Posts

Showing posts with the label सचीब

आलोपालो चलाउँदै सचिव - स्थानीय तह -‘स्टोरकिपर’ देखि कार्यालय प्रमुखसम्म एउटै -आवश्यक कर्मचारी नहुँदा विकास निर्माण भएन - छैनन् नयाँ योजना

गुल्मीको दुर्गम मालिका गाउँपालिकाका ८ वटा वडामध्ये २ मा सचिव छैनन् ‘सेवा दुवै वडामा पुर्‍याउनैपर्‍यो,’ उनी भन्छन्, ‘दिन बाँडेर भए पनि काम गरेकै छु ।’ वडा ४ अर्खाबाङमा दुई दिन बिहानदेखि साँझ र ३ हाङदीमा ४ दिन पुग्ने गरेको उनले बताए । मालिकाका वडा ७ र ८ मा पनि एउटै सचिवले काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले बताए । सिंगो गाउँपालिकामा एकमात्र सुब्बा हुँदा स्टोरदेखि योजनासम्म एक्लै हेर्नुपरेको उनले सुनाए । चन्द्रकोट गाउँपालिकाका ८ वडामध्ये ४ मा मात्र सचिव छन् । बाबुराम भुसाल गाउँपालिकासँगै कफी विकास केन्द्र आँपचौर र जिल्ला हुलाक कार्यालयका समेत लेखापाल हुन् । दैनिक कार्य सञ्चालनका लागि आवश्यक नासुसम्म गाउँपालिकामा नभएको अध्यक्ष द्रोण खत्रीले बताए । ‘काम गर्नै समस्या परेपछि सचिवलाई वडाबाट झिकाएर गाउँपालिकामै बसेर वडाका काम गर्न लगाएका छौं,’ उनले भने । शिक्षा शाखाका लागि विद्यालय निरीक्षक जीवन खनाललाई चन्द्रकोट र सत्यवती गाउँपालिका हेर्ने गरी खटाइए पनि उनले अहिलेसम्म कार्यालयबाट रमानासमेत बुझेका छैनन् । कृषि शाखामा कर्मचारीकै कारण कुनै काम हुन नसकेको ४ नम्बर वडाध...