Posts

Showing posts with the label रेशम चौधरी

प्रदेश ७ को संसद बैठकमा रेशमको प्रसंग उठाएपछि नियमापत्ती

धनगढी फागुन २२ गते। प्रदेश ७ को संसद बैठकमा लगातार दोस्रो पटक रेशम चौधरीको प्रसंग उठाएपछि प्रदेश सभा सदस्य मालामती रानाको सम्बोधन प्रति नियमापत्ती जनाईएको छ । राजपाकी सांसद मालामती रानाले बैठकमा बोल्ने क्रममा रेशमलाई थुनामा राखेर जवर्जस्ती अपराधी सावित गर्न खोजेको प्रसंग झिकेपछि एमालेका सांसद लिलाधर भट्टले नियमापत्ती प्रकट गरेका हुन्। रानाले यस अघि प्रदेश सभाको पहिलो बैठकमा पनि रेशमलाई प्रमाणपत्र दिन माग गरेकी थिईन। मंगलवारको बैठकमा पनि मालामतीले जनताको अपार समर्थन पाएर चुनाव जितेका रेशम चौधरीलाई ब्राम्हणबादी शाषकहरुले अन्याय गरेको आरोप लगाएकी थिईन। रानाले यसो भनिरहदा बिचमै उठेर बोलेका बैतडीबाट प्रदेश सभा सदस्य लिलाधर भट्टले अदालातमा बिचाराधिन मुद्धाका बारेमा संसदमा धारणा राख्न नपाउने नेपालको संबिधानको नियम रानाले मिचेको भन्दै नियमापत्ती जनाउनु भएको थियो । भट्टले नियमापत्ती जनाएपनि, मालामतीले आफ्ना कुरा भने रोकीनन्। उनले रेशमलाई अन्यत्रै स्थानान्तरण गर्ने प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहको अभिव्यक्तीको पनि आलोचना गरिन।

रेशम चौधरीले थाले जेलमै अनशन, शपथ लिन पाउनुपर्ने माग

धनगढी २० फागुन कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांसद् तथा टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीसहित २४ जना बन्दीले कारागारमा अनशन सुरु गरेका छन् । ‘चौधरीसहित टीकापुर काण्डमा पुर्पक्षका लागि थुनामा रहेका २४ जना अनशनमा बसेको जानकारी आएको छ ’ कैलाली प्रहरी प्रवक्ता प्रहरी नायप उपरीक्षक सागर बोहराले भने, ‘साँझ ५ बजेर ४० मिनेटदेखि उनीहरु अनशनमा बसेका हुन्’। सांसद् चौधरीले संसदमा शपथ लिन पाउनुपर्ने, टीकापुर घटनाका सबै बन्दीलाई रिहाइ गर्नुपर्नेलगायतका माग राखी उनीहरु अनशनमा बसेको खबर आएको प्रहरी प्रबक्ता बोहराले जानकारी दिए । लामो समयदेखि फरार रहेका सांसद् चौधरीले गत १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । कारागार प्रशासनले भने यस विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन ।

प्रदेश ७ को पहिलो बैठकमा उठ्यो मोष्ट वान्टेड रेशमलाई प्रमाणपत्र दिन माग

धनगढी माघ २१ गते । प्रदेश नम्बर ७ को पहिलो प्रदेश सभाको बैठकमा टिकापुरबाट प्रतिनिधि सभामा बिजयी मोष्ट वान्टेड रेशम चौधरीलाई निर्वाचन जितेको प्रमाणपत्र दिन माग उठेको छ । राष्ट्रिय जनता पार्टीकी सांसद मालामती रानाले प्रदेश बैठकमा बोल्दै यस्तो माग गर्नुभएको हो । रेशम टिकापुर घटनाको मुख्य योजनाकारको रुपमा प्रहरीको मोष्ट वान्टेड सुचिमा छन् । ‘सभामुख महोदय, जनताले अत्यधिक बहुमतले निर्वाचन जिताएका रेशम चौधरीलाई तुरुन्त प्रमाणपत्र प्रदान गर्न यो सभा मार्फत पहल गरियोस, साथै भदौ ७ गते टिकापुर घटना घटेको दोस्रो दिन कफर््युकाबिच थारुहरुका घर छानीछानी जलाउने र लुटपाट गर्नेहरुलाई पनि जेल हालियोस भन्ने माग म जोडदार रुपमा उठाउन चाहन्छु।’ रानाले भनिन् । उनले कैलालीका थारु समुदायले राजधानीको माग नउठाएको प्रष्ट पार्दै पहिचान र अधिकारको माग गरेको बताईन् । ‘थारुहरुलाई भुलाउन राजधानी यहाँ तोकिएको छ तर थारु जनताको माग राजधानीको होईन अधिकार र पहिचानको हो त्यसैले अधिकार प्रदान गर्न प्रदेश सभाले पहल गरोस म सभामुख महोदय मार्फत आग्रह गर्न चाहन्छु।’ प्रदेश सभाको बैठकमा बोल्दै रानाले भनिन् । प्रदेश सभाको पहिलो बैठक...