Posts

Showing posts with the label गौरीफन्टा नाका

गौरिफन्टा नाकालाई सुविधा युक्त बनाउन एमाले प्रदेश ७ को माग

धनगढी चैत २६। नेकपा एमाले प्रदेश नम्बर ७ ले गौरिफन्टा नाकालाई सुविधा युक्त बनाउनका लागि भारत सरकारसँग वार्ताको कुटनीतिक पहल गर्न माग गरेको छ । एमाले ७ नम्बर प्रदेश कमिटिको सोमवार सम्पन्न बैठकले गौरीफन्टा नाकालाई सुविधा युक्त बनाउन भारतसँग वार्ताको कुटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गरेको हो। लामो समयदेखी सञ्चालनमा रहेको नाका भारतले एकतर्फी रुपमा बन्द गर्न लागेको विषयमा ध्यानाकर्षण भएको जनाएको छ। त्यस्तै संघीय मन्त्रीपरिषदमा प्रदेश ७ बाट प्रतिनिधित्व नगराईएको भन्दै आपत्ति समेत प्रकट गरिएको छ। बैठकबाट पारित प्रस्तावहरु समेटिएको प्रेस विज्ञप्तीको २ नम्बर बुदामा विकास सुचकाङ्क पछाडी रहेको प्रदेश बाट पार्टीले संघीय मन्त्रीपरिषदमा प्रतिनिधित्व नगराईनु अन्यायपूर्ण भएको उल्लेख छ भने न्यायोचित प्रतिनिधित्व गराउन समेत माग गरिएको छ। बोक्सीको अरोपमा कुटपीटमा परेकी कैलालीको घोडाघोडी नगरपालिका ५ देउकलियाकी राधा चौधरीको घटनाको विरोध गर्दै यस्ता घटना पुनः नदोहोरिन दिन प्रदेश सरकारलाई कानूनको पालना गराउने लगायतका कार्य गर्न पनि माग गरिएको छ। असिना पानिले अछाम र डोटीका विभिन्न स्थानमा हिउँदे बालीमा गर...

राजधानी भन्दा महत्वपुर्ण नाका होः गोपाल हमाल

धनगढी चैत २१ गौरीफन्टा नाका हटाउने चलखेल भईरहेका बेला सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमालले गौरीफन्टा नाका भएकै कारण धनगढी वजार प्रदेश नम्वर ७ को व्यापारीक केन्द्र बनेको बताएका छन् । गौरीफन्टा नाका भएकै कारण धनगढी वजार प्रदेश नम्वर ७ को मुख्य व्यापारिक केन्द्र र अहिले आएर अस्थायी राजधानी वनेका वेला धनगढीकै भविष्य संकटमा पार्ने गरी गौरीफन्टा नाका हटाउने चलखेल भईरहेकोले यसलाई रोक्नुपर्ने वताए । प्रदेश ७ को पहिलो प्रवेशद्धारको रुपमा रहेको नाकालाई स्तरोन्नति गरेमा यसले प्रदेशको समृद्धिमा टेवा पुराउने वताए ।

गौरीफन्टा नाकाको आस नगर्नुहोस - भारतीय राजदुत पुरी

धनगढी, १५ चैत्र, प्रदेश, प्रतिनिधि सभा र स्थानीय तहको निर्वाचनमा हरेक पार्टी र ती पार्टीका उम्मेदवारहरुले प्रदेश नम्बर सातको विकासका लागि भारतसंग जोडिएको गौरीफन्टा नाकालाई मुख्य नाका र गौरीफन्टा जोड्ने दुधुवा नेशनल पार्क भित्रको सडकलाई स्तरोन्नतीका लागि भारत सरकारसंग पहल गर्ने प्रतिबद्धता आफ्ना घोषणा पत्रमै समेटेर मत मागेपनि त्यो पुरा नहुने देखिएको छ । प्रदेश नम्बर सातको दुई दिने भ्रमणका क्रममा धनगढी आएका नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले नेपाल भारत मैत्री संघद्धारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्पष्ट शब्दमा भने, गौरीफन्टा नाका र दुधुवा नेशनल पार्कभित्रको सडक स्तरोन्नती गर्न सकिदैन । व्यवसायीहरुसंगको छलफलमा राजदुत पुरीले गौरीफन्टा नाकालाई स्तरोन्नती गर्न नसकिने स्पष्ट पारे । तपाईको सुबिधाका लागि गौरीफन्टा नाकालाई स्तरोन्नती गर्न संभव छैन, राजदुत पुरीले भने, दुधवा नेशनल पार्क बन्यजन्तु र वातावरणीय दृष्टिकोणबाट अत्यन्त संबेदनशील भएकोले त्यसलाई प्रभावित हुने गरी दुधुवा नेशनल पार्कभित्र नाका र सडक स्तरोन्नती कार्य हुन नसक्ने स्पष्ट पारे । म तपाईहरु...