Posts

Showing posts with the label शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

चितुवाको आक्रमणबाट एकजना घाइते

कञ्चनपुर, वैशाख ३ गते । चितुवाको आक्रमणबाट आज यहाँ एकजना घाइते भएका छन् । चितुवाको आक्रमणबाट भीमदत्तनगरपालिका– १८ बागफाटाका ४५ वर्षीय छाउना राना घाइते भएका हुन् । सख्त घाइते उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको प्रहरी चौकी बागफाटाका हवल्दार चन्द्रसिंह प्वालीले जानकारी दिनुभयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको उक्त वस्तीमा आज बिहान चितुवा पसेर रानालाई आक्रमण गरेको हो । चितुवाले गाउँमा बाख्रासमेत खाएको छ । अहिले चितुवालाई वस्तीबाट धपाउन निकुञ्जबाट हात्तीसहितको सेनाको टोली, निकुञ्जका कर्मचारी र प्रहरी परिचालन गरिएको छ । उक्त वस्ती निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ । रासस

मनमोहक शुक्लाफाँटा निकुञ्ज : थोरै क्षेत्रफलमा धेरै बाघ

भीमदत्तनगर, चैत २२ गते । अहिले वसन्त ऋतुको याम छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको विशाल घाँसे मैदानको पश्चिमतर्फ सूर्यास्तको मनोरम दृश्यसँगै बाह्रसिङ्गेको झुण्ड सहजै देख्न पाइन्छ । पचपन्न वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो मुलुककै ठूलो घाँसे मैदान हो । घाँसे मैदानको वरपर पलाँसका रुख यतिबेला पहेँलपुर भएका छन् । पलाँसको फूलले शुक्लाफाँटा निकुञ्ज घुम्न आउने जोकोहीलाई पनि मन्त्रमुग्ध पार्छ । घाँसे मैदानमा दुई हजार ३०० भन्दा बढीको संख्यामा रहेको बाह्रसिङ्गेको झुण्ड देख्न पाइन्छ । बाह्रसिङ्गेसँगै निकुञ्जभित्र १७ वटा वयस्क बाघ रहेका छन् । यिनकै कारण आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने गरेका छन् । निकुञ्जको प्राकृतिक सौन्दर्यता, यहाँ रहेका विभिन्न वन्यजन्तु, विभिन्न प्रजातिका चराचुरुङ्गीका कारण यहाँ घुम्न आउने पर्यटकको संख्या वर्षेनी बढ्दो छ । पछिल्लो समय शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई निकुञ्जमा स्तरोन्नति गरिएको छ । बाह्रसिङ्गेबाहेक शुक्लाफाँटा बाघका कारण प्रख्यात छ । “शुक्लाफाँटा थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्ज हो”, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृ...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका तस्वीर संकलन गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका तस्वीर संकलन कार्य शुरु भएको छ । स्वचालित क्यामराबाट तस्वीर संकलन कार्य शुरु गरिएको हो । कम्प्यूटरमा रहेको सफ्टवेयरको सहायताले बाघका संकलित तस्वीर हेरेर विश्लेषण गर्ने कार्य शुरु गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताउनुभयो । डडेल्धुराको जोगबुढा र चुरे क्षेत्रमा समेत स्वचालित क्यामरामा बाघ देखापरेको उहाँले बताउनुभयो । बाघको संख्या कति छ भन्नेबारे तस्वीर विश्लेषणपश्चात्मात्रै थाहा हुने घिमिरेको भनाइ छ । विगतका वर्षहरुको तुलनामा बाघको संख्या बढेको उहाँले बताउनुभयो । शुक्लाफाँटामा गत माघ २० गतेदेखि क्यामरा ट्र्या्पिङको सहायताले बाघ गणना शुरु गरिएको थियो । बाघ गणनाका लागि चारवटा हात्तीसहित ९० जना प्राविधिकको टोली परिचालन गरिएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चार, जिल्ला वन कार्यालयमा चार, जोगबुढा क्षेत्रमा तीन समूह गरी कूल ११ समूहले एकैसाथ बाघको गणना गरेको घिमिरेले बताउनुभयो । स्वचालित ६० जोर क्यामरा, सन्टो कम्पास, रेञ्ज, फाइण्डर र जिपिएस उपकरणको प्रयोग गरी बाघ गणना गरिएको थियो । कूल पाँच हजार ५०० किलो...

शुक्लाफाँटाको घाँसे मैदानमा वैज्ञानिक अनुसन्धान सुरु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा वैज्ञानिक अनुसन्धानको कार्य सुरु गरिएको छ । निकुञ्जमा डार्बिन परियोजना सुरु भएपछि वैज्ञानिक अनुसन्धानको कार्यलाई अगाडि बढाइएको छ । सिंहपुरफाँटाको २० हेक्टर घाँसे मैदानलाई पाँचवटा ब्लकमा विभाजन गरी हरेक ब्लकलाई फरकफरक क्रियाकलाप गरी वैज्ञानिक परीक्षणको कार्य भइरहेको जुलोजिकल सोसाइटी अफ लण्डन, नेपाल अफिसका निरीक्षण एवं सर्भेक्षण अधिकृत प्रदीपराज जोशीले बताउनुभयो । ‘तीन वर्षदेखि घाँसे मैदानमा रहेका ढड्डी, खरलगायतका वनस्पति काटेर आगो लगाउने, त्यसै छाड्ने, वनस्पति नकाटी आगो लगाउने र काटेर त्यसै छाडिदिने, बन्यजन्तुको उपस्थितिको अभिलेख राख्ने र घाँसको अवस्थालाई हेर्नेलगायतका क्रियाकलाप अगाडि बढाउँदै आएका छौँ’, उहाँले भन्नुभयो, ‘यस्तै विधिका आधारमा वन्यजन्तुको उपस्थिति, व्यवहार अवलोकन गर्ने, वनस्पतिको अवस्थालाई परीक्षण गर्ने र वन्यजन्तुको अनुकूलनका साथै ब्लकको नतिजाअनुसार घाँसे मैदान प्रयोगमा ल्याइने छ ।’ वैज्ञानिक अनुसन्धानको कुन विधि सफल हुन्छ त्यसै आधारमा घाँसे मैदान प्रयोगमा ल्याइने बताउँदै घाँसे मैदानमा यस्तो अनुसन्धानको कार्य नौलो हो । निकुञ्...

शुक्लाफाँटामा बाघ गणना सुरु, यस पटक बाघको आहाराको अवस्था अध्ययन पनि हुने

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना तथा बाघको आहाराको अवस्था अध्ययनसुरु भएको छ । क्यामेरा ट्रयापिङ विधिबाट मंगलबार शुक्लाफाँटामा रहेका बाघ तथा बाघको आहारा प्रजातिको अवस्था अध्ययनसुरु गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगाउँका निमित्त प्रमुख संरक्षण अधिकृत गोपालबहादुर घिमिरेल बताए । उनका अनुसार बाघ गणना तथा आहारा प्रजातिको अवस्था अध्ययन गर्न शुक्लाफाँटा निकुञ्ज, लालझाडी करिडोर, ब्रहदेव, जोगबुढा क्षेत्रमा कर्मचारी खटिएका छन् । मंगालबारदेखि औपचारिक रुपमा बाघ गणना सुरु भएको निमित्त प्रमुख संरक्षण अधिकृत घिमिरेले बताए । ‘बाघ गणना गर्ने कर्मचारीलाई २ दिने प्रशिक्षण दिएर कार्य क्षेत्रमा खटाएका छौं,’ निमित्त प्रमुख संरक्षण अधिकृत घिमिरेले भने । शुक्लाफाँटा–लालझाडी–जोगबुडा करिडोर अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, मध्यवर्ति क्षेत्र ब्रह्मदेव, लालझाडी जैविक मार्गलगायत जोगबुडा आसपासको क्षेत्रलाई एक ब्लकमा राखी क्यामरा ट्रयापिङबाट बाघ गणना गरिने निमित्त प्रमुख संरक्षण अधिकृत घिमिरेले बताए । उनले शुक्लाफाँटा–लालझाडी र जोगबुडामा पर्ने निकुञ्ज क्षेत्रमा ...