Posts

Showing posts with the label सार्वजनिक शौचालय

राजधानीमै सार्वजनिक शौचालयको समस्या

धनगढी, दिनेश खबर प्रदेश नम्वर ७ को राजधानी भईसक्दा समेत धनगढीमा सार्वजनिक शौचालयको समस्या कायमै रहेको छ। थोरै मात्रामा रहेका सार्वजनिक शौचालय पनि सरसफाईको अभावले अस्तव्यस्त रहेका छन्। धनगढी उप–महानगरपालिका क्षेत्रमा रहेका आधा दर्जन सार्वजनिक शौचालय निकै दुर्गन्धित छन् भने प्रदेशको राजधानी भएर भिडभाड बढेपनि शौचालय थप गरीएका छैन्न। भएका सार्वजनिक शौचालय पनि नियमित सरसफाईमा ध्यान नदिदा प्रयोग विहीनजस्तै बनेका छन्। उता घुम्ती शौचालय ल्याउने प्रचार गरेका कैलाली उद्योग वाणिज्य संघ र धनगढी जेसीजले अहिलेसम्म ल्याउन सकेका छैनन्। धनगढी उपमहानगरपालिकामा घुम्ती शौचालय सञ्चालनमा ल्याईने भन्दै कैलाली उद्योग वाणिज्य संघले पनि प्रचार गरेको थियो। महोत्सव भन्दा धेरै अगाडी नै उद्योग वाण्ज्यि संघले धनगढी उप–महानगरपालिकालाई घुम्ती शौचालय हस्तान्तरण गर्ने बताएको थियो। भारतबाट खरीद गरी ल्याईएको घुम्ती शौचालय भन्सार तिर्न बाँकी रहेकाले डेढ महिनादेखी भन्सारमा अड्काईएको छ। भन्सार छुटका लागि प्रक्रिया अगाडी बढाईएकाले समय लागेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर वोगटीले बताए। बैशाखमा धनगढी दौडीन्छ कार्यक्र...