Posts

Showing posts with the label चमेलीया जलविद्युत

बैशाख अन्तिम सातादेखी चमेलिया जलविद्युत आयोजनमा ८ मेगावट विद्युत थपिने

चमेलीयामा बैशाख अन्तिम सातादेखी ८ मेगावट विद्युत थपिने भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर २ देथलामा अपि पावर कम्पनी लिमिटेडले निर्माण गरीरहेको अपर नौगाडले उत्पादन गर्ने विद्युत थपिने भएको हो । नीजि क्षेत्रबाट उत्पादन भइरहेको माथिल्लो नौगाड साना लघु जलविद्यूतले बैशाख अन्तिम साता उत्पादन शुरु गर्ने तयारी भइरहेको आयोजना प्रमुख भुपाल अधिकारीले जानकारी दिए । गत माघ २७ गते शैल्यशिखर नगरपालिका १ शिखरबाट चमेलियामा ३० मेगावट विद्युत उत्पादन भइरहेको छ । नौगाडबाट उत्पादन हुने विद्युत सिधै बलाँचमा रहेको चमेलिया जलविद्युत आयोजनाको १ सय ३२ केभी प्रसारण लाइनमा जोडिने छ । २०७३ पुषदेखि निर्माण शुरु गरेको अपर नौगाडले १७ देखि १८ महिनामा विद्युत उत्पादन गर्ने जनाएको छ । हाल नौगाडको निर्माण कार्य झण्डै ८० प्रतिशत सकिएको छ । विद्युतको प्रसारण लाइनको काम सकिएको छ भने विद्युतको इन्टेक निर्माणको कार्य भइरहेको छ । नौगाड गाउँपालिकाको धुलीगडा भएर बग्ने नौगाड खोलामा विद्युत निकाल्ने काम भइरहेको हो । यसअघि सोहि ठाउँको देथलामा ८ दशमल ८ मेगावट विद्युत उत्पादन भइसकेको छ । अपि पावर कम्पनीले नै उक्त ठाउँमा विद्युत न...

शनिवार उदघाटन हुने चमेलिया यसरी सिंगारिदै छ

Image
दार्चुला । लामो समयदेखि प्रतिक्षा गरिएको चमेलिया जलविद्युत आयोजनाको शनिवार औपचारिक रुपमा उदघाटन हुदैछ । ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको सम्पूर्ण काम सम्पन्न भएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले चमेलिया जलविद्युत आयोजनाको शनिवार उद्घाटन गर्नुहुने छ । प्रधानमन्त्री देउवाले ११ बजे पछि चमेलिया जलविद्युत आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजना प्रमुख अजय कुमार दहालले जानकारी दिनुभयो । चमेलिया जलविद्युत आयोजनाको शनिवार हुने उदघाटनका लागी चमेलिया क्षेत्र सिंगारिदैछ । लामो समयको प्रतिक्षापछि निर्माण सम्पन्न भएको चमेलियाको पावर हाउँस क्षेत्रमा सिंगार्न थालिएको हो । हाउँस क्षेत्रमा फुलहरु रोप्ने कार्य भईरहेको छ । बैतडी र दार्चुलाको सिमानदी चमेलियामा २०६३ पुष देखि निर्माण सुरु भएको चमेलिया जलविद्युत आयोजनाले गत पुष देखि परिक्षण प्रशारण सुरु गरेको थियो । परिक्षणका क्रममा सफल देखिएपछि निर्माण सुरु भएको ठिक ११ बर्षपछि चमेलियाबाट विद्युत उत्पादन भएको हो । चमेलियाको सुरुको लागत साढे ८ अर्ब बाट बढेर १५ अर्ब पुगेको छ भने २०६८ मा सम्पन्न हुनुपर्ने आयोजना बिभिन्न पटक म्याद थप गर्दै ...

चमेलियाको दोस्रो युनिटबाट परीक्षण उत्पादन शुरु

दार्चुला, १८ माघ-तीस मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिटबाट परीक्षण उत्पादन बुधवारदेखि शुरु भएको छ। पहिलो युनिटबाट १५ मेगावाट उत्पादन गरिरहेकामा दोस्रो युनिटबाट उत्पादित बिजुली परीक्षणका लागि बुधवार बिहान ११ बजे राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिनुभयो । परीक्षण शुरु भएसँगै अबको दुई साताभित्र व्यावसायिक उत्पादन थालिने आयोजनाले जनाएको छ । दुई वटा युनिट सञ्चालनमा आएपछि दैनिक छ घण्टा (बिहान र साँझ ६ देखि ९ बजेसम्म) पूर्ण क्षमतामा ३० मेगावाट विद्युत् उत्पादन हुने आयोजना प्रमुख दाहालको भनाइ छ । पुस अन्तिम सातादेखि सञ्चालन भएको पहिलो युनिटले अहिले माग बढी हुने बिहान र साँझको तीन÷तीन घण्टा १५ मेगावाट र अन्य समयमा १० देखि १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । निर्माण सम्पन्न ३० मेगावाटको आयोजनामा १५ मेगावाट क्षमताका दुई वटा युनिट राखिएका छन् । निर्माण शुरु भएको झण्डै ११ वर्षपछि चमेलिया पूर्ण क्षमताका सञ्चालन हुन लागेको हो ।

चमेलियाकोे १५ मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा

दार्चुला,१७ माघ- चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिट अर्थात् १५ मेगावाटको विद्युत् उत्पादन परीक्षण सम्पन्न भएकोे छ । यो सँगै १५ मेगावाट विद्युत् आजदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजना प्रमुख अजय दाहालले जानकारी दिनुभयो । अर्कोे युनिटबाट उत्पादित थप १५ मेगावाट विद्युत्को परीक्षण माघ २७ मा गरिने बताउँदै त्यसपछि दुईवटै युनिटबाट उत्पादित ३० मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजना प्रमुख दाहालले जानकारी दिनुभयो । आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा २५० गुणा बढी समय लागेको थियो । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ । रु आठ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिएको उक्त आयोजना सम्पन्न हुँदासम्म करिब रु १६ अर्ब लाग्ने अनुमान गरिएको छ । यो आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सिजिजिसी)ले निर्माण गरिरहेको छ ।