Posts

Showing posts with the label विषयगत समिति

विषयगत समितिमा रहने सदस्यको नाम अनुमोदित

धनगढी, ९ चैत – प्रदेश नं. ७ को प्रदेशसभा बैठकले प्रदेशसभाको कार्यप्रणालीलाई व्यवस्थित गर्न प्रस्ताव गरिएका पाँच विषयगत समितिमा रहने सदस्यको नामावलीलाई अनुमोदन गरेको छ । प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको सिफारिसअनुसार बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रस्ताव गरेको नामावलीसहितको विषयगत समितिलाई अनुमोदन गरिएको हो । संविधानको धारा १९३ र प्रदेशसभा नियमावलीबमोजिम गठित विधायन तथा प्रदेश मामिला समितिमा प्रदेशसभा सदस्य रणबहादुर रावल, श्यामलाल राना थारु, उमाकुमारी वादी, वीरभान चौधरी, शान्ति नेपाली, मालामतीकुमारी राना थारु, तारालामा तामाङ, नेपालु चौधरी, कृष्णराज सुवेदी, मीना साउद र सुशीला बुढाथोकी रहनुभएको छ । यसैगरी सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्का, कर्णबहादुर मल्ल, नन्दा बम, मानबहादुर धामी, कुन्ती जोशी, कुलवीर चौधरी, अमरबहादुर साउद, अर्चना गहतराज, बलबहादुर सोडारी, चुनकुमारी चौधरी र वलदेव रेग्मी रहनुभएको छ । अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा गोविन्दराज बोहरा, देवराज पाठक, अम्बिकुमारी थापा, अक्कलबहादुर रावल, महेशदत्त जोशी, प्रेमप्रकाश भट्ट, कृष्णबहादुर चौधरी, हर्कबहादुर कुँवर...