धूमपानबाट बर्सेनी २५ हजार नेपालीको मृत्यु
काठमाडौँ, वैशाख ३ गते । नेपालमा सूर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २५ हजार जनाको मृत्यु हुने गरेको छ । नेपालमा नसर्ने रोगको तथ्याङ्क ४० प्रतिशत हुँदा धूमपानबाटै वार्षिक १७ हजार नेपालीको मृत्यु हुन्थ्यो भने अहिले यो ६५ प्रतिशत पुग्दा धूमपानबाट २५ हजार नेपालीको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ । नेपालमा ३५.५ पुरुष र १५.५ प्रतिशत महिलाले धूमपान गर्छन् भने सूर्तिजन्य पदार्थको मात्रै सेवन गर्नेमा ३१.२ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिला छन् । विश्वमा सूर्तिजन्य पदार्थबाटै बर्सेनी ७० लाख मानिसको मृत्यु हुने गरेको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले सूर्तिजन्य पदार्थसम्बन्धी ऐनलाई कडाइसाथ कार्यान्वयनमा ल्याउन सके मात्रै पनि त्यसबाट हुने हानि घटाउन सकिने बताउनुभयो । उहाँले सूर्तिजन्य पदार्थबाट मानिसमा क्यान्सर, दम, हृदयरोग लगायत समस्या निम्तिनुका साथै स्वास्थ्यमा गम्भीर असर गर्छ भन्ने जनचेतना तल्लो स्तरसम्म पुर्याउनुपर्ने बताउनुभयो । सूर्ति नियन्त्रण अभियन्ता तारासिंह बमले नेपालमा सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन लाग...