Posts

Showing posts with the label नेपाली कांग्रेस

डोल्पामा नेपाली काँग्रेसको छायाँ सरकार

डोल्पा, वैशाख १६ गते । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली काँग्रेसको छाँया सरकार गठन गरिएको छ । नेपाली काँगे्रसले डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नपामा पहिलो पटक छायाँ सरकार गठन गरेको हो । त्रिपुरासुन्दरी नगरपालिकाका मोतीप्रसाद उपाध्यायको संयोजकत्वमा छायाँ सरकार गठन गरिएको हो । छायाँ सरकारको सहयोगीका रुपमा त्रिपुरासुन्दरी नगरपालिका तरुण दलका संयोजक मदनबहादुर रोकायाको संयोजकत्वमा १८ सदस्यीय तरुण दल समिति गठन गरिएको पनि नेपाली काँग्रेस डोल्पाले जानकारी दिएको छ । छायाँ सरकारले त्रिपुरासुन्दरी नगरपालिकाभित्रका निर्वाचित जनप्रतिनिधि तथा स्थानीय सरकारलाई राम्रो काममा सहयोग र नराम्रा काममा विरोध गर्ने पनि जनाइएको छ । अबको केही समयमै बाँकी ६ गाउँपालिका र ठूलीभेरी नगरपालिकामा पनि छायाँ सरकार गठन गर्ने तरुण दल, डोल्पाका सभापति तुलबहादुर बोहोराले जानकारी दिनुभयो । - (रासस)

धनगढी उपमहानगरमा कांग्रेस विजयी

Image
प्रदेश नं सातको एकमात्र उपमहानगरमा नेपाली कांग्रेसले ठूलो मत अन्तरले विजय हासिल गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार प्रमुख पदका उम्मेदवार नृप वड र उप प्रमुख पदका उम्मेदवार सुशीला मिश्र भट्ट विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार प्रमुखमा कांग्रेसका नृपबहादुर वड १४ हजार ३ सय २४ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार५ सय २७ मत प्राप्त गरे । यसैगरी उपप्रमुखमा कांग्रेसकै सुशीला मिश्र भट्टले १७ हजा ४ सय ८मत ल्याइ विजय हासिल गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी रुक्मिणी देवकोटाले १२ हजार७ सय ६३ मत पाइन् । एमालेका प्रमुख पदका उम्मेदवार दुर्गा जोशी भने चौथो स्थानमा मत ल्याएका छन् । जोशीले ९९४६ मत ल्याए भने माओवादीका रामसमझ रानाले १०२२९ मत ल्याए । नेपाली कांग्रेसले प्रमुख र उपप्रमुख सहति १२ वटा वडामा पनि विजय भएको छ । नेपाली कांग्रेसले १, २, ४, ५, ७, ८, ९, १०, १२, १३, १६ र १७नं वडामा विजय हासिल गरेको छ । दोस्रो स्थानमा नेकपा एमालेले दुइ वडामा मात्र सिमिति हुनु प...

अछाममा कांग्रेस र माओवादीद्वारा मतदान प्रक्रिया खारेजीको माग

Image
अछाम : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र अछामले चौरपाटी गाउँपालिका ४ पायल स्थित बैजनाथ मतदान केन्द्रको मतदान प्रक्रिया खारेजीको माग गरेका छन् । एमाले उपाध्यक्ष भिम रावलको निर्देशन र एमाले जिल्ला अध्यक्ष शेरबहादुर कुवरको प्रत्यक्ष नेतृत्वमा सुरक्षाकर्मी रमतदान अधिकृतको संलग्नतामा अरु पाटीका प्रतिनिधि र मतदातालाई लखेटी एकलौटी रुपमा गरिएको मतदान प्रक्रिया खारेजीको माग गरेका हुन् । कांग्रेस सचिव नमबहादुर शाही र माओबादी केन्द्रका संयोजक झपट साँउदले संयुक्त विज्ञप्ति प्रकाशित गरि आफुहरुको सहभागिता नरहेको मतदान प्रक्रिया खारेजी गरि सत्यतथ्य छानबिनको माग गरेका छन् । पुनः मतदान प्रक्रिया अघि नबढाएसम्म चौरपाटी गाउपालिकाका कुनै पनि वडाको मतगणना अघि बढाउन नदिने विज्ञप्तिमा उल्लेख छ । मतदानका क्रममा प्रेस पासको दुरुपयोग गर्दै एमाले समर्थित पत्रकारले अरुको नाममा पनि मतदान गरेको भन्दै दुई पाटीका उम्मेदवारले मतदान अधिकृतलाई मतदान स्थगित गर्न बुधबार ११ बजे नै निवेदन दिएका थिए । आफुहरुलाई बिहानै देखि मतदान स्थलबाट लखेटेर एकलौटी रुपमा मतदान सम्पन्न गराएको दुई पाटीको आरोप छ । पायल एमाले जिल्ला अध्यक...