Posts

Showing posts with the label पर्बत

विवाहको प्रलोभनमा शारीरिक सम्बन्ध, त्यसपछि हत्या

२२ वर्षिया कमला शर्मा कक्षा १२ को परीक्षाको तयारीमा थिईन् । उनीको पर्वतका २३ वर्षिय प्रदिप पराजुलीसँग चिना परिचय भयो । अन्ततः आज,भोली,पर्सी धाउँदै र फेशवुकबाट सुन्दर भविश्यका सपना देखाउँदै माया प्रेमको जालमा फसाउन सफल भए पराजुली । उनीहरुवीच लामो समयदेखि प्रेम सम्वन्ध चल्दै थियो । विवाहको प्रलोभनमा उनले पराजुलीलाई शारीरिक सम्बन्ध समेत भयो । त्यहि क्रममा शर्माले गर्भधारण गरिन् । दिन प्रतिदिन पेटमा बढ्दै गएको शिशु के जन्मिएला ? कस्तो जन्मिएला ? यस्तैयस्तै मिठा सपनाहरु देख्दै आएकी शर्माले त्यो सपना प्रेमी पराजुलीसँग साट्न चाहिन् । तर, त्यो खुशी साटेको केहिछिन नवित्दै आफ्नै मुटुको टुक्रा ठानिएका प्रेमीले गला रेटेर ज्यान लियो र कालिगण्डकीमा फालिदियो । केहिदिन अघि गुल्मीको खड्गकोट पुछार कालिगण्डकी नदि किनारमा मृत फेला परेकी युवतीको घटना हो यो । वेवरिसे अवस्थामा भेटिएको उनको शव गुल्मी जिल्ला प्रहरी कार्यालयमा ल्याईयो । प्रहरीले शवको सनाखत पनि ग¥यो । शव वाग्लुङ्ग जैमुनी गाउँपालिका वडा नम्वर ८ की कमला शर्माको भएको खुल्यो । उनको हत्या गरेर कालिगण्डकीमा फाल्ने पर्वतका विहादी गाउँपालिका वडा नम्वर २...