Posts

Showing posts from July, 2017

प्रधानमन्त्री भारत जानु अघि चीनका उपप्रधानमन्त्री नेपालमा

Image
काठमाडौ:  प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानु भन्दा पहिले चीनका उपप्रधानमन्त्री वाङ याङ साउन ३० गते नेपाल भ्रमणमा आउने भएका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको निमन्त्रणामा याङ उच्चस्तरिय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउन लागेका हुन। [caption id="attachment_508" align="alignnone" width="1000"] चीनका उपप्रधानमन्त्री वाङ याङ[/caption] नेपालका लागि चिनिया राजदूत यू होङले उपप्रधान तथा परराष्ट्रमन्त्री महरालाई आइतवार भेटेर उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरिय प्रतिनिधिमण्डलले साउन ३० गते नेपाल भ्रमण गर्न लागेको जानकारी गराएकी हुन । ६२ बर्षीय याङले प्रधानमन्त्री शेरबहादुर देउवा,प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,पूर्व प्रधानमन्त्री तथा सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । याङको नेपाल भ्रमणको तयारीलाई परराष्ट्रमन्त्रालयले तीब्रता दिएको छ । स्रोतका अनुसार भ्रमणका एजेण्डा माथि बिभिन्न तहमा

करछली मुद्दाः रोनाल्डो अदालतमा उपस्थित

Image
कर छलेको आरोप खेपिरहेका पोर्चुगलका फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो स्पेनको एक अदालतमा सोमबार उपस्थित भएका छन्। त्यहाँ उनले आफ्नो तर्फबाट प्रमाण पेश गर्ने बताइएको छ। अभियोजनकर्ताहरुले सन् २०१० देखि रोनाल्डोले १ करोड ७० लाख डलर कर छलेको दावी गरेका छन्। करछलीका लागि खडा गरिएका विदेशी कम्पनीमा खाता खोली रोनाल्डोले कल छलेको भन्ने आरोप उनका एजेण्टले अस्वीकार गरेका छन्। सजाय दोषी ठहर भए पोर्चुगलका यी ३२ वर्षीय फुटबल खेलाडीले २ करोड जरिवाना तिर्नुपर्ने र साढे तीन वर्ष जेल सजाय भोग्नुपर्ने हुनसक्छ। रिआल मड्रिडका लागि खेल्ने रोनाल्डो विश्वकै सबैभन्दा बढी रकम पाउने खेलाडी भएको बताइन्छ। आफूविरुद्धको आरोप अस्वीकार गर्दै यसअघि उनले आफ्नो "चित्त शुद्ध रहेको" बताएका थिए। कर छलेकोमा दोषी ठहर भएका अर्जेन्टिनाका खेलाडी लियोनेल मेसीलाई गत वर्ष २१ महिनाका लागि जेल सजाय सुनाइएको थियो। तर यसै महिनाको शुरुतिर अदालतले जेल सजायको सट्टा उनले २५२,००० युरो तिर्नसक्ने बताएको थियो।

मन्त्रिपरिषद् विस्तार, मन्त्रि हरु को नाली बेली

Image
निर्वाचित भएको झण्डै डेढ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेसका १० र माओवादी केन्द्रका मन्त्री समावेश गरेर देउवाले सरकार विस्तार गरेका छन् । [caption id="attachment_500" align="alignnone" width="618"] मन्त्रिपरिषद् विस्तार, मन्त्रि हरु को नाली बेली[/caption] कस्ता छन नयाँ मन्त्री ? नेपाली कांग्रेस  मीन विश्वकर्माः विश्वकर्मा केन्द्रीय सदस्य एवं सांसद विश्वकर्मा भोजपुरका स्थायी बासिन्दा हुन् । तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्दा उनी प्रस्तावक थिए । वीरबहादुर बलायरः बलायर डोटी क्षेत्र नम्बर १ का सांसद हुन् । सुदुरपश्चिमका नेता बलायर देउवा पक्षीय कांग्रेस नेता हुन् । बलायर डोटीको खानदानी परिवारका सदस्य हुन् । महेन्द्र यादव: यादव धनुषाका स्थायी बासिन्दा हुन् । उनी नेपाली कांग्रेसका समानुपातिक सांसद हुन् । उनी नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका पूर्व अध्यक्ष समेत हुन् । अम्बिका बस्नेतः बस्नेत दुइवटै संविधानसभामा समानुपातिक तर्फवाट सभासद बन्ने भाग्यमानी नेतृ हुन् ।

कृष्णपुरका मेयरले देखाए अचम्मको हर्कत

Image
महेन्द्रनगर । स्थानीय तहमा जनप्रतिनिधि भएपछि वडा–वडामा कार्यालय खोल्ने काम भइरहेको छ । तर, कृष्णपुर नगरपालिकाकामा अचम्मको काम भएको छ । कृष्णपुर नगरपालिका १ नम्बर वडाको कार्यालय २ नम्बर वडामा खोलिएको छ । [caption id="attachment_497" align="alignnone" width="588"] कृष्णपुरका मेयरले देखाए अचम्मको हर्कत[/caption] जिल्ला स्तरबाट मिल्ने सेवासुविधा गाउँ र नगरपालिकाबाट तथा गाविस र नगरपालिकाबाट मिल्ने सुविधा वडाबाट मिल्ने भनेर चुनावका बेला प्रचार गरिएझैं अधिकांश स्थानीय तहमा वडामै कार्यालय खोल्ने कार्यक्रम चलिरहेका छन् । तर, कृष्णपुर नगरपालिकाको १ नम्बर वडा दुर्गम क्षेत्रमा परेपछि नगरपालिकाका नगर प्रमुख (मेयर) सहितको उपस्थितिमा १ नम्बर वडा कार्यालय २ नम्बर वडामा खोलिएको छ । वडा कार्यालय उद्घाटनमा अर्काे अचम्म भएको छ– वडामा निर्वाचित जनप्रतिनिधिको उपस्थिति बिना नै अर्कै वडामा वडा कार्यालय उद्घाटन गरिएको छ । आफू निर्वाचित वडाको कार्यालय उद्घाटन हुनेबारे कुनै जानकारी नपाएको बताउँदै वडा अध्यक्ष मोहन बस्नेतले कार्यालय उद्घाटन भइसकेपछि जानकारी पाएको बताए । ‘म ४/५ दिनदेख

नेपालले मलेसियालाई ५ विकेटले हरायो

Image
श्रावण ९, २०७४- नेपालले आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा सोमबार मलेसियालाई ५ विकेटले हराएको छ । सोमबार बिहान सिंगापुरको इन्डियन एसोसिएसन ग्राउन्डमा भएको खेलमा टस हारेर व्याटिङमा आएको मलेसियाले ३५.१ ओभरमा सैआ विकेट गुमाउँदै ८९ रन बनायो । जवाफी व्याटिङमा आएको नेपालले २२.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालका तर्फबाट सन्दीप लामिछानेले ७ विकेट लिए । .... खेल जारी छ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ । ....   नेपालले आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा सोमबार मलेसियाको सामना गर्दैछ। सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालले पाँचौं खेल खेल्न लागेको हो। नेपाल ५ खेलमा ४ जित र १ पराजयसाथ डबल राउन्ड लिग प्रतियोगिताको अंक तालिकामा दोस्रो स्थानमा छ। नेपालले मंगलबार अफगानिस्तानसँग आफ्नो अन्तिम खेल खेल्नेछ। अफगानिस्तान पहिलो चार खेलमै जित हात पारी अर्को वर्ष न्युजिल्यान्डमा हुने यू–१९ विश्वकपको नजिक पुगेको छ। बिहीबार अफगानिस्तानसँग १ सय ४१ रनको हारपछि नेपालको विश्वकपमा पुग्ने सम्भावना क्षीण भइसकेको छ। प्रतियोगिताको विजेताले मात्र न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ को विश्वकपम

तातोपानीसँगको सडक सम्पर्क विच्छेद

गएराति खसेको पहिरोले अरनिको राजमार्ग अन्तर्गतको एउटा प्रमुख पुल भत्काएपछि नेपाल चीन जोड्ने तातोपानी नाकासँग सम्पर्क विच्छेद भएको अधिकारीहरुले जनाएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालका अनुसार पहिरोका कारण लार्चा पुल क्षतिग्रस्त भएसँगै तातोपानी जोड्ने सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ। अब अस्थायी प्रकृतिको पुल निर्माण गरेपछि मात्र उक्त क्षेत्रको सडक सुचारु हुने उनले बताए। करिव अढाइ वर्षअघिको विनाशकारी भूकम्पपछि तातोपानी नाका बन्द रहेको छ जसका कारण त्यस क्षेत्रहुँदै चीनसँग हुने व्यापार लगभग ठप्प रहेको छ। जोखिम नेपाल सरकारले हालैका महिनाहरुमा उक्त नाका पुन: सञ्चालनमा ल्याउन चीनलाई आग्रह गर्दै आएको थियो। भूकम्पले त्यस क्षेत्र बस्तीमा जोखिम थपेपछि अहिले त्यहाँ मानव बसोबास समेत पातलो रहेको बताइन्छ। तर लार्चा पुल भत्किएसँगै त्यहाँबाट पारि रहेका गाउँमा बस्ने करिब दुई सय परिवारलाई खाध्यान्न लगायत दैनिक उपभोग्य सामान पठाउन कठिनाइ हुने प्रमुख जिल्ला अधिकारी सिलवालले बताए। उक्त क्षेत्रमा पहिरो पन्छाउन सुरक्षाकर्मी खटाइएको अधिकारीहरुले जनाएका छन्। निरन्तरको वर्षाका कार

शिक्षक नियुक्ति विवादले विज्ञान क्याम्पसमा बबाल

महेन्द्रनगर । महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा प्रक्रिया मिचेर आंशिक शिक्षक नियुक्त गरिएको आरोप लागेपछि बबाल मच्चिएको छ । सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरले प्रक्रिया मिचेर आंशिक शिक्षक नियुक्ति गरेको भन्दै अखिल क्रान्तिकारीले तत्काल नियुक्ति खारेजको माग गरेको छ । क्याम्पसले मनोमानी रुपमा रासायनशास्त्र विषयको शिक्षकमा दिल्लीप्रसाद खरेललाई नियुक्त गरेको क्रान्तिकारीको आरोप छ । क्रान्तिकारीका जिल्ला सचिव किशोर भट्टसहितका विद्यार्थी नेता आईतबार सिद्धनाथ विज्ञान क्याम्पस पुगेर प्रशासनसँग नियुक्ति खारेजीको माग गरेका हुन् । विज्ञान क्याम्पसका निमित्त प्रमुख विमला शाक्यलाई प्रक्रिया मिचेर गरिएको नियुक्ति तत्काल खारेज गर्न माग गरिएको सचिव भट्टले बताए । आंशिक शिक्षक पदपूर्तिका लागि क्याम्पसले विज्ञापन आव्हान गर्नुपर्ने, आवेदकले आवेदन दिएपछि छनौट प्रक्रियामा जानुपर्ने, शिक्षकको कक्षा अवलोकन गर्नुपर्ने भएपनि ती सबै प्रक्रियालाई मिच्दै आंशिक शिक्षक नियुक्त गरिएको उनले दावी गरे । निमित्त क्याम्पस प्रमुख शाक्यले शिक्षक नियुक्तिको प्रावधानका बारेमा आफूलाई जानकारी नभएको भन्दै गैरजिम्म

विश्वविद्यालयका पदाधिकारीले विद्यार्थीलाई हाने झापड !

महेन्द्रनगर । शैक्षिक शुल्क तथा परीक्षा फारामको विषयमा विवाद हुँदा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीले विज्ञान तथा प्रविधि संकाय प्रविधि संकायमा अध्ययनरत विद्यार्थीलाई झापड हानेको आरोप लागेको छ । विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका सहायक प्रशासक मीनबहादुर ठगुन्नाले विज्ञान तथा प्रविधि संकायकै पाँचौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी गंगादत्त भट्टलाई झापड हानेको विद्यार्थीले जनाएका छन् । विद्यार्थी भट्टले विश्वविद्यालयले शैक्षिक शुल्क स्पष्ट नतोकेको र परीक्षा फारामको विषयमा सहायक प्रशासकलाई बुझ्दा प्रशासकले उल्टै आफूमाथि हातपात गरेको आरोप लगाएका छन् । तर, सहायक प्रशासक ठगुन्नाले भने विद्यार्थीले लगाएको आरोप गलत भएको दावी गरेका छन् । ‘कार्यकक्षमा विद्यार्थीको हुल बढी हुँदा विद्यार्थीलाईं बाहिर जान आग्रह गरेको हुँ,’ उनले भने, ‘शैक्षिक शुल्क नतिरेसम्म परीक्षा फाराम नबुझ्ने बताउँदा विद्यार्थीले शुल्क नबुझाइकन फाराम बुझ्न दबाब दिएका थिए ।’ तर, विश्वविद्यालयले शैक्षिक शुल्क स्पष्ट नतोकेकाले सेमेस्टरमा कति शुल्क तिर्ने भन्ने अन्यौल रहेको विद्यार्थीले बताएका छन् । विज्ञान तथा प्रव

सिंगापुरमाथि नेपालको रोमाञ्चक जित

श्रावण ६, २०७४- सन्दीप लामिछानेले ४ विकेट लिएपछि नेपालले यू–१९ विश्वकपमा पुग्ने झिनो आशालाई कायमै राखेको छ । नेपालले शुक्रबार आइसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा आयोजक सिंगापुरलाई २२ रनले पराजित गर्‍यो । चार खेलमा नेपालको यो तेस्रो विजय हो । बिहीबार अफगानिस्तानसँग १ सय ४१ रनको विशाल अन्तरले पराजित भएपछि नेपालको छनोट यात्रा कठिन बनिसकेको छ । अफगानिस्तानले लगातार चौथो विजय हात पार्नेक्रममा शुक्रबार १० विकेटले पराजित गर्‍यो । नेपालभन्दा अफगानिस्तान रन रेटमा पनि निकै माथि छ । सिंगापुरमा भइरहेको प्रतियोगिताको डबल राउन्ड रोबिन लिगको विजेता राष्ट्र अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ । कमजोर ब्याटिङ प्रदर्शन गर्दै आएको नेपालबाट दीपेन्द्रसिंह ऐरीले ५४ रन बनाए । प्रतियोगितामा नेपाली खेलाडीको यो पहिलो अर्धशतक हो । ८३ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे । ओपनर सन्दीप सुनारले २६, प्रकाश केसीले २३ र रोहितकुमार पौडेलले १५ रन बनाए । सिंगापुरका विक्रमवीर विश्वरोयले ३, सुनिल आर्यमान र अहान गोपिनाथ अचारले २–२ विकेट लिए । राम्रो सुरुआत गरे पनि सन्दीप र अर्का स्प

भारत र चीनबीच तनाव

Image
दुई पक्षले दिएका वक्तव्यबाजी चेतावनीपूर्ण र खतरनाक सुनिन्छन्। दिल्लीको एउटा अखबारले अहिले देखिएको तनाव एउटा पूर्णस्तरको द्वन्द्वमा बदलिनसक्ने चेतावनी नै दिएको छ। अर्को अखबारले त्यस्तै धारणा राख्दै लेखेको छ, "तनावका माझ चिनियाँ अडान अझै कडा बन्दै गएको छ।" बेइजिङमा चाहिँ सरकारले चलाएको सञ्चारमाध्यमले भारतलाई सन् १९६२ मा सीमा क्षेत्रमा भएको युद्धमा उसले भोगेको पराजय सम्झाउन थालेका छन्। उनीहरुले पुराना समाचार र त्यसबेलाका द्वन्द्वका तस्वीरहरु समेत छापेका छन्। ग्लोबल टाइम्स अखबार विशेष गरी आक्रामक देखिएको छ। शुरुमा उसले भारतले सडक परियोजनामा हस्तक्षेप गरेर भुटानको सार्वभौमसत्तालाई अवमूल्यन गरेको आरोप लगायो। त्यसपछि भारतले विभिन्न सीमा क्षेत्रहरुमा तनावलाई बढावा दिए उसले चीनसँग पूर्ण स्तरको मुठभेडको सामना गर्नुपर्ने चेतावनी दियो। दोक्लाम पछिल्लो तनाव मध्य जुनमा शुरु भएको हो। त्यसबेला भारतमा दोक्लाम र चीनमा दोङलाङ भनेर चिनिने पठार क्षेत्रमा चीनले सडक बनाउने प्रयास गरेकोमा भारतले विरोध गर्यो। चीन, उत्तरपूर्वी भारतीय राज्य सिक्किम र हिमालय अधिराज्य भुटानको त्रिदेशीय सीमा विन्दु नजिक प

सर्वोच्चको आदेश योग्य विद्यार्थीको पक्षमा

Image
श्रावण ५, २०७४- सर्वोच्च अदालतले चिकित्सा शिक्षाको स्नातकोत्तर (पोष्ट ग्राजुएसन–पीजी)मा योग्य विद्यार्थीलाई अनिवार्य रुपमा भर्ना गर्न आदेश दिएको छ । न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा भर्ना भएका ललितजंग शाहीसहित ३३ विद्यार्थीहरुका हकमा जारी भएको अन्तरिम आदेशले निरन्तरता नपाउने आदेश जारी गरेको हो । असार ११ गतेको अन्तरिम आदेश खारेज भएपछि युनिभर्सल र नेसनल कलेजमा बढी शुल्क बुझाएर भर्ना भएका विद्यार्थीको बैधता सकिएको छ । सर्वोच्चको आदेशपछि उनीहरुको भर्नालाई मान्यता नदिने चिकित्साशास्त्र अध्ययन संस्थान(आईओएम)को डिन कार्यालयको पत्र समेत कार्यान्वयन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको आईओएमले प्रवेश परीक्षाका आधारमा उत्कृष्ट विद्यार्थीहरुलाई ओपन हाउस काउन्सिलिङका आधारमा मेडिकल कलेजहरुमा सिफारिस गरेको थियो । तर भैरहवाको युनिभर्सल र वीरगञ्जको नेशनल मेडिकल कलेजले मेरिटका योग्य विद्यार्थीको साटो बढी शुल्क बुझाउन तयार हुने विद्यार्थी भर्ना गरेका थिए । भर्ना विरुद्ध आईओएमको डीन कार्यालयले सूचना निकालेर काउन्सिलिङमा सहभा

यातायात कार्यालयका निमित्त प्रमुख सहित ७ कर्मचारी निलम्बित

Image
महेन्द्रनगर :  यातायात व्यवस्था विभागले महाकाली अञ्चल यातायात कार्यालय महाकालीका निमित्त कार्यालय प्रमुख सहित ७ जना कर्मचारीहरुलाई निलम्बन गरेको छ । भारतबाट भित्र्याईएका चोरीका गाडीलाई दर्ता गरेर सञ्चालनको अनुमति दिएको भन्दै सरकारले निमित्त कार्यालय प्रमुख हेमन्त बहादुर सिंह सहितका ७ जना कर्मचारीहरु निलम्बन गरेको हो । विभागको आन्तरीक अनुसन्धानपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनीहरुलाई निलम्बन गरेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका प्रवक्ता डा. टोपराज पाण्डेयले निमित्त कार्यालय प्रमुख सहितका ७ जना कर्मचारीहरु निलम्बन गरिएको पुष्टि गर्नुभयो । उहाँले मन्त्रालयले आवश्यक अनुसन्धानपछि उनीहरुलाई निलम्बन गरेको जानकारी दिनुभयो । ‘मन्त्रालयले उनीहरुलाई निलम्बन गरेको हो’ प्रवक्ता पाण्डेयले भन्नुभयो, ‘प्रारम्भिक अनुसन्धान संगै थप प्रभावकारी हिसाबले अनुसन्धान गर्नका लागि सहजहोस भनेर निलम्बन गरेर अनुसन्धान थालिएको हो’ । निमित्त कार्यालय प्रमुख हेमन्त बहादुर सिंह घरेलु तथा साना उद्योग कार्यालयबाट ५ महिना अघि मात्रै यातायात कार्यालयमा काज सरुवा हुनुभएको थियो । कार्यालय प्रमुख बाश

हालसम्मकै ठूलो भ्रष्टाचार मुद्दा दायर

कर फर्छ्यौट आयोगका दुईजना पदाधिकारीसहित आन्तरिक राजश्व विभागका निलम्बित cअख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरुले बदनियतपूर्वक १० अर्ब रुपैयाँभन्दा बढी रकम अनधिकृत रुपमा कर छुट तथा मिनाहा गरी गैरकानूनी रुपमा सरकारलाई नोक्सानी पूर्याएको अख्तियारको दावी छ। अख्तियारका अनुसार यो अहिलेसम्मकै सबैभन्दा बढी बिगो दावी गरिएको भ्रष्टाचार मुद्दा हो। शर्माबाहेक अन्य दुईजना फरार रहेको बताइएको छ। अभियोगपत्र फर्छ्यौट आयोग २०७१ का दस्तावेजलाई अध्ययन गर्नुका साथै पक्राउ परेका राजश्व विभागका निलम्बित महानिर्देशक शर्मासँग बयान लिने लामो प्रक्रिया पूरापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार मुद्दा दर्ता गराएको हो। तीनजनाविरुद्ध आरोपपत्र पेश हुन आएको हो। यसमा कुल बिगोको रुपमा १० अर्ब २ करोड १९ लाख १ हजार ८ सय ४२ रुपैयाँ दावी गरिएको छ भिमकुमार श्रेष्ठ, रजिष्ट्रार, विशेष अदालत आयोगले पेश गरेको अभियोगपत्र र दस्तावेज अध्ययनमा समय लागेका कारण शुक्रवार दर्ता हुन सकेको थिएन। उक्त मुद्दामा कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत सदस्यद्वय उमेश ढकाल र आन्तरिक राजश्

गत वर्ष राजश्व असुली ६ खर्ब १२ अर्ब रुपैयाँ : अर्थमन्त्री कार्की

श्रावण २, २०७४- अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक वर्ष २०७३/७४ मा ६ खर्ब १२ अर्ब रुपैयाँ राजश्व संकलन भएको जानकारी दिएका छन् । व्यवस्थापिका–संसद् अर्थसमितिको आजको बैठकमा उनले लक्ष्यभन्दा १०८ प्रतिशत बढी राजश्व संकलन भएको जानकारी दिएका थिए । गत आर्थिक वर्षमा सरकारले ५ खर्ब ६५ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य निर्धारण गरेको थियो । अर्थमन्त्री कार्कीले राजश्व चुहावट र राजश्व संकलनमा हुने अनियमिता रोक्न व्यवहारमै खरो रुपमा उत्रने दृढता पनि व्यक्त गरे । 'राजश्व चुहावट र अनियमितता उपर शून्य सहनशीलताको नीति लिइएको छ, यो केवल बुँदामा मात्र होइन, व्यवहारमै खरो रुपमा उत्रेर प्रमाणित गरिने छ,' उनले भने, 'राजश्व प्रणालीमा र कर असुलीमा हुने अनियमितता नियन्त्रण गर्न प्रविधिमा आधारित स्वचालित माध्यमको प्रयोगमा भन्सार कर प्रणाली सञ्चालनमा जोड दिइएको छ ।' राजश्व प्रणालीमा देखिने अनियमितता र असहजता नियन्त्रणका लागि कारोबारको उद्गम विन्दू भन्सार वा उत्पादनस्थल देखि नै त्यस्ता कारोबारलाई अनुगमन र कारोबारको विवरण विद्युतीय प्रणालीमा ल्याउने, कर र कानूनको सुक्ष्म निगरानी राख्ने

महानगरलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने

असार ३०, २०७४- काठमाडौं महानगरले आर्थिक वर्ष २०७४/२०७५ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार सुरु भएको महानगरको पहिलो नगर परिषदले महानगरलाई अन्तर्राष्ट्रिय स्तरको महानगर बनाउन आवश्यक पर्ने पूर्वाधार योजनाबद्ध रूपले विकास गरिने लक्ष्य रहेको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले घोषणा गरे । यसका लागि २३ बुँदे कार्ययोजना उनले सार्वजनिक गरे । राजधानी सहर रहेको काठमाडौं महानगरपालिकाको प्रतिष्ठा झल्कने स्वरूपको गौरव गर्न लायक केन्द्रीय कार्यालय भवन, त्यस्तै प्रकृतिका वडा कार्यालय भवन बनाउँदै तीन वर्षभित्रमा सबै वडा कार्यालय आफ्नै भवनमा सञ्चालन गर्ने योजना रहेको नीति तथा कार्यक्रममा उल्लेख छ । ‘सुन्दर र जीवन्त महानगर बनाउने परिकल्पनासहित अघि बढेका छौं,’ प्रमुख शाक्यले भने, ‘योजना बनाएर जनउपयोगी निर्णय गरेका छौं । यसलाई महानगर कार्यपालिकाले पारित गरेको छ ।’ नीति तथा योजनामा विभिन्न नारासहितको कार्यक्रम बनाइएको छ । सार्वजनिक गरिएको कार्यक्रममा सामाजिक विकास एवं समाज कल्याण हाम्रो दायित्व, सक्षम युवा, उत्कृष्ट खेलकुद, उपयुक्त रोजगारी हाम्रो जिम्मेवारी,’ जनउपयोगी शिक्षा, सक्षम नागरिक,

खानेकुरा किन्न दार्जीलिङवासी सीमामा

गोर्खाल्याण्डको माग राखेर गरिएको आम हड्तालका कारण भारतको पश्चिम बंगालको दार्जीलिङका वासिन्दाले खानेकुराको अभाव भोग्नु परिरहेको बताइएको छ। त्यहाँ खानेकुरा किन्न नपाएपछि घन्टौं हिँडेर पूर्वी नेपाल सीमावर्ती बजारहरु पुगी उनीहरुले दैनिक उपभोग्य बस्तु खरिद गरिरहेका छन्। नेपालका सीमावर्ती क्षेत्रमा त्यस्ता बस्तु किन्न आउने दार्जीलिङका वासिन्दाको संख्या दिनहुँ बढिरहेको छ। गोर्खाल्याण्डको माग राखेर दार्जीलिङमा गरिएको आम हड्ताल बिहिबार २९ दिन पुगेको छ। हड्तालका सुरुवाती दिनमा त्यहाँका सर्वसाधारणले संचय गरेर राखेको खानेकुरा उपभोग गरे। तर हड्ताल निरन्तर चलिरहँदा उनीहरु नेपालका सीमावर्ती क्षेत्रमा खानेकुरा खरिद गर्न आउन थालेका हुन्। इलामको पशुपतिनगर, मानेभन्ज्याङ लगायत क्षेत्रका खानेकुरा पाइने पसलहरुमा अचेल दार्जीलिङका नेपालीभाषीहरुको घुईंचो छ। पशुपतिनगर बजारको एउटा किराना पसलमा भेटिएका उनीहरुमध्ये दार्जीलिङ नाला गाउँबाट चार घण्टा हिँडेर पशुपतिनगर आएका प्रणेश क्षेत्रीले आफ्नो गाउंमा खानेकुराको संकट निकै गहिरिँदै गएको बताए । त्यस्तै अर्को पसलमा चामल, दाल लगायत बस्तु खरिद गर्दै गरेका दार्जीलिङ पोख्र

साइबेरियन बकुल्ला महोत्तरीमा

गौशाला, असार ३० गते  । महोत्तरी जिल्लाको गौशाला नगरपालिका क्षेत्रमा अहिले साइबेरियन बकुल्ला आउन थालेका छन् । वर्षेनी गर्मी र वर्षायाम शुरु भएसँगै महोत्तरीको गौशालामा हुलका हुल आएका साइबेरियन चराका कारण यतिखेर गौशाला बजार र वरपरका रुख सेता भएका देखिन्छन् । गर्मी र वर्षायामको शुरुवात भएसँगै आउने यो चरा जाडोको शुरुवातसगै पुनः साइबेरिया नै फर्कने गरेका छन् । गौशाला इलाका प्रहरी कार्यालय परिसर र त्यसका वरिपरि क्षेत्रमा रहेका रुखलाई आफ्नो वासस्थानका रुपमा प्रयोग गर्ने गरेको साइबेरियन बकुल्लालाई हेर्न अहिले यहाँ मानिसको भीड लागने गरेका छन् । मानिसको भीडलाई हेर्दा यहाँ चरा महोत्सव भएजस्तै लागने गरेको छ । गर्मी र वर्षा्तको मौसमको सुरुवातसँगै यहाँ आउने र असोजको अन्तिम सम्ममा फर्कने गरेको प्रत्यक्षदर्शी स्थानीयवासी बताउँछन् । बकुल्लाजस्तै देखिने सेतो रङ्गका यी चरा बकुल्ला प्रजातिको भएको र यी चारा छ महिनासम्म गर्मी र वर्षा हुने स्थानमा बसाइँ सर्ने गरेका छन् । यी चराका लागि अहिले प्रजननको समय भएकाले यस स्थानमा आउने गरेको बताइएको छ । विगत सात वर्षदेखि यी चरा यस स्थानमा आउने गरेको भएपनि यस क्षेत्रमा

राजमार्ग क्षेत्रका मेयर छाडा पशु व्यवस्थापन गर्न एकजुट

महेन्द्रनगर । छाडा पशुचौपाया व्यवस्थापन गर्ने विषय पूर्वपश्चिम राजमार्गसँग जोडिएका कञ्चनपुरका ४ नगरपालिकाको संयुक्त एजेण्डा बनेको छ । छाडा पशुचौपाया व्यवस्थापन भीमदत्त, कृष्णपुर, बेदकोट र शुक्लाफाँटा नगरपालिकाको एजेण्डा बनेको हो । स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि आएसँगै ४ वटै नगरपालिकाले पशुचौपाया व्यवस्थापनका लागि छलफल समेत थालेका छन् । भीमदत्त नगरपालिकाको पहलमा बिहीबार भएको छलफलमा ४ नगरपालिकाका प्रमुखले छाडा पशुचौपाया व्यवस्थापनमा एक भएर अगाडि बढ्ने निर्णय गरेका छन् । छलफलमा सहभागी ४ वटै नगरका मेयरले पशुचौपाया व्यवस्थापनका लागि एक भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले जानकारी दिए । ‘छाडा पशुचौपाया व्यवस्थापनका लागि दीर्घकालीन योजनाका साथ अघि बढ्ने निर्णय समेत गरिएको छ,’ विष्टले भने । यसैगरी, छाडा पशुचौपायाको व्यवस्थान गर्न ४ नगरपालिकाले आवश्यक बजेटको व्यवस्था गर्ने सहमति समेत गरेका छन् । यद्यपी, निर्णय गर्नुअघि सरोकारवालासँग छलफल गरी निष्कर्षमा पुगिने उनले बताए । जिल्ला प्रशासन कार्यालयसँग पनि आवश्यक छलफल गर्ने, सबै पक्षबाट सुझाव संकल

'हेर्दा हेर्दै बुहारी चढेको जीप खोलाले बगायो'

Image
पाल्पा : ‘दाई जिप माडी फाँटको तिनाउ खोलामा फस्यो म श्रीमती सहित पाँच जना छौ चाडो आएर बचाउनुस’ जिप चालक शक्तिले आत्तिदै राती १२ बजेर ५४ मिनेटमा फोन गरेका थिए । तानसेन नगरपालिका वडा नं. १ का चालकका दाजु सम्पूर्ण श्रेष्ठले भन्नुभयो ‘मैले फटाफट प्रहरी प्रशासनमा फोन गरे,प्रहरी प्रशासनले घटनास्थल नजिकै रहेको प्रभास प्रहरी चौकीको नम्वर दिनुभयो र फोन गरे । मलाई उल्टै प्रहरीले थर्काउदै भन्नुभयो ‘पानी परेको बेला किन रातीमा गाडी चलाएको ?’ सत्य सेवा सुरक्षणमको नारा बोकेको प्रहरीको रुखो बोलीलाई नरम बनाउने प्रयास गर्दै सम्पूर्णले फकाउने प्रयास गर्नुभयो । ‘जे भएपनि पहिला उद्धार गर्नुपर्यो,चाडो जानुस न भन्दै फोन राखे । म डोरी खोजी साथीभाई आफन्त लाई लिएर माडी फाँट तिनाउँ खोलामा पुगे,भाई चिच्चाई रहेको थियो । बचाउनुस बचाउनुस भन्दै । घटनास्थल पुग्दा साढे १ बजेको थियो’ सम्पूर्णले घटना विवरण सुनाउनुभयो‘फटाफट ढुंगा बाँधेर जिपको छतमा रसी फाले, दोस्रो पटक फालेको रसी समातेर भाई शक्ति बाहिर आयो अन्यलाई बचाउन खोज्दा रसी चुट्यो र हेर्दा हेदै बुहारी उषासहित चार जना चढेको जिपलाई बाढीको भेलले कता लग्यो कता ? थाहै भएन

१६ करोडको गाडी खरिदबारे संसदमा र्‍याखर्‍याखती

Image
त्यत्रो महँगो गाडी किन्ने प्रस्ताव आएको छैन : प्रधानमन्त्री काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गर्ने प्रस्ताव नआएको बताउनुभएको छ ।व्यवस्थापिका-संसद्मा विनियोजन विधेयकका मन्त्रालयगत खर्च शीर्षकमा भएको छलफलका क्रममा यस विषयमा जवाफ माग भएपछि प्रधानमन्त्री देउवाले यसरी स्पष्ट पार्नुभएको हो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीसँग जवाफ माग गर्नुभएको थियो ।'राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गरिँदै छ भन्ने कुरा के हो ? ', सांसद सुवालले भन्नुभयो,'राष्ट्रपतिलाई १६ करोड, प्रधानमन्त्रीलाई १५ करोड र मन्त्रीहरूलाई १४ करोडको गाडी खरिद गर्दा मुलुकको अर्थतन्त्रले कसरी धान्न सक्छ ? ' त्यसपछि प्रधानमन्त्रीले त्यत्रो महँगो गाडी खरिद गर्ने प्रस्ताव नै नआएको बताउनुभयो । यद्यपि, उहाँले राष्ट्रपतिको सुरक्षा हुने गरी राम्रो गाडी खरिद गर्न लागिएको जानकारी गराउनुभयो । उहाँले राष्ट्रपतिको पदीय मर्यादा र सुरक्षामा ध्यान दिनु सरकार र जनताको कर्तव्य पनि रहेको बताउनुभयो । उहाँले त्यसअघि विनियोजन विधेयकअन्तर्गत राष्ट्रपति तथा

श्रीमतीको टाउको बोकेर प्रहरी कार्यालय पुगेपछि

नेपालगन्ज :  बाँकेको कोहलपुरमा एक व्यक्तिले श्रीमतीको घाँटी रेटेर हत्या गरी टाउकोसहित प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । कोहलपुर-४ बेलनपुरका २९ वर्षीय अहमद अफताब बेडुवाले २५ वर्षीया श्रीमती फलसुन देवी बेडुवाको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन । राति साढे १० बजेतिर अफताव श्रीमतीको टाउको साइकलमा राखेर इलाका प्रहरी कार्यालय पुगेका थिए । श्रीमती टाउको लिएर प्रहरी कार्यालय पुग्दा प्रहरी समेत तीनछक परे । अफतावले राति साढे ९ बजेतिर घरभन्दा तीन किलोमिटर टाढा बाटोमा लागेर श्रीमतीको हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो । 'घरबाट तीन किलोमिटर टाढा बाटोमा लागेर हत्या गरेको पाइयो ।' उहाँले भन्नुभयो प्रारम्भिक अनुसन्धानमा घरायसी झगडाका कारण श्रीमतीको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुग्दा फलसुनको लास भएको स्थानमा उनकी ५/६ महिनाकी छोरी छटपटाइरहेको पाइएको प्रहरी प्रहरीले जनाएको छ । प्रहरीलाई अभियुक्त अहमदले दिएको बयान अनुसार उनका दुई जना श्रीमती थिए । फुलटन उनकी जेठी श्रीमती हुन् । धेरै कचक

रंगशाला र डडेल्धुरा क्रिकेट मैदानको डीपीआर तयार

Image
डडेल्धुरामा उग्रतारा रंगशाला र डडेल्धुरा क्रिकेट मैदानको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । निर्माणका लागि सर्वे र परीक्षण भएको र डीपीआर पनि तयार भएको जिल्ला खेलकुद विकास समितिका प्रमुख डम्बर भण्डारीले जानकारी दिए । डीपीआर तयार भए पनि अन्तिम रिपोर्ट आउन भने बाँकी रहेको छ । अमरगढी–६ भजनेउटामा क्रिकेट मैदान र अमरगढी–५ टुडिखेल नजिकै धोबिखोलामा उग्रतारा रंगशाला निर्माण हुने भएको हो । डडेल्धुराबाट अन्तर्राष्ट्रिय स्तरसम्म खेलाडीले प्रतिस्पर्धा गरेपनि अहिलेसम्म खेलकुद मैदान छैन । पहिलो पटक डडेल्धुरामा रंगशाला र क्रिकेट मैदान निर्माणको काम अघि बढ्दा स्थानीय वासिन्दा हर्षित भएका छन् । अहिले ६ वटा डडेल्धुराका विद्यालयमा खेलकुद मैदान निर्माणको काम अन्तिम चरणमा पुगेको छ । खेलकुद मैदान निर्माण भइरहेका ६ वटा विद्यालयमध्ये उग्रतारा मावि पोखरा, भागेश्वर मावि टाँटर, घटाल मावि नुवाकोट, असिग्राम मावि रुवाखोला, भागेश्वर आधारभूत विद्यालय सतिगाउँमा ३/३ लाख रुपैयाँ र भात्काँडामा रहेको सरस्वती माविमा खेलमैदान निर्माणका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख भण्डारीले बताए । प्रदेश नम्बर ७ का

कोसीमा अर्को ब्यारेज बन्ने

Image
काठमाडौं  : दोस्रो ठूलो नदी कोसीको सतह खिइँदै गएर सिँचाइ प्रणाली मृतप्रायः भएपछि बाह्रै महिना किसानका खेतमा पानी पुर्‍याउन सरकारले कोसीमा ब्यारेज निर्माण गर्ने भएको छ । यसका लागि परामर्शदाता नियुक्त गरी एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न सिँचाइ विभागले प्रक्रिया पूरा गरेको छ । सुनसरीको बराह क्षेत्रभन्दा तल चतरामा ब्यारेज निर्माण भएमा सुनसरी-मोरङ सिँचाइ प्रणालीको ६८ हजार हेक्टर क्षेत्रमा वर्षभरि पानी पुग्ने र उदयपुर, सप्तरी र सिरहा गरी थप एक लाख हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने सिँचाइ सचिव रामानन्दप्रसाद यादवले बताउनुभयो । 'अहिले कोसीको सतह (रिभर बेड) घट्दै र मुहान सर्दैसर्दै गइरहेको छ, जसबाट ४२ वर्षअघि निर्मित सुनसरी-मोरङ सिँचाइ प्रणालीलाई पानी पुग्दैन,' यादवले आइतबार अन्नपूर्णसित भन्नुभयो, 'नहरमा पानी प्रवाहित गराउने यो मात्र विकल्प देखियो ।' सचिव यादवका अनुसार कोसीको सतह माथि उठाउन विभागले तीन ठाउँमा स्पर (बगेको पानीको गति रोक्ने संरचना) बनाएर पानी डाइभर्ट गरिसक्दा पनि समस्या थप जटिल हुँदै गएको छ । राज्यले अर्बाैं रुपैयाँ खर्चेर तयार गरेको सि

बझाङमा ८५ प्रतिशत रोपाइँ सम्पन्न

Image
असार महिना सकिनै लाग्दा बझाङमा ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्षभन्दा ढिलो गरी वर्षात् सुरु भएका कारण रोपाइँ सुरु गर्न २ हप्ता ढिलाइ भएपनि बझाङमा ८५ प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक मदनराज जोशीले बताए । उनका अनुसार बझाङमा आकाशे पानीको भरमा रोपाइँ हुने क्षेत्र जीवली, झुडेडा, देबल बाँझ, पिठातोला, छान्नाका केही स्थानमा रोपाइँ गर्न बाँकी रहेको छ । बझाङमा गत वर्षको तुलनामा मकै, घैया (चैते) धान उत्पादनमा बृद्धि भएको छ । आकाशे पानी परिरहेकाले यो वर्ष गत वर्षभन्दा बढी धान उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय बझाङले अनुमान गरेको छ ।

औलोको जोखिम न्यूनीकरण गर्न ७० हजार कीटनाशक झूल वितरण

Image
कञ्चनपुरमा औलोको उच्च जोखिमा रहेका ७० हजार बासिन्दालाई कीटनाशक झूल निःशुल्क वितरण गरिएको छ । औलो बढी देखिएका वेदकोट, कृष्णपुर, पुनर्वास नगरपालिकाका क्षेत्रका बासिन्दालाई जिल्ला जनस्वास्थ्य कार्यालयले ग्लोबल फन्डको सहयोगमा ७० हजार कीटनाशक झूल निःशुल्क वितरण गरिएको जिल जनस्वास्थ्य कार्यालयका औलो शाखा प्रमुख हेमराज जोशीले बताए । “गर्भवती महिला, अपाङ्ग र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी झूल वितरण गरेका छौं ” उनले भने । कञ्चनपुरमा बर्षेनी औलोका बिरामीको संख्या ९सयकोे हाराहारीमा रहने गरेको छ । औलोसम्बन्धी कार्य सम्पादनमा कञ्चनपुर उत्कृष्ट औलो रोग रोकथामका लागि कञ्चनपुर जिल्लाजनस्वास्थ्य कार्यालय पुरस्कृत भएको छ । औलोसम्बन्धी कार्य सम्पादनमा देशभरिमै कञ्चनपुर उत्कृष्ट ठहरिएपछि स्वास्थ्य विभाग र इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रशंसापत्रसहित पुरस्कृत गरेको औलो शाखाका प्रमुख जोशीले बताए । गत वर्षको कार्य सम्पादका आधारमा कार्यालयलाई प्रशंसापत्र प्रदान गरिएको उनले बताए । -रासस

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

नुवाकोटको पश्चिमी भेगमा रहेको सामरीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एकै परिवारका तीन जना सख्त घाइते भएका छन् । सदरमुकाम विदुरदेखि ३१ किलोमिटर पश्चिममा रहेको मेघाङ गाउंपालिका वडा नं. ६ मैवलमा गएराती गोठमा सुतिरहेका वेला चट्याङ लागेर स्थानीय ४७ वर्षिय दीपनारायण तामाङको मृत्यु भएको छ भने उनका छोरा, बहारी र नाती गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । तीनै जनाको नुवाकोटको विदुरस्थित नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार भएको थियो ।चट्याङ लागेर घाइते हुनेमा मृतका छोरा २२ वर्षीय सुर्यबहादुर तामाङ, बुहारी २० वर्षीया सुष्मा तामाङ र पाँच महिनाका नाती अरुण तामाङ रहेका छन् । सदरमुकाम विदुरवाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ । प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालका अनुसार घाइते तीन जनाको नुवाकोटमा उपचार हुन नसकेपछि त्रिवी शिक्षण अस्पतालमा पठाइएको छ ।

महिलाको पेटबाट झिकियो ३५ किलोको ट्युमर

Image
काठमाडौं :  त्रिवि शिक्षण अस्पताल महाराजगन्जको चिकित्सक टोलीले एक महिलाको पेटमा रहेको ३५ किलोको ट्युमर झिकेर बिरामीलाई बचाएको छ । ट्युमरका कारण जोखिममा परेकी रामेछाप गोठगाउँकी ४२ वर्षीया दिलमाया सार्कीको शल्यक्रिया गरी ट्युमर निकालिएको हो । जीवित महिलाको पेटबाट ३५ किलोको ट्युमर झिकिएको सम्भवतः विश्वमै पहिलोपटक भएको चिकित्सकको दाबी छ । दुई साताअघि अस्पतालका सर्जन डा.विकल्प घिमिरे नेतृत्वको २४ जना चिकित्सकको टोलीले ६ घन्टा लगाएर ट्युमर झिकेको थियो । दिलमाया स्वस्थ हुँदै गएपछि अस्पतालले शुक्रबार त्यसबारे पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । ट्युमरका कारण असहज जीवन बिताउँदै आउनुभएकी दिलमाया आफन्तको सहयोगमा असार २ गते अस्पतालमा जाँचका लागि पुग्नुभएको थियो । जाँचका क्रममा उहाँको पेटमा ठूलो ट्युमर देखिएपछि चिकित्सकले शल्यक्रियाका लागि छलफल र परामर्श गरेका थिए । अस्पतालको स्त्री तथा प्रसूति रोग विभागकी पूर्वप्रमुख डा. आश्मा रानाले पाठेघर छेउछाउको तन्तुबाट पलाएको ट्युमरको सफल शल्यक्रिया भएको नेपालमा पहिलोपटक भएको र विश्वमै पनि सम्भवतः पहिलो हुन सक्ने बताउनुभयो । आर्थिक अवस्थाले कमजोर दिलमाया

धनगढी उपमहानगरमा कांग्रेस विजयी

Image
प्रदेश नं सातको एकमात्र उपमहानगरमा नेपाली कांग्रेसले ठूलो मत अन्तरले विजय हासिल गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार प्रमुख पदका उम्मेदवार नृप वड र उप प्रमुख पदका उम्मेदवार सुशीला मिश्र भट्ट विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार प्रमुखमा कांग्रेसका नृपबहादुर वड १४ हजार ३ सय २४ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार५ सय २७ मत प्राप्त गरे । यसैगरी उपप्रमुखमा कांग्रेसकै सुशीला मिश्र भट्टले १७ हजा ४ सय ८मत ल्याइ विजय हासिल गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी रुक्मिणी देवकोटाले १२ हजार७ सय ६३ मत पाइन् । एमालेका प्रमुख पदका उम्मेदवार दुर्गा जोशी भने चौथो स्थानमा मत ल्याएका छन् । जोशीले ९९४६ मत ल्याए भने माओवादीका रामसमझ रानाले १०२२९ मत ल्याए । नेपाली कांग्रेसले प्रमुख र उपप्रमुख सहति १२ वटा वडामा पनि विजय भएको छ । नेपाली कांग्रेसले १, २, ४, ५, ७, ८, ९, १०, १२, १३, १६ र १७नं वडामा विजय हासिल गरेको छ । दोस्रो स्थानमा नेकपा एमालेले दुइ वडामा मात्र सिमिति हुनु प

बझाङमा पहिरोले २ घर पुरिए

Image
0 २६ पटक हेरिएको प्रकाशित: २०७४ आषाढ २३ शुक्रबार, ०८:१० बजे बझाङमा पहिरोले २ घर पुरिए बझाङ । ३ दिनदेखि परेको अबिरल वर्षासँगै आएको पहिरोले बझाङको वित्थडचिर गाउँपालिकाका २ घर पुरेको छ । बिहीबार घरमाथिबाट पहिरो खस्दा विथ्थडचिर गाउँपालिका–५ का खड्कसिंह महर र हरिललाल महरको पक्की घर पुरेको हो । घरमा पहिरो खसेपछि स्थानीयको भागाभाग भएको थियो । पहिरोले घरमा पूर्ण रुपमा क्षति पुर्‍याएको जनाइएको छ । घर पूर्ण रुपमा क्षति भएपनि एकीन तथ्याङ्क भने आई नसकेको बझाङका अप्रमुख जिल्ला धिकारी केशबबहादुर थापाले बताए । उनका अनुसार पहिरोले धनसम्पत्ति, लत्ताकपडा, भाडाकुडा सबै पुरिएको छ । पहिरोमा परिएको सामग्री स्थानीय र प्रहरीको सहयोगमा निकाल्ने प्रयास गरेपनि पूर्ण सम्भव भने भएन । ‘गत वर्ष २ लाख रुपैयाँ खर्च गरेर घर बनाएको थिए,’ पीडित महरले भने, ‘सबै पहिराले पुरेपछि परिवारको विचल्ली भएको छ ।’ उनी जस्तै खड्कसिंह महरको पनि पुर्खाैली घर पहिरोमा पुरेपछि विचल्ली परेको छ । पहिरोले घर पुरिएपछि दुबै परिवार स्थानीय विद्यालयको १ कोठामा आश्रय लिएर बसिरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रको ताए ।

लम्की र घोडाघोडीमा एमाले विजयी

कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । नगरप्रमुखमा महादेव बजगाई छ हजार ८१९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भक्तबहादुर थापाले छ हजार २५५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गोकुल बाँस्तोलाले जानकारी दिनुभयो । उपप्रमुखमा एमालेकी टीका थापा सात हजार ९०५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका धनादेवी चौधरीले पाँच हजार ४९ मत प्राप्त गर्नुभयो । सो नगरपालिकामा ३९ हजार २३५ मतदाता रहेकामा २८ हजार ३५४ मत खसेको थियो । यस्तै कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख र उपप्रमुखमा पनि एमाले विजयी भएको छ । प्रमुखमा ममताप्रसाद चौधरी आठ हजार १६४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लक्ष्मण चौधरीले सात हजार २३७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उपप्रमुखमा एमालेकै प्रेमकुमारी थापाले सात हजार २३४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी दुर्गा चलाउने खड्काले सात

बैतडीमा बस दुर्घटनामा पाँचजना घाइते

काठमाडौँबाट गन्नाका लागि छुटेको यात्रुवाहक बस आज बिहान महाकाली राजमार्र्गअन्तर्गत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सुर्नया–३ का २४ वर्षीय गाडी चालक रामदत्त भट्ट, डोटी गैराका १८ वर्षीय गाडी स्टाफ लोकेश बोहरा, डडेल्धुरा जोगबुढा–२ का गाडी स्टाफ भरत बिष्ट, बैतडी दोगडाकेदार–७ का हरिसिंह कार्की र सोही ठाउँ बस्ने १७ बर्षीय दीपक लुहार रहेका जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । घाइते पाँचैजनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका लागि डडेल्धुरा पठाइएको उहाँले बताउनुभयो । उग्रतारा यातायातको बा ३ ख ५१७५ नंको बस सुर्नया–३ धरमघर नजिक शुक्रबार बिहान सवा ३ बजे दुर्घटनामा परेको हो । बस सडकबाट करिब २०० मिटर तल खसेको छ । बस दुर्घटनाको कारण खुल्न सकेको छैन । रासस

महाकालीले भत्कायो तटबन्ध

Image
असार २३, २०७४- चार वर्षअघिको बाढीको झल्को दिने गरी उर्लिएको महाकालीले निर्माणाधीन तटबन्धको फाउन्डेसन भत्काएपछि स्थानीय त्रस्त छन् । बाढीले महाकाली नदी नियन्त्रण आयोजनाको प्याकेज नम्बर १० मा हालिएको पक्की तटबन्धको वाल भत्काएर थप कटान गरिरहेको छ ।  तीन दिनयता नियमितजसो भइरहेको वर्षाले नदीको वहाव ह्वात्तै बढाएपछि बंगाबगड क्षेत्रका स्थानीय त्रासमा छन् । २०७३ कात्तिकमा भारतपट्टि सुख्खा पहिरो गएको थियो । त्यसैका कारण नदीको वहाव नेपालतर्फ मोडिँदा तटबन्धको वाल धस्सिएको प्रशासनले जनाएको छ । फाउन्डेसन नदी सतहभन्दा माथि रहेकाले बाढीले माटो बगाउँदा वाल भत्केको प्राविधिकको भनाइ छ । फेदबाट नदीले कटान गरेकै कारण १० मिटर लम्बाइ, ५ मिटर चौडा र ७ मिटर उचाइको तटबन्ध जमिनबाट छुट्टिन पुगेको छ । कटान सुरु गरेपछि सेना, सशस्त्र, नेपाल प्रहरी, निर्माण व्यवसायी र स्थानीय मिलेर जाली भरिरहेका छन् । डोजरमार्फत ढुंगा राख्न सुरु गरिएको छ । पक्की तटबन्ध बनिरहे पनि नदीको वहावले भत्काएपछि गुणस्तरमा प्रश्न उठेको छ । तटबन्धको जग पानीको सतहबाट एक मिटर तल राख्नुपर्ने प्रावधान पूरा गरिएको छैन

सर्पले डसेर रौतहटमा २ को मृत्यु

विषालु सर्पले डसेर शुक्रबार बिहान रौतहटमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईसनाथ गाउँपालिका २ लक्ष्मिनिया निवासी १४ वर्षीय असरे आलम र गौर नगरपालिका ३ बस्ने ४५ वर्षीया मुनीकुमारी पटेल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आलमलाई खेतमा सिंचार्इं गर्ने क्रममा र पटेललाई घर आंगनमा बसेको बेला विषालु सर्पले डसेको प्रहरीले जनाएको । सदरमुकाम गौरभन्दा करिब १६ किलोमिटर पश्चिममा भारतीय सिमानासँग जोडिएर रहेको लक्ष्मिनियामा सर्पले डसेर बिरामी भएका आलमलाई उपचारको लागि भारतको घोडसहन पुर्‍याइएको थियो । उनको उपचारको क्रममा घोडासहन अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । रौतहटमा अहिले सर्पदंशको घटना बढेको गौर अस्पतालले जनाएको छ ।  

‘वनको नयाँ निर्देशिका अव्यावहारिक छ’

Image
वनको जग्गा उपयोगसम्बन्धी सरकारको पछिल्लो निर्देशिकाले अरुण तेस्रो र माथिल्लो कर्णालीसहित अन्य साना तथा ठूला सबै जलविद्युत आयोजना निर्माणमा थप तगारा सिर्जना भएको निजी जलविद्युत लगानीकर्ताले बताएका छन्। यही सेप्टेम्बर महिनासम्म वित्तीय स्रोत जुटाइसक्नुपर्ने समयसीमा पाएका ९००/९०० मेगावाट क्षमताका अरुण तेस्रो र माथिल्लो कर्णाली आयोजनालाई नयाँ निर्देशिकाले असर पर्ने बताइएको छ। भारतीय सरकारी कम्पनीले निर्माण गर्न लागेको अरुण तेस्रो तथा भारतीय निजी कम्पनीले निर्माण गर्न लागेको माथिल्लो कर्णाली परियोजनासम्बन्धी विकास सम्झौता अढाई वर्षअघि नै भएको हो। तर त्यसयता यी दुवै आयोजनाले आफूहरुलाई वनको जग्गा उपयोगसम्बन्धी नियमले असर पारेको बताउँदै आएका थिए। त्यसैले आफूलाई आयोजना विकास सम्झौतामा उल्लेख प्रावधान अनुरुपनै अघि बढ्न दिनुपर्ने भनाइ राख्दै आएका ती आयोजनाले नयाँ निर्देशिकाले बाटो खोल्ने ठान्दै थिए। उनीहरुले एकको सट्टा २५ रुख रोप्न नसक्ने र त्यो कुरा सम्झौताको विपरीत भएको बताएका छन्। साथै जमिनको सट्टा जमिन दिन पनि नसक्ने उनीहरुको भनाइ छ। शैलेश गुरागाईं, अध्यक्ष, इप्पान तर केही साताअघि वन मन्त्राल

कोरियाली विवाद: ट्रम्पद्वारा चीनको आलोचना

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियासँग चीनले व्यापार सम्बन्ध बढाइरहेको भन्दै आलोचना गरेका छन्। उत्तर कोरियाले पछिल्लोपटक फेरि क्षेप्यास्त्र परीक्षण गरेपछि ट्रम्पको त्यस्तो प्रतिक्रिया आएको हो। उक्त परीक्षणको प्रतिक्रियामा अमेरिका र दक्षिण कोरियाले संयुक्त रुपमा 'बलिस्टिक' क्षेप्यास्त्र प्रक्षेपणको अभ्यास गरेका छन्। चीन र रुसले भने दुवै पक्षलाई सैनिक शक्ति प्रदर्शन बन्द गर्न आह्वान गरेका छन् र उत्तर कोरियामा सत्ता परिवर्तन गराउने प्रयासको विरोध गर्ने बताएका छन्। रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले उत्तर कोरियाको संकटलाई बलपूर्वक समाधान गर्ने कुनै पनि कदमको रुस र चीनले विरोध गर्ने बताएका छन्। उत्तर कोरियालाई आर्थिक रुपमा एक्ल्याउने प्रयासको पनि ती दुई देशले विरोध गर्ने उनले बताएका छन् उत्तर कोरियाका थुप्रै परीक्षणमध्येको सो पछिल्लो परीक्षणले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रतिबन्धको उल्लंघन गरेको थियो। यसै हप्ता परीक्षण गरिएको सो क्षेप्यास्त्र अमेरिकाको अलास्का राज्यसम्म पुग्न सक्ने विज्ञहरुको अनुमान छ। अमेरिकाले सो विषयमा छलफल गर्नका लागि तुरुन्तै सुरक्षा परि

मल खरिदमा अनियमितता मल खरिदमा अनियमितता

Image
काठमाडौं : मुख्य खाद्यान्न बालीमा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत फेरि अर्को अनियमितता हुन लागेको छ । परियोजनाले डेढ साताभित्रमा खरिद गरी सोहीअवधिमा वितरण गरिसक्ने भनेर दुई हजार मेट्रिक टन भर्मिक कम्पोस्ट मल खरिद गर्न लागेको छ। परियोजनाले आफैं यो परिमाणमा मल खरिद गर्नुभन्दा कृषि सामग्री कम्पनीलाई खरिदको जिम्मेवारी सुम्पेको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालीन कृषि मन्त्री गौरिशंकर चौधरी र सोही मन्त्रालयका सचिव डा.सुरोज पोखरेलको चर्को दबाबमा मल खरिद प्रक्रिया अघि बढाइएको हो । चितवनको दिव्या अर्गानिक फर्टिलाइजरका सञ्चालक नरेन्द्र गिरीको मल खरिद गर्न पूर्वप्रधानमन्त्री दाहालदेखि कृषि मन्त्री चौधरी र सचिव पोखरेलसम्मले कृषि सामग्री कम्पनीलाई दबाब दिएका छन् । व्यवसायी गिरीको दाहालको भान्साकोठासम्म पहुँच छ । सबैतिरको चर्को दबाबका कारण कृषि सामग्री कम्पनीले केही समयअघि मात्रै दुई हजार सात सय मेट्रिक टन प्रांगारिक धुलो मल, दुई हजार मेट्रिक टन भर्मिक कम्पोस्ट मल र दुई हजार आठ सय मेट्रिक टन प्रांगारिक दानादार मल खरिद गर्

शुक्लाफाँटाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयरसहित सबै स्थानीय प्रतिनिधिले बुधबार सपथ ग्रहण गरेका छन् । असार १४ गते भएको दोस्रो चरणको निर्वाचनवाट निर्वाचित भएका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यले सपथ ग्रहण गरेका हुन् । नवनिर्वाचित नगर प्रमुख दिल वहादुर ऐर, उपप्रमुख तुलसी हमाल लागाएत १२ वटै वडाका वडाअध्यक्षलाई शुक्लाफाँटा नगरपालिकाका निर्वाचन अधिकृत प्रेम सिंह कुवँरले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । त्यस्तै शुक्लाफाटा नगरपालिकाका १२ वटै वडाका सदस्यलाई नवनिर्वाचित नगर प्रमुख दिल वहादुर ऐरले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । नवनिर्वाचित जनप्रतिनिधिले जनताको चाहना अनुसार विकास निर्माणका कामलाई अघि बढाएर लैजाने बताएका छन् । जनप्रतिनिधिको कार्यालय व्यवस्थीत गर्न केही समय लाग्ने बताउदै नगरपालिकाका कार्यकारी अधिकृत शेर बहादुर बुढाले शुक्रबार जनप्रतिनिधिले पदभार ग्रहण गर्ने बताए ।

अमरगढीमा एमालेले जितेपछि कांग्रेसमा 'रडाको'

डडेल्धुरा । कांग्रेसको ‘गढ’ मानिने डडेल्धुराको अमरगढीमा एमालेले जित हासिल गरेपछि डडेल्धुरा सदरमुकाम बागबजारमा कांग्रेसको एक समूहले सोमबार नारा जुलुस गरी र्‍याली निकालेको छ । अमरगढीमा एमालेले जित्नुको अर्थ ‘अन्तर्घात’ भएको भन्दै कांग्रेसको एक पक्षले कारवाहीको माग गर्दै भीमदत्त चोकमा कोणसभा गरेको हो । ‘अन्तर्घाती’लाई कारवाही नभएसम्म पार्टी कार्यालयमा तालाबन्दी हुने अमरगढीमा मेयर पदमा पराजित भएका कांग्रेस नेता दिल्लीराज जोशीले बताए । अमरगढी–६ बाट सदस्यमा निर्वाचित अधिवक्ता गणेशराज भट्टले ९० प्रतिशत कांग्रेस भएको अमरगढीमा पार्टीका नेताले टिकट नपाएको आवेगमा पार्टीलाई सहयोग नगरेको आरोप लगाए । ‘९० प्रतिशत कांग्रेस भएको नगरमा एमाले कहाँबाट आयो ? यो सरासर पार्टीका नेताले गरेको अन्तर्घात हो,’ उनले भने ।

मुग्लिन–नारायणगढ सडकखण्डमा राति सवारी चलाउन नदिन विकास समितिको निर्देशन

असार २०, २०७४- संसदको विकास समितिले स्तरोन्नतीको क्रममा रहेको मुग्लिन–नारायणगढ सडक खण्डमा राति सवारी साधन पूर्णरुपमा बन्देज गर्न  निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । समिति सभापति रविन्द्र अधिकारीले मुग्लिन–नारायणगढ सडक खण्डको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेको र राति यो जोखिम थप बढ्ने भएकाले सवारी बन्देज गर्न निर्देशन दिइएको बताए । समितिले केही दिन अघि यो सडक खण्डको अनुगमन गरेको थियाे । समितिले नागढुंगा क्षेत्रको सडकमा रहेको बिजुलीको पोलगायत अवरोध हटाउनसमेत निर्देशन दिएको छ ।  

अमेरिका र दक्षिण कोरियाको उत्तरलाई चेतावनी

Image
  उत्तर कोरियाले अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको प्रतिक्रिया स्वरुप संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरेका हुन्। एकजना अमेरिकी जर्नेलले भनेका छन्- यी दूई एकअर्काका समर्थक देशहरुले संयम रोजेका छन् तर त्यो परिस्थिति परिवर्तन हुन सक्छ। वाशिङटन र सिओल दुवैले उत्तर कोरियाले मंगलबार गरेको परिक्षण अन्तरमहादेशीय थियो भन्ने पुष्टि गरेका छन्। प्योङयाङले आफूसँग आणविक युद्ध छेड्न सक्ने क्षमता भएको दावी गरेको छ। उत्तर कोरियाली राज्य सञ्चालित सञ्चार माध्यमले उनका नेता कीम जोङ उनले अमेरिकालाई व्यंग्य गरेको वाक्य उदृत गरेका छन्। उनले भनेका छन् 'क्षेप्यास्त्र अमेरिकीहरुलाई उनिहरुको स्वतन्त्रता दिवसको उपहार हो।' चीन र रुसले उत्तर कोरियालाई अमेरिका र दक्षिण कोरियाको अभ्यास रोक्ने कामको बदला उसका सबै हतियार सम्बद्ध कार्यक्रमहरु स्थगित गर्न आह्वान गरेका छन्। अमेरिकाले उक्त विषयमा छलफल गर्न संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको आपतकालीन बैठक डाक्न माग गरेको छ। पन्ध्र सदस्यीय उक्त निकायको बैठक बुधबार अबेर बस्नेछ।

रुकुममा श्रीमानद्धारा कान्छी श्रीमतिको हत्या

२०-असार /  रुकुम चौरजहारी नगरपालिका १४ नुवाकोटमा श्रीमानले कान्छी श्रीमतिको हत्या गरेका छन । स्थानीय ४५ बर्षिय श्रीमान डिल्लीबहादुर राणाले कान्छी श्रीमति बर्ष ४१ की ललिता राणालाई घरेलु हतियार प्रयोग गरेका हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । हत्याको कारण नखुलेको भएपनि घरायसी झगडाका कारण हत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक थमन रजाँलीले जानकारी दिए । राणाले १ बर्ष अघि कान्छी श्रीमति ल्याएका थिए भने जेठि श्रीमति पनि घरमा नै बसिरहेकी छिन । हत्यामा संलग्न राणालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिहेको बताईएको छ ।

भारतले तटबन्ध निर्माणमा चासो नदिँदा आधा दर्जन गाउँ डुबानमा

Image
नेपालले साढे तीन वर्षअघि गरेको प्रस्ताव भारतले स्वीकार नगर्दा दक्षिणी सप्तरीका आधा दर्जन गाउँ डुबानमा परेका छन् । पूर्व-पश्चिम (महेन्द्र) राजमार्गदेखि नेपाल-भारत सीमा क्षेत्रसम्म खाँडो नदीमा दुवैतर्फ तटबन्ध निर्माण गर्न नेपालले सन् २०१४ को जनवरीमै प्रस्ताव गरे पनि भारतले अहिलेसम्म स्वीकार गरेको छैन । सिँचाइ मन्त्रालयअन्तर्गतको जलउत्पन्न प्रकोप नियन्त्रण विभागले 'नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापनसम्बन्धी संयुक्त समिति' (जेआईसीएफएम) मार्फत भारतलाई खाँडो नदी नियन्त्रणका लागि विस्तृत प्रतिवेदन (डीपीआर) बुझाएको थियो । विभागका सिनियर डिभिजनल इन्जिनियर अरविन्दकुमार गुप्ताका अनुसार दुवै देशका सम्पर्क अधिकारी सम्मिलित संयुक्त टोलीले सर्भे गरेर डीपीआर तयार गरेको थियो । नेपाल-भारतबीच सीमा क्षेत्रका नदी तथा खोलामा तटबन्ध निर्माण गरी दुवै देशका बासिन्दाको जिउज्यान सुरक्षा गर्ने उद्देश्यले झन्डै दुई दशकदेखि संयुक्त रूपमा तटबन्ध निर्माण कार्य हुँदै आए पनि खाँडोको हकमा भारत अहिलेसम्म प्रवेश गरेको थिएन । तर, संयुक्त रूपमा डीपीआर तयार भएपछि भारतले तत्काल सहमति दिने र निर्माण कार्य अघि बढ्नेमा