियोगमा ऐरीलाई पक्राउ गरिएको हो ।’ बालिका घरबाट हराएको १ दिनपछि साउन २२ गते बिहान घर नजिकै रहेको गौताडी खोलामा मृत फेला परेकी थिइन् । मृतकका परिवारले ऐरीसहित शंकास्पद ३ जनाविरुद्ध जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । अभियुक्त ऐरीले साउन २१ गते साँझ ४ बजेतिर बालिका आफू मदिरा सेवन गरेर सुतेका बेला कोठामा आएको र नशाको झोकमा घा

दुर्घटनालाई न्युनिकरण गर्न डडेल्धुरा ट्राफिक सक्रिय

Image
जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले दुर्घटना न्यूनिकरणका लागि सवारी चेकजाँचमा कडाइ गर्न थालेको छ । चाडपर्व नजिकिएसँगै सवारी नियम उल्लंघनका घटनामा बृद्धि हुन थालेपछि सवारी चेकजाँचलाई तीब्रता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराले जनाएको छ । नजिकिँदै गरेको हरितालिका तीज, गौरा पर्व, बडादशैं तथा तिहारको समयमा हुने दुर्घटनाको जोखिमलाई कम गर्न सवारी चेकजाँच कडाइ पारिएको कार्यालयका प्रहरी नायव निरीक्षक कृष्ण पुजाराले जानकारी दिएका छन् । जिल्लाका अन्य ग्रामीण रुटमा समेत सवारीसाधन चेकजाँचमा कडाइ पारिएको उनले बताए । मादक पदार्थ सेवन गरेर सवारी चलाउने, बसमा क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने, ब्लूबुक बिना सवारी सञ्चालन, बिना हेलमेट मोटरसाइकल सञ्चालन र ओभरटेक लगायतका गलत प्रवृत्तिका कारण सवारी दुर्घटना हुन सक्ने भन्दै ट्राफिक प्रहरीले सक्रियता बढाएको हो । चाडपर्वको समयमा नियम विपरित सवारीसाधन सञ्चालन गर्ने गाडी धनी तथा गाडी चालकलाई कानून बमोजिम कारवाही गर्ने समेत प्रहरी नायव निरीक्षक पुजाराले बताएका छन् । डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा पछिल्लो समय अनावश्यक रुपमा

दिपेन्द्र सिंह ऐरी पिपुल्स च्वाईस अवार्डमा मनोनित

राष्ट्रिय क्रिकेट टोलीका सदस्य दिपेन्द्र सिंह ऐरी एनएसजेएफ पल्सर स्पोटर््स अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डमा मनोनित भएका छन् ।  नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार जारी गरेको वर्ष चर्चित खेलाडी बन्दै पिपुल्स च्वाइस अवार्डमा मनोनित भएका हुन् । दिपेन्द्रसंगै पौडीकी गौरिका सिंह, एथ्लेटिक्सकी कान्छीमाया कोजु, जुडोकी फुपु ल्हामु खत्री र फुटबलका सुजल श्रेष्ठ पनि मनोनित भएका छन् । मनोनितमा परेकाहरु मध्ये एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा विजेता घोषणा गरिने छ । भदौं २५ गते आयोजना हुने पल्सर स्पोर्ट्स अवार्डको अवसरमा विजेता घोषणा गरिनेछ । दिपेन्द्रलाई भोट गर्न Pulsar DA  लेखेर ३३१३१ मा पठाउन सकिनेछ । त्यस्तै, गौरिकालाई भोट गर्नका लागि Pulsar GS  लेखेर ३३१३१ मा पठाउन सकिनेछ । त्यसैगरी कान्छीमायालाई भोट गर्नका लागि  Pulsar KK टाइप गरी ३३१३१ मा पठाउन सकिनेछ । फुपल्हामुका लागि Pulsar PK टाइप गरी ३३१३१ मा पठाउन सकिन्छ । त्यस्तै, सुजलको लागि पनि Pulsar SS टाइप गरी ३३१३१ मा पठाउन सकिनेछ । दिपेन्द्रले २०७३ सालमा नेपाली टिमबाट सर्बाधिक ३५७ रन बनाएका थिए । त्यस्तै, ४ अर्धशतक बनाउनका साथै ४ विकेट प

नदीमा बगाएर बालकको अन्तिम संस्कार

सप्तरीको कुलारी गाउँका देवकुमार सदाले आफ्ना आठ वर्षीय भतिज कमल सदालाई कोशी नदीमा बगाएर अन्तिम संस्कार गरेका छन्। अविरल वर्षाले निम्त्याएको बाढीका कारण बिरामी परेर कमलले ज्यान गुमाएका थिए। आइतवार कोशी नदीमा गरिएको कमलको अन्तिम संस्कारको मार्मिक तस्वीरहरु युरोपियन फोटो एजेन्सी (इपीए) ले प्रकाशन गरेको छ। साधारणतया उक्त समुदायमा बच्चाको अन्तिम संस्कार गाडेर गर्ने गरिएपनि बाढीका कारण सबैतिर जलमग्न भएपछि कमलको परिवारले उनको शवलाई नदीमा बगाउने निर्णय लिएको थियो।   src BBC

तराईका ८० प्रतिशत धानबाली डुबानमा

Image
काठमाडौं  : अविरल वर्षाका कारण आएको बाढीले गर्दा तराई-मधेसका २० जिल्लाको ८० प्रतिशत धानबाली डुबानमा परेको छ । खडेरीका कारण ढिलो गरी सुरु भएको रोपाइँ सम्पन्न नहुँदै आएको भेलले धानबाली डुबाएको कृषि विकास मन्त्रालयले आइतबार जनाएको छ । कृषि विकासमन्त्री रामकृष्ण यादवको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बाढीका कारण तराई-मधेसमा धान, तरकारी, फलफूलबाली र माछातर्फ ठूलो क्षति भएको निष्कर्ष निकालेको छ । बैठकमा मन्त्री यादवले अन्नभण्डार मानिने तराई-मधेसमा पछिल्लो समय भएको धान रोपाइँ पनि डुबानमा परेको बताए । खानाका लागि घरमा जोहो गरी राखिएको चामल, दाल र तरकारी पनि बाढीले बगाउँदा तराई-मधेसका सर्वसाधारण खाद्य असुरक्षामा परेका छन् । ‘बाढीका कारण तराई-मधेसको धान रोपाइँ सम्पन्न नहुँदै २० जिल्लाको ८० प्रतिशत क्षेत्रफल डुबानमा परेको छ । रोपाइँ भएको बाँकी २० प्रतिशत क्षेत्रफल पनि थप डुबानमा पर्न सक्ने सम्भावना देखिएको छ’, उनले भने ।बाढी आउनुअघि तराई-मधेसको झापामा ८२, मोरङमा ६५, सुनसरीमा ७८, सप्तरीमा ७५, सिराहा, धनुषा र सर्लाहीमा ५०-५०, महोत्तरीमा ४५, बारा र पर्सामा ९९-९९, रौतहट र चितवनमा ९०-९०,

पाटनमा गिट्टी कुट्दै जीविकोपार्जन

बैतडी । बैतडीको पाटन नगरपालिका–४ का स्थानीय गिट्टी कुटेर जीविकोपार्जन गरिरहेका छन् । बस्नलाई घर मात्र भएका स्थानीय दिनभरि गिट्टी कुटेर गिट्टी बेचेर नै दैनिक उपभोग्य सामान किन्ने गर्छन् । रोजगारीको कुनै अवसर नपाएर यसैलाई रोजगारी मानेका उनीहरू घरपरिवारका सबै सदस्य मिलेर गिट्टी कुट्ने गरेको बताउँछन् । निर्माण व्यवसायीले उनीहरूबाट प्रतिकट्टा ५० रुपैयाँका दरले किन्ने गरेका छन् । दैनिकमा १ जनाले ३–४ कट्टा गिट्टी कुट्ने गरेका छन् । रोजगारी नभएर गिट्टी कुट्न लागेको पाटन नगरपालिका–४ का ४६ वर्षिया हरीसिंह महराले वताए । उनका अनुसार घाम पानीको वास्ता नगरी बिहानदेखि बेलुकासम्म गिट्टी कुट्नमा व्यस्त हुनुपरेको छ । ‘दिनभरको गिट्टी कुटाईले रामै्रै कमाइ हुन्छ,’ उनले भने, ‘कुटिएको गिट्टी बेचियो भने दिनमा ३ देखि ४ सय रुपैयाँको कमाइ हुन्छ ।’ गिट्टी दिनदिनै नबेचिने हुँदा कमाएको पैसा बचत गर्न नसकिएकाले मासिक कति कमाइ हुन्छ भन्न नसकिने उनले बताए । घरमा केही नभएर यसैबाट गुजारा चलाइरहेको स्थानीय ७२ वर्षिया परु महराले बताइन् । आफ्नो ज्यानको बाजी लगाएर भएपनि पहाडबाट ढुंगा निकालेर सडक छेउमा ल्याइ गिट्टी कुट्ने गरि

नेपाल टेलिकमको एसएमएस सेवा निशुल्क

Image
काठमाडौं : नेपाल टेलिकमले देशभरका बाढी–पहिरोको उद्धारमा सूचना आदानप्रदानमा सहजता सिर्जना गर्न आइतबारदेखि लागु हुने गरी एसएमएस सेवा निशुल्क गरेको छ । सञ्चार मन्त्री मोहनबहादुर बस्नेले मन्त्रालयले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सूचना आदान प्रदान गर्न सहज होस् भनेर यो निर्णय गरेको जानकारी दिए । टेलिकमले देशैभरका नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताका निम्ति एसएमएस सेवा निशुल्क गर्ने निर्णय आजै कार्यान्वयन हुने जनाएको छ । यो सुविधा नेपाल टेलिकमका सबै मोबाइल प्रयोगकर्ताले आजै साँझबाट प्रयोग गर्न पाउने छन् । यो सुविधा साउन ३१ गतेसम्म रहने टेलिकमले जनाएको छ । टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले अत्यावश्यक काम बाहेक अन्य प्रयोगकर्तालाई अनावश्यक रुपमा एसएमएस नगर्न आग्रह गरेका छन् । ‘नेटवर्कमा जाम हुने समस्या हुन नदिन अत्यावश्यक बाहेक अन्य टेलिफोन प्रयोगकर्ताले यो सुविधान प्रयोग नगरिदिन आग्रह गर्दछौँ,’ सहायक प्रवक्ता अधिरकारीले भने ।

सीमाका बाँधको ढोका खोल्न भारतको निर्देशन

Image
भारत सरकारले नेपाली सीमा बाँधको ढोका खोल्न सम्बन्धित क्षेत्रका कर्मचारीलाई निर्देशन दिएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग आइतवार साँझ टेलिफोन वार्ता गर्ने क्रममा आफूले सीमा बाँधको ढोका खोल्न निर्देशन दिएको जानकारी गराएकी हुन । टेलिफोन वार्तामा भारतीय विदेशमन्त्री स्वराजले कोशी व्यारेजलगायत अन्य बाँधको ढोका खोल्न भारत सरकारले निर्देशन दिएको जानकारी गराएको परराष्टमन्त्रालयले जनाएको छ । नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै स्वराजले विपद्को घडीमा भारत सरकारले सक्दो सहयोग गर्ने बताएको पनि मन्त्रालयले जनाएको छ । यसअघि मन्त्री महराले शनिवार दुई पटक भारतीय राजदूत मञ्जिब सिंह पुरीसँग सीमा बाँधको ढोका खोल्न टेलिफोन वार्ता गरेका थिए । राजदूतसँगको कुराकानीका आधारमा मात्रै सीमा बाँधका ढोका नखोलिएपछि मन्त्री महराले पुन समकक्षी स्वराजसँग टेलिफोन वार्ता गरेका हुन ।   गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म ६६ जनाको मृत्यु भएको जनाएको छ । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना ब

चिनियाँ उपप्रधानमन्त्री पाकिस्तानबाट आज काठमाडौ आउँदै

Image
को को छन् चिनियाँ प्रतिनिधिमण्डलमा काठमाडौं : चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली सोमबार साँझ पाकिस्तानबाट बिशेष बिमानमा नेपाल भ्रमणमा काठमाडौं आउँदै छ । नेपालबाट राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीका तहमा उच्चस्तरीय भ्रमण चीनतर्फ भइरहे पनि चीनबाट भने करिब ६ वर्षपछि उच्चस्तरीय भ्रमण हुन लागेको हो । साँझ ६ः१५ बजे चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं उत्रनेछ । टोलीमा दुई जना उपमन्त्री, एक सहायकमन्त्री, दुई चिकित्सक, एक सुरक्षा अधिकारीसहित २१ जना रहनेछन् । चिनियाँ उपप्रधानमन्त्रीलाई होटल सोल्टीमा बस्ने प्रबन्ध मिलाइएको छ । ६२ बर्से उपप्रधानमन्त्री वाङ चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य हुन् । चिनियाँ स्टेट काउन्सिलका प्रमुख नेतामध्ये वाङ पनि एक हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको ग्वाङडोङ प्रान्तीय कमिटीका सचिवका रूपमा उनले २००७ देखि २०१२ सम्म काम गरेका थिए । चीनले हालैका वर्षमा नेपालको व्यापार, पर्यटन, कनेक्टिभिटी र उद्योगमा लगानी बढाएको छ । सुरक्षा र राजनीतिक मामिलामा पनि चीनको सहयोग बढ्दै गएको छ । चीन र भारतबीच डोक्लाम क्षेत्रमा उत्पन्न विवाद चर्किरहेका बेला

देश का विभिन्न ठाउँ मा बाढी को आतंक

कुन जिल्ला मा कति जना को मृत्यु? जिल्ला मृतकको संख्या सुनसरी ७ सिन्धुली ४ झापा ४ मोरंग ३ बाँके ३ पांचथर ३ सर्लाही ३ दांग २ बारा २ पाल्पा १ बर्दिया १ मकवानपुर १   बाढीका केहि विनासकारी फोटो हरु [gallery link="file" columns="1" size="large" ids="620,619,618,617,616,615,614,613,612"]    

यस कारण भत्कियो सहमति, 'चिटिङ' गरेर विधेयक पारित

काठमाडौं- चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न प्रधानमन्त्रीको उपस्थितिमा भएको समझदारी संसदीय समितिले पालना नगरेपछि समस्या झन् जटिल बनेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बालुवाटारमा शुक्रबार बिहान चिकित्सा शिक्षा विधेयकमा डा. केसीका केही माग थप समेट्ने गरी मध्यमार्गी प्रस्तावमा सहमति भएको थियो। बालुवाटारमा नयाँ कलेजले सम्बन्धन पाउने प्रमुख आधार बनाउँदा अस्पताल सञ्चालन भएको तीन वर्षको सट्टा दुई वर्ष राख्ने सहमति जुटेको थियो। तर त्यो गणना 'स्वास्थ्य मन्त्रालयबाट सञ्चालन स्वीकृति पाएको' मितिबाट हुनुपर्ने व्यवस्था राख्ने महŒवपूर्ण बुँदा नै विधेयक पारित गर्ने क्रममा हटाइयोे। स्वास्थ्यबाट सञ्चालन अनुमति पाएको अवधिको सट्टामा 'अस्पतालले प्रचलित कानुनबमोजिम स्वास्थ्य सेवा कर तिरेको मितिबाट सो अवधि गणना थालिनेछ' भन्ने विधेयकमा उल्लेख छ। पारित व्यवस्थाले स्वास्थ्यले तोकेका पूर्वाधार पूरा नगरेका अस्पताललाई समेत सम्बन्धनका लागि योग्य बनाउँछ। विज्ञका अनुसार चिकित्सा शिक्षासम्बन्धी कार्यक्रम सञ्चालनका लागि अस्पताल पूर्ण रूप

पुल भासिदा पुर्ब पश्चिम राजमार्ग अबरुद्ध

श्रावण २९, २०७४- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथलैया– निजगढ सडकको दुधौरा पुल भासिएको छ । आइतबार बिहान पुल भासिएपछि यातायात ठप्प भएको छ । ठूला सवारी बाटोमै रोकिएका छन् । तीन वर्ष अगाडि पनि यो पुल भासिएको थियो । यसैगरी पथलैया हेटौंडा सडकको चुरियामाईमा पहिरो खसेर बाटो पूर्वपश्चिम राजमार्ग अबरुद्ध भएको छ । निजगढस्थित लालबकैया खोलाको ड्याम जंगलतिर पानी पस्न सुरु भएको छ ।

सिद्धनाथ विज्ञान क्याम्पस होस्टेलमा बिद्यार्थीको हत्या

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीको आज बिहान होस्टेलमै हत्यापछि सो घटनाको विद्यार्थी संगठनहरुले भत्र्सना गरेका छन् । बझाङ घर भई हाल सिद्धनाथ विज्ञान क्याम्पसमा बिएससी चौथो वर्षमा अध्ययनरत विद्यार्थी डम्बर जाग्रीको घाँटी रेटेर हत्या गरेको अवस्थामा होस्टेलको स्टोरमा शव भेटिएको थियो । मृतक जाग्रीले क्याम्पसमा रहेको क्यान्टिनसमेत लिजमा लिएर सञ्चालन गर्दै आएको बुझिएको छ । प्रहरीले प्रारम्भिक चरणमा घटनाबारे सोधपुछ गर्न क्यान्टिनका कारिगरसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । विभिन्न विद्यार्थी संगठनका नेताहरुले सामाजिक सञ्जालमार्फत घटनाको भत्र्सना गर्र्दै हत्यारा पत्ता लगाई कारबाहीको माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य कैलाश चन्दले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । त्यस्तै अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष वीरेन्द्र विष्टले संगठनका होनहार नेताको हत्याको गहन छानबिन हुनुपर्ने माग गरेका छन् । त्यसैगरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला अध

दंगा फैलाएको आरोपमा, सिलिगुडीमा नेपाली पक्राउ

श्रावण २७, २०७४- आमाको उपचारका लागि गएका इलाम सूर्योदय नगरपालिका-१० फिक्कल निवासी २८ वर्षीय उदयहाङ फागोलाई रिहाइको पहल गर्न परिवारले सरकारसँग माग गरेको छ । चार दिन अघि पुलिसले सिलिगुडी नजिककैको सालवारीस्थित डनवस्को स्कुल परिसरबाट उनलाई पक्राउ गरेको थियो । उदयका दिदी साधना फागोका अनुसार आमा गंगामायाको उपचारका लागि उनी आएका थिए । परिवारले शुक्रबार इलाका प्रहरी कार्यालय काँकडभिट्टामा पत्रकार सम्मेलन गरेर झुठो मुद्धा लगाएर बेपत्ता पारिएका उदयको रिहाइको माग गरेको हो । इलाका प्रहरी कार्यालयका डिएसपी दुर्गाराज रेग्मीलाई ज्ञापन पत्र बुझाउँदै उदयका बुबा राजकुमार फागोले भने,‘मेरो छोरा निर्दोष छ, तत्काल रिहाइको पहल गर्दिनुहोला ।’ ज्ञापनपत्र बुझेपछि रेग्मीले भारतीय प्रहरीहरुसँग समन्वय गरेर रिहाइको पहल गर्ने आश्वासन दिए । गोर्खाल्याण्ड आन्दोलनसँग कुनै सरोकारै नभएको व्यक्तिलाई माओवादी भनेर हचुवाका भरमा पक्राउ गरिएकोप्रति खेद प्रकट गर्दै रिहाइको लागि सरकारलाई आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले फागोको रिहाइको पहलका लागि गृह र परराष्ट्र मन्त्रालयमा पत्राचार गरिसकेको छ । जिल्ला प्रशासन झापा

बाढीले सीमा स्तम्भ बगे, फेरी सिमा मिचिने डर

श्रावण २७, २०७४- बबई नदीले कटान गर्दा दशगजामा रहेका पाँचवटा सहायक सीमास्तम्भ बगेका छन् । बाढीले मुख्य सीमास्तम्भ ५८ को गुलरिया नगरपालिका–१० मस्जदियास्थित सहायक स्तम्भ बगाएको हो । वर्षेनी स्तम्भ बगिरहँदा सीमा पनि मिचिएको स्थानीयको गुनासो छ । ०५१ सालको बाढीले ५८ नम्बर सीमास्तम्भ बगाएको थियो । पॉच वर्षअघि मस्जदीयामा रहेको ६७०/८ नम्बरको सहायक स्तम्भ बगाएको स्थानीय प्रशासनले जनाएको छ । स्थानीय सुवेदार यादवले नदीले स्तम्भ बगाएपछि  सीमा छुट्याउन समस्या भएको बताए । एक साताअघिको बाढीले कटानसँगै थप स्तम्भ पनि बगाएको छ । स्थानीय प्रशासन र प्रहरी टोलीले बुधबार सीमास्तम्भ बगेको क्षेत्र लटकनियाको अनुगमन गरे । टोलीमा प्रजिअ विष्णुबहादुर थापा, प्रहरी उपरिक्षक भरतबहादुर बोहोरालगायत सहभागी थिए । प्रजिअ थापाले सीमास्तम्भ बगाएको ठाउ‘ निरीक्षण गरि प्रतिवेदन बुझाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिइएको बताए । गुलरिया–१० मस्जदीयाका लक्ष्मण मल्लाह दुई ठूला र तीन साना सीमा स्तम्भ बगिसकेको बताउँछन् । बाढीपछि नदीले यस क्षेत्रमा खेतीयोग्य जमिन बगाउदै आएको छ । रत्नापुरका सुवेदार यादवले एक साताको अबधिमा

उपत्यकामा दिउँसो मालबाहक ट्रक चलाउन नपाइने

काठमाडौँ, साउन २७ गते ।  आगामी भदौ १ गतेदेखि काठमाडौँ उपत्यकाको चक्रपथमा मालबाहक सवारीसाधन चलाउन नपाइने भएको छ ।  यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखा मालबाहक सवारीसाधनलाई बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालनमा रोक लगाउने अन्तिम तयारीमा जुटेको छ । सहज ट्राफिक व्यवस्थापन, सहज आवागमन र सडक दुर्घटनामा न्यूनीकरण गर्न रोक लगाउनुपरेको विभागले जनाएको छ ।  व्यवसायीसँग शुक्रबार छलपल गरी सो निर्णय गरिने भएको छ ।  खानेपानी तथा पेट्रोलियम पदार्थ ढुवानी गर्ने बाहेक ट्रक, ट्रिपर र मिनी ट्रकलाई रोक लगाइने भएको छ ।  वातावरणीय प्रदूषणलाई पनि ध्यानमा राखेर यस्तो निर्णय गर्न लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । रोक लगाइएको मालबाहक सवारीलाई उपत्यका छिर्ने नाकामा पार्किङको व्यवस्था गरिएको छ ।  पृथ्वी राजमार्ग भएर उपत्यका छिर्ने मालबाहक सवारीलाई नौबीसेमा पार्किङको व्यवस्था गरिने छ ।  बीपी र अरनिको राजमार्ग भएर आउने मालबाहक सवारीलाई बनेपामा र दक्षिणकाली भएर आउनेलाई चोभारमा पार्किङको व्यवस्था गरिने विभागले जनाएको छ ।  त्यस्तै नुवाकोट हुँदै आउने मालबाहक सवारीलाई झोर महाङ्कालमा पार्किङको व

फेसबुकको नयाँ भिडिओ सेवा

प्रयोगकर्ताहरुले चाँडै फेसबुकको नयाँ कार्यक्रम हेर्न फेसबुकमा वाच ट्याब देख्नेछन् जसमा विभिन्न किसिमका भिडिओ कार्यक्रमहरु राखिनेछन्। ती मध्ये केही सामाजिक सञ्जाल फेसबुकले नै लगानी गरेका हुनेछन्। वाच व्यक्तिगत बनाइनेछ ता कि प्रयोग कर्ताहरुले उनका साथीहरुले के हेरिरहेका छन् भन्ने आधारमा नयाँ कार्यक्रमहरुबारे थाहा पाउनेछन्। दर्शकहरुले प्रतिक्रियाहरु पनि हेर्न पाउनेछन् र साथीभाइ र समर्पित समूहसँग मिलेर कार्यक्रम केन्द्रित दर्शकको समूह बनाउन सक्नेछन। भीडभाडयुक्त बजार आफ्नो फेसबुक पोष्टमा कम्पनीका संस्थापक मार्क जकरबर्गले भने, "कुनै कार्यक्रम निस्क्रिय रुपमा मात्रै हेरिनुपर्छ भन्ने छैन।" "एउटै विषयमा रुचि भएका मानिसहरुलाई एक ठाउँ ल्याउन सकिन्छ र त्यो अनुभव साट्ने मौका पनि बन्न सक्छ।" फेसबुकमा भिडिओ केही समयदेखि उपलब्ध छ तर त्यो अहिलेसम्म सिकारुहरुले खिचेका अंशहरु वा समाचार संस्थाले राख्ने स-साना अंशमा सीमित छ। विश्वको सबभन्दा ठूलो सामाजिक सञ्जालले फेसबुकले गत वर्ष भिडिओ ट्याब थपेको थियो। र केही यता उसले आफ्नै विषयबस्तु बनाउनेतर्फ काम गरिरहेको संकेत गर्दै आएको थियो। वाच फे

डा. केसीका माग लत्याउँदै, नया चिकित्सा शिक्षा विधेयक

श्रावण २६, २०७४- चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै ११ औं पटक आमरण अनशनरत डा. गोविन्द केसीका मागलाई लत्याउँदै संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिले आधा दर्जन मेडिकल कलेजलाई सम्बन्धन दिन मिल्ने गरी चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रूप दिन लागेको छ । समितिले १० वर्षसम्म काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने डा. केसीको मागको ठीकविपरीत कानुन बनाउन लागेको हो । सरकारले पेस गरेको विधेयकमाथि परेको संशोधन टुंगो लगाउन गठित कार्यदलले यस्तो व्यवस्था राखेर विधेयकलाई समितिको पूर्ण बैठकमा पेस गर्दैछ । कार्यदलले बिहीबार बिहान अन्तिम रूप दिएर दिउँसो पूर्ण बैठकमा पेस गर्ने कार्यक्रम तय गरेको छ । डा. केसीका मागविपरीत विधेयकको दफा १३ मा ‘आशयपत्र पाएर पूर्वाधार निर्माण गरिसकेका संस्थालाई सम्बन्धन दिन सकिने’ प्रावधान थपिएको छ । चार उपदफा रहेको उक्त दफामा एउटा उपदफा थपेर पूर्वाधार पूरा भए सबैलाई सम्बन्धन दिन मिल्ने गरी विधेयक अघि बढाउन लागिएको हो । शिक्षा मन्त्रालयका अनुसार थपिएका उपदफा अनुसारै विधेयक पारित भए यसअघि आशयपत्र पाइसकेका काठमाडौंका ४, ल

चटपटे बिक्रीमा प्रतिबन्ध

बाबियाचौर(म्याग्दी),  साउन २५ गते । सदरमुकाम बेनीमा चटपटे बिक्रीमा प्रतिबन्ध लगाइएको छ । बेनी नगरपालिकाको कार्यालयले बजारमा चटपटे बिक्री गर्न रोक लगाएको हो । स्वास्थ्यमा प्रतिकूल असर पर्ने अखाद्य पदार्थ मिसावट गरी चटपटे बनाउने गरेको पाइएपछि प्रतिबन्ध लगाइएको बेनपा– ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । “सडकमा ठेला राखेर व्यापार गर्दा दुर्घटनाको जोखिम समेत बढेको छ,” उहाँले भन्नुभयो । साँघुरा सडक र गल्लीमा ठेलामा राखेर बिक्री गरिने चटपटे खानेको भिडले सवारी आवागमन प्रभावित भएको छ । चटपटे अमिलो बनाउन यहाँका केही व्यापारीले शौचालय सफा गर्न प्रयोग गरिने ‘हारपिक’ प्रयोग गरेको भेटिएपछि कडाइ गरिएको वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । नगरपालिकाले सडक छेउछाउमा रहेका टं्याकी र छाप्रोलाई वैकल्पिक ठाउँमा स्थानान्तरणको तयारी समेत गरेको छ । ठेला तथा टं्याकी बनाएर फलफूल र शृङ्गार सामग्रीको व्यापार गर्दै आएका व्यापारीलाई स्थायी पूर्वाधार बनाएर स्थानान्तरण गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । रासस

जोगवुढा अस्पतालमा चिकित्सकको लापरवाहि, गर्भवती महिलाको मृत्यु

श्रावण २४, २०७४ गर्भवति महिलाको शव २४घण्टा देखि अस्पतालमै, डडेलधुराको जोगवुढा अस्पतालमा चिकित्सकको लापर वाहिको कारण गर्भवती महिलाको मृत्यु भएके भन्दै मृतकका आफन्त आक्रोशित भएका छन! विरोध स्वरुप आफन्तले २४घण्टा देखि शव उठाएका छैनन्! परशुराम नगर पालिका वडा नम्बर ६ की पशुपति जोशीको प्रशुतिकी क्रममा हिजो मृत्यु भएको थियो! सुत्केरी ब्यथा लागेपछि उनलाई गत आईतबार अस्पताल भर्ना गरिएके थियो! उपचारमा सँलग्न चिकित्सकलाई कारबाहि तथा पीडित पछ््यलाई छ््तिपूर्ति उपलब्ध  नगराएसम्म शव नउठाउने पीडित पक्ष्य भनाई छ! अस्पतालका डाक्टर अविरल वरकोटीले प्रसव ब्यथाका कारण बच्चा अड्किएको तथा स्वसप्रस्वास र मुटुमा जटिल समस्या देखिएपछि समस्या समाधानका लागि अस्पताल ब्यवस्थापन, चिकित्सकीय टोलि, पीडित पछ्य, नगर प्रमुख भीम वहादुर साउद र स्थानिय प्रशासन बीच छलफल भई रहेको छ!

स्याली नदिमा डुवेर वालककोे मृत्यु

कञ्चनपुर जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको शुक्लाफाटा नगर पालिका ३ जोनापुरको स्याली नदिमा डुवेर आइतवार एक वालककोे ज्यान गएकाको छ । शुक्लाफाटा नगर पालिका ३ जोनापुरमा बस्दै आएका १२ वर्षिय राम दत्त जोशीको घर नजिकैको नदिमा नुहाउने क्रममा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । वाल वालिकाहरु संगै नदिमा नुहाउन गएका जोशी वालकले पौडी खेल्न नसकि नदिमा डुवेर मृत्यु भएको हुन सक्ने इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरिक्षक लालमणी जोशीले जानकारी दिनु भएको छ । मृतक वालकको पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पताल लगिएको आपन्तहरुले वताएका छन ।.  

खोलामा बालिकाको शव फेला

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रह्मदेवस्थित गताडी खोलामा एक बालिकाको शव फेला परेको छ । भीमदत्त नगरपालिका ९ ब्रह्मदेवकी १० वर्षीया बालिका शितल विष्टको शव आइतबार बिहान खोलामा तैरीरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक भीमबहादुर दहालले बताए । उनका अनुसार मृतक बालिकाको शवपरीक्षणका लागि महाकाली अञ्चल अस्पताल राखिएको छ । घटनाको बारेमा अनुसन्धान सुरु गरिएको उनले बताए ।

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड

प्रदेश नम्बर ७ को एक मात्र उपमहानगरपालिका धनगढीको शनिबार भएको प्रथम नगर अधिवेशनमा आर्थिक वर्ष २०७४/०७५ का लागि एक अर्ब १४ करोड ४१ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओडले उपमहानगरको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै आब २०७४/०७५ मा लाग्ने कुल एकीकृत सम्पत्ति करको रकममा १५ प्रतिशत छूट दिने व्यवस्था गरिएको जानकारी दिए । अहिलेसम्म धनगढी उपमहानगरले लिँदै आएको सम्पत्ति कर बढी भएको र अवैज्ञानिक रहेको जनगुनासो रहेको थियो । प्रमुख ओडले प्रस्तुत गरेका बजेटमध्ये चालू खर्चतर्फ २५ करोड ५५ लाख ७५ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ  ८८ करोड ८५ लाख ८४ हजार रुपैयाँ रहेको छ । सार्वजनिक गरिएको बजेटमा सवै वडामा पहिलो पटक प्रत्येक वडालाई ५० लाख रुपैयाँसम्मका दरले बजेट विनियोजन गर्ने प्रस्ताव गरिएको छ । बजेट रकम सवै वडालाई समानरुपमा विनियोजन गर्ने प्रस्ताव गरेका छौँ, ओडले भने,—प्रस्तावितमध्ये थप बजेट रकम जनसंख्या र भूगोललाई आधार मानी वडामा क्रमशः ६०/४० को अनुपातमा भार दिएर समेत विनियोजन गर्न लागेका छौं ।’ प्रस्तुत नीति तथा कार्यक्रममा भौतिक पूर्वाधारहरुको विकास

पञ्चेश्वर प्रभावित क्षेत्रका भारतीय नागरिक आन्दोलित

नेपाल–भारत सीमा नदी महाकालीमा बन्न लागेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर (डिटेल प्रोजेक्ट रिपोर्ट)ले अन्याय गरेको भन्दै भारततर्फको प्रभावित क्षेत्रका नागरिक आन्दोलित भएका छन् । डिपिआरमा डुबान क्षेत्रका नागरिकको पुनस्र्थापनाबारे बेवास्ता गरिएको भन्दै भारतीय नागरिकले दुई महिनादेखि आन्दोलन गरिरहेका छन् । ०७२ सालमा बनेको डिपिआरबारे जानकारी पाएदेखि नै प्रभावित क्षेत्रका भारतीय नागरिक असन्तुष्ट थिए । वापकोस कम्पनीले तयार पारेको सो डिपिआर खारेज गर्न उनीहरूले माग गरेका छन् । प्रभावित गाउँ बौनकोट, पीपलतडा, तडिगांव, डाकुला, बलतडी, मनानीगाड, अमखोला, बसेडा, सिमु, कानडी, रज्युडा, झुलाघाट आदि क्षेत्रका स्थानीय आन्दोलनमा उत्रिएका छन् । महाकालीसँग जोडिएका भारतका तीन जिल्लाका नागरिक पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबाट प्रभावित छन् । पञ्चेश्वर उच्च बाँध तथा रुपालीगाड रि–रेगुलेटिङ बाँध आयोजनाको जम्मा लगानी नेपाली रुपैयाँ ३ सय ३६ अर्ब (४,४७५ मिलियन अमेरिकी डलर) मध्ये नेपालले नेपाली रुपैयाँ करिब १ सय २६ देखि १ सय ३० अर्ब मात्र लगानी गर्नुपर्ने हुन सक्ने परियोजनाले जनाएको छ। १० वर्ष निर्माण अवधि भए

धनगढीका मेयरको अभियान : जति भोट तेती बोट

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले निर्वाचनमा प्राप्त गरेको मत संख्याबराबर बिरुवा रोप्ने घोषणा गरेका छन् । घोषणासँगै उनले शुक्रबारदेखि ‘भोटबराबर बोट’ अभियान पनि सुरु गरेका छन् । अभियानअन्तर्गत निर्वाचनमा पाएको १४ हजार ३ सय २४ मतजतिकै संख्यामा उपमहानगर क्षेत्रभित्र वृक्षरोपण गर्ने मेयर वडले बताए । धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली सामुदायिक वनमा शुक्रबार वृक्षरोपण गरेर उनले अभियानको सुरुवात गरेका छन् । धनगढीलाई हरियाली सहर बनाउने उद्देश्यले भोटबराबर बोट अभियान सुरु गरिएको उनले बताए । ‘निर्वाचन प्रचार अभियानका क्रममा धनगढीलाई हरियाली सहर बनाउने प्रतिबद्धता गरेको थिएँ, पूरा गर्न अभियान सुरु गरेको हुँ,’ नगर प्रमुख वडले भने, ‘१४ हजार ३ सय २४ वटा बिरुवा रोप्ने लक्ष्य राखेको छु ।’ सार्वजनिक स्थानमा वृक्षरोपण नगर क्षेत्रका सामुदायिक वन, मठ–मन्दिर, विद्यालय परिसर तथा सार्वजनिक ठाउँमा वृक्षरोपण गरिने मेयर वडले बताए । बिरुवा जिल्ला वन कार्यालयले उपलब्ध गराउने तथा वृक्षरोपणका लागि सामुदायिक वन एवं नगरवासीसँग समन्वय गर्ने वडले बताए । धनगढी उपमहानगरपालिकाभित्र २ धार्मिकस्थलसहित ५९ सामुदाय

झोलुङ्गे नहुँदा महाकालीमा जोखिमपूर्ण यात्रा

बैतडी । बैतडीका २ गाउँपालिकाका स्थानीय वासिन्दा वर्षात्को समयमा ज्यानको बाजी लगाएर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । पञ्चेश्वर र शिवनाथ गाउँपालिका वासिन्दा डुंगामा महाकाली नदी वारपार गर्ने गर्छन् । जिल्ला सदरमुकामबाट २ दिनको पैदल यात्रा र १ दिनको गाडीको यात्रा गरेर पुग्न सकिने २ गाउँपालिकाका सीमा नाका भारतसँग जोडिएका छन् । नेपालबाट सामान किन्दा महंगो र भाडा पनि बढी हुने भएकाले स्थानीयहरू दैनिक उपभोग्य सरसामान किन्न र औषधी उपचारको लागि पनि भारत नै जाने गर्छन् । सीमामा महाकाली नदीमा झोलुङ्गे पुल नहुँदा डुंगाको माध्यमबाट वारपार गर्नुपरेको पञ्चेश्वर गाउँपालिकाका स्थानीय शुक्रराम सार्कीले बताए । ‘सदरमुकाम टाढा भएको र वर्षात्ले गाडी पनि नचल्ने भएकाले ज्यानको वाजी लगायर डुंगामा नदी वारपार गर्नुपर्छ,’ स्थानीय शुक्रराम सार्कीले भने, ‘जिल्ला समन्वय समिति (जिसस)ले राजश्व संकलनका लागि वर्षेनि टेन्डर आव्हान गरेर डुंगा सञ्चालन गर्ने गरेको छ ।’ हिउँदमा नदीमा पानीको बहाव कम हुने हुँदा ढुंगा सञ्चालन गर्न सजिलो र वर्षात्मा नदीमा पानीको बहाव बढेपछि समस्या हुने गरेको डिम्बरघाट सञ्चालक रामसिंह मंगोला

कर्मचारीद्वारा कार्यालयमै आत्महत्या

मलंगवा :  जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका खरिदार नविनकुमार चौधरी आइतबार बिहान कार्यालयमै झुण्डिर आत्महत्या गरेका छन् । सर्लाही बबरगंज २ बस्ने २८ वर्षीय चौधरी घाँटीमा पासो लगाएर आत्महत्या गरेको जिल्ला जन स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख हरिशचन्द्र साहले जानकारी दिए । सात महिना पहिले जागिर खाएका चौधरी कार्यालय बन्द रहेको अवस्थामा शनिबार राति कार्यालयको काम्पाउण्ड नाघि कार्यालयमा पसेका थिए । कोही नभएको अवस्थामा कार्यालयको भर्‍याङमाथि पासो लगाएर आत्महत्या गरेका हुन् । मृतक चौधरीको केही दिनदेखि डिप्रेशनको रोगी रहेको कार्यालय प्रमुख साहले जानकारी दिए । चौधरी काठमाडौंमा उपचार गराएर औषधी समेत सेवन गर्दै आएका थिए । उनले किन आत्महत्या गरेको हो त्यसबारे केही आफुहरुलाई जानकारी नभएको साहले बताए । बाबुको एक्लो सन्तानको रुपमा रहेको चौधरीको आत्महत्याको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक सीताराम रिजालले बताए ।

सप्तरीमा प्रहरी भ्यानमाथि बम आक्रमण

राजविराज  : तराईमा उदाएको नयाँ सशस्त्र समूहले सप्तरीमा प्रहरी भ्यानलाई लक्षित गरी गएराति बम विष्फोट गराएको छ । गत साउन ४ गते अस्तित्वमा आएको प्रगतिशील तराई मुक्ति मोर्चाले इलाका प्रहरी कार्यालय कडरबोनाको भ्यानमा राति साढे नौ बजे बम विष्फोट गराएको जनाएको छ । सो समूहका संयोजक सिजनका अनुसार बम विष्फोटले भ्यान क्षतिग्रस्त भएको छ । इलाका प्रहरी कार्यालयबाट दुई किलोमिटर उत्तर–पश्चिमतर्फ रहेको श्रीपुर गाउँमा गस्ती गएको बेला भएको बम विष्फोटले बा.१ झ ७३९२ नम्बरको प्रहरी भ्यानको अगाडीको भाग क्षतिग्रस्त भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनु भयो । प्रहरी उपरिक्षक सिंहका अनुसार भ्यानमा रहेका प्रहरीहरु सकुशल रहेका छन् ।

भरतपुर मेयरमा रेणु दाहाल बिजयी

चितवन । भरतपुर महानगरपालिकाको मतगणना सकिएको छ । प्राप्त अन्तिम नतिजा अनुसार नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको तर्फबाट संयुक्त उमेद्बार रेणु दाहाल बिजयी भएकी छिन् । यस्तै उपमेयरमा पनि कांग्रेस माओवादी गठबन्धनबाट कांग्रेसकी पार्वती शाह निर्वाचित भएकी छन् । निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ । उनले एमाले उमेद्बार देवी ज्ञवालीलाई २३५ मतान्तरले पराजित गरेकी हुन् । वैशाख ३१ गतेको पहिलो चरणको स्थानीय निर्वाचनमा मतगणना चलिरहँदा आफ्नो हार सुनिश्चित देखेपछि माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए। मतपत्र च्यातिएपछिको राजनीतिक विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुग्यो। अदालतले भरतपुरको वडा नम्बर १९ मा पुनः मतदानको निर्णय गरेको थियो।

हचुवामा आंगिक क्याम्पस

काठमाडौं :  भएकै क्याम्पस व्यवस्थापन गर्न कठिन भइरहेका बेला सरकारले आर्थिक भार पर्ने गरी सामुदायिक क्याम्पसलाई पनि आंगिक बनाउने तयारी गरेको छ। क्याम्पसलाई आंगिकमा रूपान्तरण गरेपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अध्ययनै नगरी राजनीतिक दलको उच्च तहको प्रभावमा ती क्याम्पसलाई आंगिक बनाउन लागिएको हो। ६ वर्षअघि क्षेत्रीय विश्वविद्यालयका रूपमा स्थापित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आंगिक क्याम्पस थप्न लागिएको छ। सुदूरपश्चिमाञ्चलमा १५ तथा मध्यपश्चिमाञ्चलमा १० वटा सामुदायिक क्याम्पसलाई आंगिकमा लैजान लागिएको हो। शिक्षा मन्त्रालय स्रोतका अनुसार यी सबै क्याम्पसलाई आंगिक बनाउन उच्च राजनीतिक तहबाट दबाबसमेत परेको छ। सामुदायिक क्याम्पसलाई आंगिक बनाउन सम्बन्धित विश्वविद्यालयसभाले पारित गरेर अनुदान आयोगमा पठाएको थियो। आयोगले पनि सुझावका लागि मन्त्रालयमा नाम पठाएर ती क्याम्पसबारे अन्तिम निर्णय गर्ने तयारी गरेको छ। आयोगका सदस्यसचिव प्रा. डा. देवराज अधिकारीले कुन क्याम्पसलाई सम्बन्धन दिने र नदिने भन्नेमा आफूहरूले हस्तक्षेप गर्न नमिल्ने बताए। ‘हचुवाका भरमा आंगिक क्याम्पस

बैतडीमा दुईजना निरीक्षक निष्कासित

बैतडी  : माध्यमिक शिक्षा (एसइइ) पूरक परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै बैतडीमा दुईजना निरीक्षकलाई निष्कासन गरिएको छ। परीक्षा अनुगमनका क्रममा परीक्षाको मर्यादा विपरीत काम गरेको पाइएकाले दशरथचन्द मावि सुन्दखाली केन्द्रबाट निरीक्षक धर्मानन्द जोशी र जगदम्बा मावि रानीबुंगा केन्द्रबाट निरीक्षक प्रेमराम महरलाई निष्कासन गरिएको जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए। उनले भने ‘परीक्षाको मर्यादा विपरीत कार्य गरेको पाइएकाले दुईजना निरीक्षकलाई निष्कासन गरेका छौं ।’ शनिवार अनिवार्य गणित बिषयको परीक्षा भएको थियो। परीक्षा अनुगमनका क्रममा मर्यादित तरिकाले परीक्षा सञ्चालन गर्न केन्द्राध्यक्षहरुलाई समेत निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। यही साउन १९ गतेबाट सञ्चालन भइरहेको एसइइ पूरक परीक्षामा जिल्लामा २ हजार ३३९ परीक्षार्थीले ग्रेडवृद्धिका लागि परीक्षा दिइरहेका छन्। माध्यमिक शिक्षा परीक्षामा सी ग्रेडभन्दा कम ग्रेड ल्याएका विद्यार्थीको ग्रेड वृद्धिका लागि पूरक परीक्षा सञ्चालन गरिएको हो।

नौ अर्बका दूरसञ्चार उपकरण भित्रिए

काठमाडौं : नेपालमा सञ्चालित विभिन्न दूरसञ्चार कम्पनीले गत वर्ष नौ अर्ब ४० करोड रुपैयाँका उपकरण खरिद गरेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले दिएको तथ्यांकअनुसार नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकसहितका इन्टरनेट सेवाप्रदायकले आव २०७३÷७४ मा मात्रै नेटवर्क विस्तार, प्रविधि तथा सेवाको गुुणस्तर सुुधार गर्न उक्त रकमबराबरका उपकरण खरिदका लागि अनुमति लिएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। उनले प्राधिकरणले सिफारिस नगरेसम्म टेलिकम सेवाप्रदायकले आवश्यक उपकरण ल्याउन नपाउने उल्लेख गरे। टेलिकम तथा इन्टरनेट सेवाप्रदायकले ल्याउने यस्ता उपकरण यो क्षेत्रमा गरिएको लगानी भएको पनि उनले जानकारी दिए। प्राधिकरणको सिफारिसपछि सेवाप्रदायकले उपकरण खरिद गरी सेवा तथा गुणस्तरमा सुधार गर्ने गरेको उनले उल्लेख गरे। गत आवमा सबैभन्दा बढी रकमको उपकरण भित्र्याउनेमा नौ अर्बका दूरसञ्चार उपकरण भित्रिएअग्र स्थानमा छ। एनसेलले गत आवमा चार अर्बको उपकरण आयात गरेको बताइएको छ। नेपाल टेलिकमले पनि तीन अर्बको दूरसञ्चार उपकरण आयात गरेको छ। हाल दूरसञ्चार सेवामा तेस्रो प्रतिस्पर्धीको रूपमा आउन चाहेको स्मार

डा. केसीका मागबारे तीन नेता तीनतिर

Image
श्रावण २१, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा शुक्रबार सिंहदरबारमा भएको तीन दलका शीर्ष नेता सम्मिलित बैठकले १२ दिनदेखि आमरण अनशनरत प्रा.डा. गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ । संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयक केसीको मागअनुसार संशोधन गरी पारित गर्नेबारे भएको छलफलमा सहमति नजुटेपछि नेताहरूले संयुक्त अपिलमार्फत अनशन फिर्ता लिने समझदारी गरेका थिए । बैठकमा प्रधानमन्त्री देउवाले डा. केदारभक्त माथेमा कार्यदलले दिएको प्रतिवेदनको भावनाअनुसार चिकित्सा शिक्षा विधेयक अघि बढाउन प्रस्ताव गरेकामा एमाले अध्यक्ष केपी ओलीले विमति जनाएका थिए । प्रधानमन्त्री कार्यालयमा शुक्रबार भएको दुई घण्टाको छलफलमा ओलीले ‘भोलि प्रधानमन्त्री बनाइदिनुपर्‍यो भनेर म अनशन बसें भने के गर्ने ?’ भन्ने प्रश्न गरेका थिए । ‘म त किड्नी फेरेको बिरामी हुँ । धेरै दिन अनशन बस्न सक्दिनँ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मलाई प्रधानमन्त्री दिनुपर्‍यो भनेर अनशन बसें भने शेरबहादुरजीले तीन दिनमै छाड्नुपर्छ, तीन दिनभन्दा बढी बस्न सक्दिनँ ।’ चिकित्सा शिक्षा सुधारका लागि शुल्क, अनियमितता रोक्नेलगायत डा. केस

भरतपुर–१९ को मतगणना सकियो, मेयरमा देवी ज्ञवाली, वडामा कांग्रेसले प्यानलै

श्रावण २१, २०७४- भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना सकिएको छ । मत परिणमा अनुसार एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले २ सय २१ मतले अग्रता कायम गरेका छन् । अब वडा नं २० को मत गन्न बाँकी छ । २० नम्बर वडा गत वैशाख ३१ गते भएको चुनावमा ३ हजार ३०३ मत खसेको थियो । २८ सय ६४ मत गणना भइसक्दा ज्ञवालीले ४१ हजार ९४६ र उनलाई पछ्याइरहेकी माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार ७२५ मत प्राप्त गरेकी छन् । उनीहरुबीचको मतअन्तर २२१ मात्र छ । १९ वडामा नेपाली कांग्रेसले प्यानलै जितेको छ । वडाध्यक्षमा कांग्रेसका कर्णबहादुर गुरुङ विजयी भए। उनलले १ हजार ४७८ मत ल्याए । निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले १ हजार ९७ मत ल्याए । पुन: शुक्रबार भएको निर्वाचनमा सो वडामा दुई हजार ८७० मत खसेको थियो । यसअघि सो वडामा दुई हजार ८९७ मत खसेको थियो । पहिलेभन्दा २७ मत कम खसेको हो । ... भरतपुर महानगरपालिका वडा नं १९ मा जारी मत गणनाको पछिल्लो परिणामअनुसार एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले अग्रता कायम राखेका छन् । २४ सय १० मत गणना भइसक्दा ज्ञवालीले ४१ हजार ७७४ र उनलाई पछ्याइरहेकी माओवादी केन्द्रकी रेणु दाहाल

डोटीमा जीप दुर्घटना हँदा ९ को मृत्यु, ७ घाइते

डोटी । डोटीको बोगटान गाउँपालिका ६ गगुडाधारमा शुक्रबार राति  जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दिपायलबाट बोगटान तर्फ गाईरहेको शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप बोगटान गाउँपालिका  ६ गगुडाको धारमा चिप्लीएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले बताए । जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु, ४ जना गम्भीर र  ३ जना समान्य घाइते  भएका छन् । प्रहरी नायव उपरिक्षक सिंहका अनुसरा मृत्यु हुनेमा बोगटान गाउँपालिका  १ बस्ने ३५ वर्षिय विष्णु बहादुर मगर, ५० वर्षिय बुढो घर्तिमगर, ४५ वर्षिय गोरख थापा, ४५ वर्षकी ललिता पुन मगर, ४८ वर्षिय ससिराम बहादुर पुनमगर, ४० वर्षिय टेक बहादुर पुन मगर, ३० वर्षिय चन्द्र बहादुर घर्तिमगर, ५५ वर्षिय भीम घर्तिमगर र जीप चालक शिखर नगपालिका १ बस्ने २८ वर्षिय विष्णु नेगी रहेका छन् । यस्तै गम्भीर घाइते हुनेमा दल बहादुर पुन मगर , हर्क बहादुर घर्तिमगर, बिर बहादुर घर्तिमगर, प्रकाश घर्तिमगर रहेका छन् । घाइतेहरुलाई  सुजन हस्पिटल दिपायलमा लग्ने कार्य भइरहेको उनले बताए । जीप सडकबाट ५ सय मिटर तल खसेको छ । src manaskhanda

मन्त्रीकै अगाडी उपमहानगरका प्रमुख कुटिए

जनकपुरधाम :  शहरी विकास तथा भवन निर्माण मन्त्री प्रभु साहसंगै विकास निर्माण कार्यको अनुगमनमा रहेका जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत स्थानीयद्वारा कुटिएका छन्। जनकपुर नगरक्षेत्रमा एडिबीको ऋण सहयोगमा संचालित एकिकृत विकास आयोजनाको स्थलगत अनुगमनको लागि मंगलबार विहानै विभिन्न सम्बन्धित कार्यालयका प्रमुखहरुसहित मन्त्री साह स्थानीय विद्यापति चोक पुगेका थिए। आयोजनाको काममा भईरहेको ढिलासुस्ती र ठेकेदारको लापरवाहीका विषयमा मन्त्री साहलाई नगरवासीले गुनासो गरेपछि अनुगमन गर्ने निधो गरिएको थियो। विद्यापति चोकमा निर्माण व्यवसायीले सडक निर्माणको क्रममा ठूलो खाल्डो खनेर जथाभावि छाडेको अवस्थामा देखेपछि मन्त्री साहले आक्रोशित हुदैं त्यहाँ उपस्थित ठेकेदार बलराम महतोलाई हप्काए। मन्त्री साहले ठेकेदारलाई झपार्दै भने, ‘के हो यसरी सडकमा खाल्डो खनेर मान्छे मार्ने ?' मन्त्रीले स्थलगत अनुगमन गरेको देखेर सडकको कारण सास्ती भोग्न बाध्य स्थानीयहरु पनि आफ्नो गुनासो राख्न थाले। यसै क्रममा मन्त्री साहले सडक आयोजनाको काममा भएका ढिलासुस्ती हटाउन विभिन्न सम्बन्धित कार्यालयका प्रमुखहरुलाई बोलाएर निर्देशन दिईरहेक

पृथ्वी राजमार्गको हुग्दी पुलबाट गाडी खस्यो, तीन जना घाइते

Image
श्रावण १७, २०७४- काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ४७३८ नम्बरको मालवाहक डिब्बा गाडी धादिङको जोगिमारास्थित हुग्दीखोलाको पुलबाट मंगलबार बिहान खसेको छ । डिब्बा गाडी ना ५ त ९१५६ नम्बरको ट्याक्टरलाई ठक्कर दिएपछि हुग्दीखोला पुलबाट खोलामा खसेको हो । पुलबाट खसेपछि गाडी चालक र सहचालक दुवै सख्त घाइते भएका छन् । घाइते हुनेमा चालक सिन्धुपाल्चोकका प्रकाश श्रेष्ठ र सहचालक सिन्धुपल्चोककै दिलीप सापकोटा र ट्याक्टरमा सवार धादिङका निरज चेपाङ छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको गजुरीस्थित इलाका  प्रहरी कार्यालयले जनाएको छ। बिहान करिब साढे ६ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । मोडमा रहेको उक्त पुलमा  तीब्र गतिमा रहेको ट्रकले ट्याक्टरलाई ठक्कर दिएर खोलामा खसेको प्रत्यक्षदर्शीले बताए । करिब १ महिना अघि सोही पुलबाट ट्रक खस्दा ३ जनाले ज्यान गुमाएका थिए ।उक्तपुलबाट हरेक वर्ष आधा दर्जन सवारीसाधन खस्ने गरेको प्रहरीको तथ्याङ्क छ । src: Ekantipur

जिसस प्रमुखमा एमालेलाई पर्‍यो चिठ्ठा !

श्रावण १७, २०७४- निर्वाचनका लागि मत बराबर भएपछि जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा एमालेलाई चिठ्ठा परेको छ । कांग्रेस र एमालेबीच प्रमुखसहित चार सदस्य र उपप्रमुख सहित पाँच सदस्य पाउने लिखित सहमतिपछि सञ्चारकर्मीको रोहोवरमा गोला गरिएको थियो । मंगलबार हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि सर्वसम्मत मनोनयन दर्ता हुने भएको छ । एमालेबाट जिल्ला समन्वय समितिको प्रमुखमा देवेन्द्रबहादुर केसीले र महिला सदस्यमा बोमायाँ गर्वुजाले मनोनयन दर्ता गर्ने भएका छन । बाँकी दुई सदस्यमा एमालेको कोटाबाट राप्रपाबाट सुकमायाँ छन्त्याल र हरिबहादुर शाक्यले मनोनयन गर्ने भएका हुन् । त्यसैगरी नेपाली कांग्रेसबाट जिल्ला समन्वय समितिको उपप्रमुखमा लोकबहादुर मल्लले मनोनयन दर्ता गर्दै गर्ने भएका छन् । प्रमुखका दावेदार मल्ल चिठ्ठा नपरेपछि उपप्रमुखमा ओर्लेका हुन् । त्यसैगरी सदस्यहरुमा रामदेवी पुन, खिमाकुमारी पुर्जा, मिकबहादुर गर्वुजाले मनोनयन गर्दै छन् । कांग्रेस कोटाबाट माओवादी केन्द्रका शेरबहादुर कसीले पनि सदस्यमा मनोनयन गर्ने तयारीमा छन् । स्थानीय तहको दोस्रो चरणको चुनावमा झापाको कमल गाउँपालिकामा बराबर मत आएपछि का

पास भए जागिर, फेल भए उपदान, परीक्षा रोकिदैन

परीक्षामा अनुत्तीर्ण भएका अस्थायी शिक्षकहरुलाई उपदानको व्यवस्था गर्नका निम्ति शिक्षा ऐनमा संशोधन गर्ने पहल भइरहेको बताएको शिक्षा मन्त्रालयले स्थायी शिक्षकको परीक्षा भने रोक्न नसकिने जनाएको छ। आफ्ना मागहरुलाई शिक्षा ऐनमा संशोधन गरी समावेश नगरेसम्म शिक्षा मन्त्रालयले सञ्चालन गर्न लागेको स्थायी शिक्षक परिक्षामा भाग नलिने अडान लिंदै आएका हजारौं अस्थायी शिक्षकहरु अहिले आन्दोलनमा छन्। "पास भए जागिर, फेल भए उपदान" को व्यवस्था गरिनुपर्ने २६ हजारभन्दा बढी अस्थायी शिक्षकहरुको माग सम्बोधन गर्ने प्रयास शिक्षा मन्त्रालयले अघि बढाएको थियो। तर अर्थ मन्त्रालयले त्यसको खर्च बेहोर्न नसक्ने जवाफ दिएपछि अन्योल बढेको हो। परीक्षा त्यसको आवश्यकताबारे थप विवरण राखेर सोमबार उक्त प्रस्ताव पुन: अर्थ मन्त्रालयमा पठाइएको शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले बताए। "ऐन संशोधन नभएसम्म यो सुविधा हुँदैन। तर उहाँहरुले भने जस्तो परीक्षा रोक्ने भन्ने कुरा पनि हुँदैन। परीक्षा हुन्छ। संशोधनको प्रकृया एकातिर चल्दै गर्छ। परीक्षामा सामेल हुनलाई त्यसले रोक्दैन तर अस्थायी शिक्षकहरुले चाहे बमोजिम स्थायी शिक्षकको परीक्