Posts

Showing posts with the label अंतरराष्ट्रीय

विश्वका सवै भन्दा जेष्ठ नागरिकको निधन

टोक्यो, वैशाख ९ गते । विश्वभरीका जिवित मानिसहरु मध्ये सवै भन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ बर्षको उमेरमा शनिबार निधन भएको छ । स्थानीय अधिकारीहरुले एएफपी समाचार समितिलाई आइतबार सो जानकारी दिएका छन् । जापानी महिला नाबी ताजिमाको ११७ बर्षको उमेरमा शनिबार बेलुका झण्डै ८ बजेतिर निधन भएको स्थानीय सञ्चार माध्यमहरुले आइतबार समाचार संप्रेषण गरेका छन् । उहाँको जन्म सन् १९०० को अगस्ट ४ का दिनमा भएको थियो । किकाइ द्विपको कागोसिमा क्षेत्रमा पर्ने अस्पतालमा उहाँको निधन भएको सरकारी स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । सन् २०१५ को सेप्टेम्बर महिनामा ताजिमा जापानको सवै भन्दा जेष्ठ नागरिक बन्नु भएको थियो । ‘गिनिस बुक अफ बल्ड रिकर्डका अनुसार यसअघि विश्वको नै जेष्ठ नागरिक जमाइकाका भोइलेन्ट ब्राउन सन् २०१७ को सेप्टेम्बरमा निधन भएपछि विश्वको सवै भन्दा जेष्ठ नागरिकको खोजी भएको र ताजिमा विश्वको सवै भन्दा जेष्ठ नागरिक बन्नु भएको थियो । ताजिमाको निधनपछि विश्वकै अर्का जेष्ठ सदस्य पनि जापानकै नागरिक हुनुभएको छ । झण्डै ११२ बर्षका मसाजो नोनाका अहिले जिवित नागरिक मध्ये सवै भन्दा जेष्ठ नागरिक बन्नु भएको हो ...

अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती आक्रमण, ५७ जनाको मृत्यु १०० भन्दा बढी घाइते

काबुल, वैशाख ९ गते । अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आक्रमणकारीसहित ३१ सर्वसाधारण रहेका स्थानीय टेलिभिजनले आइतबार जनाएको छ । घटनामा परी अरु ५४ जना घाइते एका छन् । स्थानीय एक विद्यालय अगाडि रहेको मतदाता दर्ता कार्यालय लक्षित गरी डास्ती बार्चीको क्वाला ए नाजिर क्षेत्रमा विस्फोटन भएको हो । बम पड्किने बेलामा मतादाता परिचयपत्र लिनका लागि कैयौ मानिस दर्ता कार्यालय अगाडि रहेका थिए । स्थानीय समयानुसार बिहान १०ः१० मा घटना भएको हो । घटनास्थललाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोगले गत अप्रिल एक तारिखका दिन आउदो अक्टोबर २० मा निर्वाचन गर्ने घोषणा गरेको थियो । अफगाननितस्तानमा तालिबान आतङ्ककारी समूहले जारी राखेको द्वन्द्वको कारण यसअघि पनि तय गरिएको मिति सरेर अक्टोबर २० मा तय गरिएको थियो । ताजा समाचार लेख्दासम्म प्राप्त अफगानिस्तानको अन्तरिक मामिला तथा स्वास्थ्य मन्त्रालयका कर्मचारी हरु द्वारा प्राप्त जानकारी अनुसार ५७ जनाको मृत्यु ...

सुदूरपश्चिमेली नेपाली समाज भारतको प्रथम महादिवेशन बैशाख १२ गते हुने, मुख्यमन्त्री भट्ट द्वारा उद्घाटन

नागेन्द्र जोशि, नयाँ दिल्ली, ८ बैसाख । सुदूरपश्चिमेली नेपाली समाज भारतको प्रथम महादिवेशन यहि बैशाख १२ गते धनगढीमा हुने भएको छ। सुदूरपश्चिमेली नेपाली समाज भारतले शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रथम महादिवेशन बारे जानकारी दिएको हो। समाजको तदर्थ समितिका संयोजक दीपक मल्लले धनगढीको ओम प्यालेसमा हुने महादिवेशन समारोहको प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको बताए। महादिवेशनमा भारतमा रोजगारी गर्दै आएका करिब २ सय जनाको उपस्थिती रहने विश्वास लिइएको छ। प्रदेश नम्बर ७ घर भई भारतका विभिन्न स्थानमा रोजगारी गर्दै आएका युवाहरु दीपक मल्ल, करन कठायत, मोहनविर साँवद, परमानन्द साँवद, दीपक खडका लगायतको अगुवाइमा सुदूरपश्चिमेली नेपाली समाज भारतको गठन गरिएको हो। भारतमा रहेका सुदूरपश्चिमेली मजदुरको हक हितका साथै यहाँको विकास र उन्नतीमा सहयोग गर्ने समाजको मुख्य उदेश्य रहेको छ।

अफगानिस्तान - विवादमा एकै परिवारका छको मृत्यु

जलालाबाद, अफगानिस्तान, चैत २८ गते । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा लामो समयदेखि जारी घरायसी विवादको कारण भएको द्वन्द्वमा परी एकै परिवारको छ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले आज जानकारी दिएका छन । बेहसुद जिल्लाको सराचा ए अली खान क्षेत्रमा एकै परिवारको काकाको घरमा तीन दाजुभाइबीच मङ्गलबार अबेर राति भएको गोलीकाण्डमा परी काका स्वयम्, उनको श्रीमती र चार जना बालबालिकाको मृत्यु प्रान्तीय गभर्नरद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । यस घटनाको विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन र अनुसन्धान जारी रहेको पनि सो विज्ञप्तिमा बताइएको छ । (रासस/सिन्ह्वा)

भारतमा फेरि अर्को दुर्घटना १८को मृत्यु, १५ घाइते

नयाँदिल्ली, चैत २७ गते । भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सडकको डिभाइडरमा ढोक्किएर दुर्घटना हुँदा ट्रकमा रहेका मजदुरहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारतको महाराष्ट्र राज्यको पुनेदेखि सतरासम्मको राजमार्गमा पर्ने पुने जिल्लाकै खान्डाला भन्ने ठाउँमा ट्रक दुर्घटना भएको जनाइएको छ । घटनास्थल महाराष्ट्र प्रदेशको राजधानी मुम्बईदेखि ८१ किलोमिटर पूर्वतर्फ पर्छ । “सामान बोक्ने एउटा ट्रकले ४० जना मजदुरलाई बोकेर ल्याइरहेको थियो, त्यो ट्रक आज बिहान खान्डाला भन्ने ठाउँमा दुर्घटनामा परेको छ”, पुनेका एकजना प्रहरी अधिकारीले सिन्ह्वासँग टेलिफोनमा भने । उनले थप स्पष्ट पार्दै भने, “ट्रक दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ भने अरु १५ जना घाइते भएका छन् ।” अधिकारीहरुका अनुसार दुर्घटनामा परेका ती मजदुरहरु ट्रकमा चढेर दैनिक मजदुरीका लागि कार्यस्थलतर्फ जाँदै गरेका थिए । घाइतेहरु सबैलाई स्थानीय सतरा नागरिक अस्पतालमा भर्ना गरिएको छ । उपचार भइ...

Breaking - School Bus falls into gorge in India; 27 killed including 23 children, 2 teachers among those killed

New Delhi, 10th April. Twenty-seven people including 23 school students were killed when a bus plunged into a deep gorge on Monday in Himachal Pradesh’s Nurpur, about 100km from Dharamsala. The accident was reported around 4.30pm near the Nurpur-Chamba highway. The children were students of Wazir Ram Singh Pathania Memorial School, police said. The private school bus was ferrying 45 schoolchildren home after school. The bus driver, two women teachers and an unidentified woman who was hitch-hiking were among the dead. Kangra deputy commissioner Sandeep Kumar said the deceased children were aged between 5 and 11. “Prima facie the driver lost control over the wheel while negotiating a sharp curve,” said the deputy commissioner. An injured student, Ranveer Singh, said he survived after falling out of a window of the bus as it began rolling down the gorge. “I heard a loud bang and the bus starting rolling down the hill. Just then,the window of my seat broke and I and a girl sitting by my si...

सलमान खानलाई ५ वर्ष जेल सजाय, भोली १०:४५ बजे माथिल्लो अदालतमा सुनुवाई

Image
नयाँ दिल्ली, २२ चैत्र । बलिउड अभिनेता सलमान खानलाई कालो हरिण सिकार गरेको अभियोगमा जोधपुर अदालतले दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको छ । बिहीबार अदालतका न्यायाधीश देवकुमार खत्रीको इजालसले खानलाई १० हजार जरिवाना सहित ५ वर्ष जेल सजाय तोकेको हो। अदालतले वन्यजन्तु सरंक्षण ऐनको धारा ९/५१ अनुसार अभिनेता खानलाई दोषी ठहर गरेको हो। उनलाई प्रहरीले बिहीबार नै हिरासतमा लिएको छ। उनीमाथि सन् १९९८ वर्षअघि ‘हम साथ साथ हे’ फिल्मको सुटिङका बेला राजस्थानका स्थानीयले पूजा गर्ने कालो हरिण (चिङ्कारा) को सिकार गरेको आरोप लागेको थियो। अदालतमा २० वर्षदेखि चलिरहेको मुद्दामा बिहीबार उक्त फैसला आएको हो। उक्त मामिलामा सलमानसँगै अभिनेता सैफअली खान र अभिनेत्रीहरू सोनाली बेन्द्रे, निलम तथा तब्बुसमेत आरोपी थिए। जोधपुर जिल्ला अदालतका न्यायाधीश देवकुमार खत्रीले उनीहरूलाई दोषी ठहर गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। उनीहरूले सन् १९९८, अक्टोबर १ र २ तारिखमा दुइ हरिणको सिकार गरेका थिए। उक्त मुद्दामा ट्राभल एजेन्ट दुष्यन्त सिंह र सलमानका तात्कालीन सहयोगी दिनेश गवारेलाई समेत आरोप लागेको थियो।

ऐश्वर्या राय र लालु प्रशाद यादवका छोरा तेज प्रताप यादवको विवाह मई १२ मा हुने

Image
नयाँ दिल्ली, २३ चैत्र । भारतको बिहार राज्यका पुर्व मुख्यमन्त्री लालु प्रसाद यादवका छोरा तथा राष्ट्रिय जनता दल पार्टीका नेता तेज प्रताप यादवको यही मई १२ का दिन बिहारको राजधानी पटनामा मौर्य होटलमा हुने निश्चीत भएको छ । भारतीय संचार माध्यम का अनुसार बिहारका पुर्व मुख्यमन्त्री दारोगा प्रशाद रायकी नातीनी ऐश्वर्या राय र तेज प्रताप को विवाहको कार्यक्रम सार्वजनीक भएको छ ।

सुदुर पश्चिमेलि नेपाली समाज भारतद्वारा दिल्ली मा बन्धक बनाइएकी महिला को उद्दार

नागेन्द्र प्रशाद जोशी, नयाँ दिल्ली, १२ चैत्र उदयपुर जिल्ला तराघडी कटारी घर भएकी बर्ष २८ की सपना अधिकारी (परिबर्तन नाम)को अाज उद्धार गरिएको हो। आज भन्दा ८ बर्ष पहिला राजु नामको मानिसले नोकरी लगाइदिन्छु भनेर उनलाई दिल्ली लिएर आएको र त्यहाँ एक घरमा २५००० भारती रुपैयाँमा बेचेको खुल्न अाएको हो । त्यसको केही समयपछि पनि त्यो घरदेखि उनलाई ३०००० भारतीय रुपैयाँ लिएर गएको र त्यसपछि घर मालिकले न पैसा दिएको र न घरसम्म पुर्याउने कोसिस भएको र पछि बारबार उनले मलाई घरसम्म पुर्याउनु भन्दा पनि न पैसा दिने न घर जान दिने, न घरमा कोही सम्पर्क दिने भएपछि सब्जी लिन जाँदा नेपालीलाई भेटेर मलाई घर सम्म पुर्याइदिनुपर्यो भनी अनुनय विनय गरेपछि बिगत एक बर्ष देखि कृयाशिल गैरराजनीतिक गैरनाफामुलक सामाजिक सस्था सुदुर पश्चिमेलि सामाज भारत का साथीहरू सम्म कुरा पुगे पछि सुदुर पश्चिम नेपाली समाज ले बिगत एकदशक देखि मानव बेचबिखन र लैंगिक हिंसा अन्त्यको अभियानमा विगत एक दशकदेखि क्रियाशील सामाजिक संस्था के. अाई. नेपाल को सहयोग मा के. आई. नेपालका दिल्ली प्रतिनिधि नवीन जोशी, सुदुर पश्चिमेलि नेपाली समाज भारत दिल्ली राज्य समिती का ...

भारतमा एक नेपालीको बसवाट खसेर मृत्यु

बैतडी,७ चैत- बैतडी घर भएका एक नेपालीको आज भारतको हरियाणामा बसवाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका ४ बरायलका २६ बर्षिय खडक सिंह महरा रहेका छन् । हरियाणाको कुरुक्षेत्रमा काम गर्दै आएका महराको आज बिहान ८ बजे ड्युटी गईरहेका बेला एक्कासी बसवाट खसेर मृत्यु भएको पत्ताल भुमेश्वर युवा जागरण मञ्च प्रवासका सह कोषाध्यक्ष वीर बहादुर विष्टले जानकारी दिनुभयो । मृतक विष्टको शव परिक्षणका लागी स्थानिय अस्पतालमा राखिएको छ । शवलाई परिक्षण पश्चात बिहीवार आफन्तको जिम्मा लगाईने भएको छ । केही दिन अगाडी मात्रै रोजगारीको शिलशिलामा भारत पुगेका महराको घरमा श्रीमती ,१ छोरा र १ छोरी रहेका छन् ।

फिलिपिन्समा विमान दुर्घटना, सातको मृत्यु

मनिला, चैत ३ गते । फिलिपिन्समा एउटा सानो विमान दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । प्लारिडेलबाट बुलाकान प्रान्ततर्फ जाँदै गर्दा शनिबार मध्यान्ह विमान दुर्घटनामा परेको अधिकारीले जनाएका छन् । फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणका एक जना उच्च अधिकारीले छ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार छ ओटा मात्र सिटे विमानमा रहेका र मृत्यु भएका मध्ये दुई जना विमान चालक रहेका थिए । विमान उड्न सुरु गरेको केही मिनेटपछि स्थानीय समयानुसार विहान ११.२१ मा दुर्घटना भएको अधिकारीले बताएका छन् । विमान आवासीय क्षेत्रमा दुर्घटना भएको थियो । घटनास्थलमा अनुसन्धानका लागि अधिकारी पुगेका छन् । (रासस/सिन्ह्वा)

Stephen Hawking: Visionary physicist dies aged 76

World renowned physicist Stephen Hawking has died at the age of 76. He died peacefully at his home in Cambridge in the early hours of Wednesday, his family said. The British scientist was famed for his work with black holes and relativity, and wrote several popular science books including A Brief History of Time. At the age of 22 Prof Hawking was given only a few years to live after being diagnosed with a rare form of motor neurone disease. The illness left him in a wheelchair and largely unable to speak except through a voice synthesiser. In a statement his children, Lucy, Robert and Tim, said: "We are deeply saddened that our beloved father passed away today. "He was a great scientist and an extraordinary man whose work and legacy will live on for many years." They praised his "courage and persistence" and said his "brilliance and humour" inspired people across the world. "He once said, 'It would not be much of a universe if it wasn't h...

सिरियामा भएको हिंसात्मक घटनाको निन्दा

काठमाडौँ, फागुन १७ गते । सिरियामा हालै भएको हिंसात्मक आक्रमणमा निर्दाेष नागरिक र बालबालिकाको मृत्यु भएकामा विभिन्न संस्थाले दुःख व्यक्त गरेका छन् । बालअधिकार कार्यरत संस्थाहरुको सञ्जाल नेपाल, बालबालिका शान्ति तथा बाल संरक्षण राष्ट्रिय अभियान, प्रगतिशील लेखक संघलगायतले आज विज्ञप्ति जारी गरी सो घटनाको निन्दा गरेका हुन् । घटनामा करिब ५०० भन्दा बढी नागरिक (करिब १५० बालबालिकाहरु) को मृत्यु भएको थियो । घटनाले संयुक्त राष्ट्र संघले जारी गरेको अन्तर्राष्ट्रिय कानूनहरुमध्ये मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र तथा बालअधिकार महासन्धिले हरेक नागरिक तथा बालबालिकाको भयरहित बाँच्न पाउने अधिकारलाई हनन गरेको पाइएको हुँदा राष्ट्रसंघले यस घटनालाई गम्भीरताका साथ लिई यथाशीघ्र आवश्यक पहल गरिदिन साथै द्वन्द्वको अन्त्य गरी स्थायी शान्तिका लागि पहल गर्न माग गरिएको छ । श्रोत - रासस

हृदयघातबाट सुपरस्टार भारतीय अभिनेत्री श्रीदेवीको दुवईमा निधन

Image
भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयघात भएर श्रीदेवीको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार वर्षकी हुँदै तमिल चलचित्र कंधन करुणईमा अभिनय गरेकी थिईन् । श्रीदेवीको ५४ बर्षको उमेरमा निधन भएको छ । फ्रेब्ररी २५ शनिवार राति ११:०० देखी ११:३० बीचको समयमा युएईमा हृदयघातबाट उनको निधन भएको जनाइएको छ । श्रीदेवी विवाह समारोहमा भाग लिन पति बोनी कपुर र कान्छी छोरीका साथ युएई गएकी थिइन् । श्रीदेवीको निधनको खबरले भारतीय फिल्मका नायक नायिका पनि स्तब्ध भएका छन् । बोनी कपुरकी दोश्री श्रीमती श्रीदेवीका जान्हवी र खुशी दुई छोरी छन् । भारतीय संचारमाध्यमहरका अनुसार उनले बाल कलाकारको रुपमा ‘मे तेलुगु’ र ‘मलयालम’ चलचित्रमा पनि अभिनय गरेकी थिइन् । उनले ३ सय भन्दा धेरै चलचित्रमा अभिनय गरेकी छिन् । श्रीदेवीले नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज लगायत दर्जनौ हिट चलचित्रमा अभिनय गरेकी छिन् । हिम्मतवालाको ‘नैनो में सपना’, मिस्टर इन्डियाको ‘हावा हवाइं...

प्रजातन्त्र दिवश को उपलक्ष्यमा नेपाल तरुण दल र नेवि संघ भारत द्वारा निशुल्क स्वास्थ जाच शिविर

Image
नागेन्द्र जोशी, नयाँ दिल्ली, ४ फाल्गुण नेपाली कांग्रेसको विदेश स्थित भातृ संगठन नेपाल तरुण दल भारत र सि ए ने वि संघ भारत को संयुक्त आयोजना मा ६७ औं प्रजातन्त्र दिवसको अवसर पारेर निशुल्क स्वास्थ जाच शिविर आयोजना गर्दैछ । आगामी १८ फरवरी, आईतवारका दिन दिल्ली को लक्ष्मिनगर मा बिहान १० बजे देखी दिउसो २ बजे सम्म निशुल्क स्वास्थ्य शिविरको आयोजन गर्ने बताएका छ्न । शिविर मा हृदय रोग बिशेषज्ञ, फिजिसियन संग परामर्श, आँखा जाच, सन्तुलित भोजन परामर्श, रक्तचाप, मधुमेहको परिक्षण, ईसिजी लगायतको सेवा लिन सक्ने कार्यक्रम संयोजक नेपाल तरुण दल उत्तर भारत क्षेत्रका अध्यक्ष एल पि पाण्डे ले बताए । राजधानी दिल्ली को लक्ष्मिनगर मा बिद्यार्थी हरुलाई सजिलो र निशुल्क रुपमा स्वास्थ परिक्षण को उदेश्यका लागि यस शिविर को आयोजन गरिएको हो ।

मालदिभ्समा संकटकालको घोषणा भएसँगै प्रधानन्यायाधीश पक्राउ

गहिरिँदै राजनीतिक गतिरोध काठमाडौँ — मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल गयूमले राजनीतिक संकट उत्पन्न भई विरोधीहरुले उनको राजिनामा माग गर्दै सडकमा ओर्लिएपछि १५ दिनकालागि संकटकाल घोषणा गरेका छन् । राष्ट्रपति गयूमले संकटकालको घोषणा गरेसँगै त्यहाँका सैनिकले प्रधानन्यायाधीश अब्दुल्ला सईद र अर्का एक न्यायाधीश अली हमिदलाई पक्राउ गरेको छ । मालदिभ्सको राजधानी मालेमा प्रतिपक्षी दलका नेता तथा कार्यकर्ता र राष्ट्रपतिका काम कारवाही प्रति असन्तुष्ट सर्वसाधारणले नेतृत्व परिवर्तनका लागि गर्दै आएको आन्दोलनलाई सोमबार पनि निरन्तरता दिएका थिए । राष्ट्रपतिले राष्ट्रलाई सम्बोधन गर्दै जारी प्रदर्शनबाट हुनसक्ने सम्भावित दुर्घटना जोगाउनका लागि संकटकाल लगाइएको बताएका छन् । प्रदर्शनकारी तथा प्रतिपक्षी दलले राष्ट्रप्रमुखको सर्वोच्च पदमा रहेका राष्ट्रपति यमिनले पुनरावेदन अदालतको राजनीतिक बन्दीहरुलाई थुनामुक्त गर्ने आदेशलाई नमानेका कारण सत्तामा बसिरहन अयोग्य भएको भन्दै प्रदर्शनलाई क्रमशः कडा बनाउँदै लगेका थिए । उनीहरूले राष्ट्रपति भ्रष्ट भएको तथा मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाएका छन् । तर राष्ट्रपति य...

विश्वको सबैभन्दा धनी क्रिकेट वोर्डको आधिकारीक वेवसाइट बिक्रीमा - मात्र $२७० को बोली

Image
विश्वको सबैभन्दा धनी क्रिकेट वोर्डको आधिकारीक वेवसाइट एक्सपायर भएर बन्द भएको छ । भारतको क्रिकेट बोर्ड BCCI को आधिकारीक वेवसाइट www.bcci.tv रिन्यु नगरेको कारण वन्द भएको छ । भारत र दक्षीण अफ्रीकाका बिच दोस्रो एक दिवशीय क्रिकेट म्याच हुदै गर्दा लाइभ स्कोर र अन्य आधीकारीक सुचना हरु भएको वेव साइट चल्न बन्द भएको हो । डोमेन रजिस्ट्रार कम्पनीले उक्त डोमेनको लागी बोली लगाउन सक्ने व्यवस्था गरेको थीयो र कम्तीमा $ ६९ भन्दा बढी बोली लगाउनु पर्नेमा $२७० सम्मको बोली लागेको थीयो । लगभग आधा दिनको अवरोध पछी अहिले साझ मात्रै वेवसाइट पुनः सक्रिय भएको छ ।

40 million cows to get Aadhaar-like number at cost of Rs 50 crore in 1st phase in India

Just like the 12-digit Aadhaar number for every Indian, the Narendra Modi government is set to assign each of the country’s milk-producing cows a cheap, unique identity card or UID, first proposed in 2015. Deliverable targets in this year’s Union budget show Rs 50 crore for the project to cover 40 million cattle. A dairy department official, requesting anonymity, said the agriculture ministry, which will implement the programme, has already acquired the UID technology that comes with a cheap, tamper-proof polyurethane tag containing the cow’s biological details such as breed, age, sex, height and special body marks. Each card will cost between Rs 8 and Rs 10. Named Pashu Sanjivini, the animal UID scheme is part of a larger programme for the dairy and fisheries sectors. These sectors are crucial if officials are to get serious on doubling farmers’ incomes by 2022, a target set by the government. Economists say this is nearly impossible from cultivation alone because a majority of Indi...

6.1 magnitude earthquake rattles Afghanistan - tremors in Pakistan, India

Islamabad/Kabul, Jan 31 (PTI) A powerful 6.1 magnitude earthquake struck northern Afghanistan today, with the tremors felt as far away as India and Pakistan, where one girl was killed and 11 people were injured. The quake hit at 12:52 NPT (Nepal Standard Time) near Afghanistan's northern border with Tajikistan in the Hindu Kush mountains at a depth of 191 kilometers, the US Geological Survey said. AFP news agency reported that frightened residents ran out of homes and shops in Kabul. No casualties were immediately reported in Afghanistan, the spokesman for the countrys National Disaster Management Authority told 1TV. Across the border in Pakistan, homes, offices and schools were quickly evacuated in Islamabad, Peshawar and Lahore. Mild tremors were also felt in New Delhi. In Pakistans Quetta town, one girl was killed after the roof of her house collapsed during the earthquake. Deputy Commissioner Shabir Mengal said they were also incidents in other parts of Quetta where around a do...

डा. सन्दुक रुइत लाई भारत सरकारद्वारा पद्म श्री सम्मान

Image
ताप्लेजुङ्ग जिल्लाको ओलाङचुङ्ग गोलामा जन्मीएका डाः सन्दुक रुइत विश्व प्रख्यात आँखाका सर्जन हुन । उहाले आबिस्कार गरेको अप्रेसन पद्धती बिभीन्न मेडिकल कलेज हरूमा विश्वभरी पढाइन्छ । सन २००६ को रोमन मेगासेसे पुरस्कार बाट सम्मानित डाः सन्दुक रूइत लाई भारत सरकार द्वारा यस वर्षको गणतन्त्र दीवस को दिन प्रदान गर्ने गरी भारतको तेश्रो सर्वोच्च पुरुस्कार "पद्म श्री" बाट सम्मान गर्ने घोषणा गरेको छ । Dr. Sanduk Ruit is an eye surgeon from Nepal who has restored the sight of over 100,000 people across Africa and Asia using small-incision cataract surgery . He is also a founder of the Tilganga Institute of Ophthalmology .