Posts

Showing posts with the label लागु पदार्थ

लागु औषध चरेश सहित २ जना पक्राउ

धनगढी, बैशाख ८। प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ प्रकृतिनगरम बाट लागु औषध चरेश सहित २ जनालाई पक्राउ गरेको छ। प्रकृतिनगरमा पसल सञ्चालन गरीबस्ने ३५ बर्षका प्रजापति पन्त र वडा नम्बर ४ का रामसिह धामिलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले पन्तको पसलबाट खरीदबिक्रि भईरहेको अवस्थामा ३ किलो ४ सय ग्राम लागु औषध चरेश सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

डेढ किलो चरेस सहित एक वृद्ध पक्राउ

ध्ननगढी, वैशाख ५ लागु औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय महेन्द्रनगरले एक किलो ५ सय ग्राम चरेस सहित एक ७४ वर्षीय वृद्धलाई पक्राउ गरेको छ । मंगलवार साँझ भीमदत्तनगरपालिका–४ बसपार्क क्षेत्रबाट बझाङ छविस पाथीभरा गाउँपालिका–४, कडेलका चन्द्रदेव जोशीलाई व्यूरोको टोलीले चरेस सहित पक्राउ गरेको हो । पक्राउ गरेका जोशीलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।

कैलालिको अत्तरिया बाट लागू औसध चरेस सहित दुई जना पक्राउ

अत्तरिया चैत २६। लागू औसध चरेस सहित कैलालिको अत्तरिया बाट प्रहरीले सोमबार साझ दुई जना महिला लाई पक्राउ गरेको छ। अत्तरिया बजारको पुर्वी रोडमा खोका पसल सञ्चालन गर्ने सुनिता गुरुङ र अमृता बिष्ट लाई चरेश सहित पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय मालाखेतिको टोलिले पसलमा चरेस बिक्रि गरिरहेको अबस्थामा सुनिताको साथ बाट एक सय ग्राम र अमृताको साथ बाट २ सय ८० ग्राम चरेसको पुडिया सहित पक्राउ गरेको हो । पक्राउ परेका दुबै जना लाई जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले बताए।

१६० किलो लागूऔषध चरेश सहित एक जना भारतीय नागरिक पक्राउ

मलेखु, धादिङ, चैत २३ गते । प्रतिबन्धित लागूऔषध चरेश लुकाइछिपाइ काठमाडौँबाट वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा आज बिहान प्रहरीले बरामद गरी एकजनालाई पक्राउ गरेको छ । प्रहरीले एच आर ५५ एक्स २५४९ नं को भारतीय कण्टेनर गाडीमा १६० किलोग्राम ५०० ग्राम लागूऔषध चरेशसहित बरामद गरेको छ । चरेशसँगै गाडी चालक भारत मणिपुर निवासी २४ वर्षीय शचिकान्त कुशवाहलाई पक्राउ गरी हिरासतमा लिएर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । लुकाइछिपाइ भारत निकासी गर्न लागिएको सो लागूऔषध जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, गजुरीको संयुक्त प्रहरी टोलीले बरामद गरेको हो ।

कैलालीको अत्तरियाबाट ३ किलो चरेससहित २ जना पक्राउ

धनगढी,५ चैत । कैलालीको अत्तरियाबाट ३ किलो लागू औषध चरेस सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय मातहतको क्षेत्रीय अनुसन्धान समूहको टोलीले अत्तरिया बसपार्कबाट लागू औषध बिक्री गर्ने र किन्नेलाई पक्राउ गरेको हो । लागू औषध चरेस बिक्री गर्न लागेका बाजुरा गौमुल गाउँपालिका–३, पाते बस्ने २१ वर्षीय भबिन्द्र धामी र खरिद गर्ने कैलालीको गोदावरी नगरपालिका–२, बस्ने ४८ वर्षीया भीमा थापालाई ३ किलो लागू औषधसहित पक्राउ गरिएको क्षेत्रीय अनुसन्धान समूहका प्रहरी सहायक निरिक्षक केशब जोशीले जानकारी दिए । बरामद चरेस र पक्राउ परेकाहरुलाई थप कारबाहीका लागि अत्तरियास्थित ईलाका प्रहरी कार्यालयलाई बुझाइएको क्षेत्रीय अनुसन्धान समूहले जनाएको छ । देश नं ७ को उपक्षेत्रीय अस्पताल डडेल्धुराले फिजियो थेरापी तथा अत्याधुनीक ल्याब सेवा बिस्तार गरेसँगै बिरामीलाई सहज भएको छ ।