Posts

Showing posts from June, 2017

छोरो च्यापेरै स्कुल जान्छिन् किशोरी

Image
असार १६, २०७४- अहिले टिफिन समय भएको छ । कोही विद्यार्थी ग्राउन्डमा खेलिरहेका छन्, कोही क्यान्टिनमा खाजाका लागि झुम्मिएका छन् । क्यान्टिनको अर्को छेउमा स्कुले पोसाक लगाएकी एउटी किशोरी बच्चालाई दूध चुसाइरहेकी छन् । बिहान १० बज्न १५ मिनेट बाँकी छँदै कुममा झोला झुन्डाएर, पिठ्युँमा छोरा बोकेर उनी स्कुल आउँछिन् । छोरालाई नर्सरी कक्षामा छाडेपछि प्रार्थनाको लाइनमा पुग्छिन् । मध्यान्न टिफिन समयमा छोरालाई दूध चुसाउँछिन्, खाजा खुवाउँछिन् । फुर्सद भयो भने साथीहरूसँग खेल्न पनि भ्याउँछिन् कहिलेकाहीं । पाँचौं पिरियडपछि छोराको छुट्टी हुन्छ, त्यसैले छैटौं र सातौं पिरियड छोरालाई काखमै राखेर पढछिन् । सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत भूमिका परियार बल्ल १८ वर्षकी भइन् । उनको तीन वर्षीय छोरा रिदम पनि सँगै छन् । आमा ९ कक्षामा पढछिन् भने छोरा रिदम नर्सरीमा । बिहान १० नबज्दै र दिउँसो ४ बजेपछि दुईवटा झोला दुईपट्टि, पिठ्युँमा छोरा बोकेर स्कुल आउनु र डेरामा फर्कनु उनको दैनिकी हो । साबिक मराङ गाविसस्थित जनविकास माविमा ८ कक्षा पढदै गर्दा १४ वर्षको उमेरमा उनको परिवारले पल्लो गाउँ साबिक रुम

भिभो आईपीएलको प्रायोजक

चिनियाँ फोन निर्माण भिभोले मंगलबार इन्डियन प्रिमियर लिगको अर्को पाँच वर्षको प्रायोजन सम्झौता गरेको छ । भारतीय क्रिकेट बोर्डका अनुसार ट्वान्टी–ट्वान्टी प्रतियोगिताका लागि ३४ करोड ११ लाख डलर तिरेको हो । भिभोले प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा दुई सिजनअघि पेप्सीलाई विस्थापित गरेको थियो । ‘आउने पाँच सिजन (सन् २०१८–२०२२) भिभो आईपीएलको मुख्य प्रायोजक हुनेछ,’ बोर्डले भनेको छ, ‘हामीले यसबीच खेल आयोजना, मैदानभित्र र बाहिर प्रचारमा सहकार्य गर्नेछौं ।’ बोर्डले थपेको छ, ‘पहिलेको तुलनामा यो अनुबन्ध ५ सय ५४ प्रतिशत वृद्धि हो ।’ भारतीय घरेलु ट्वान्टी–ट्वान्टी लिग पूरा विश्व क्रिकेटमा लोकप्रिय छ ।

हँसिया प्रहार गरी श्रीमानको हत्या

मालिका गाउँपालिका, ५ देविस्थानको जुग्जाकी तारादेवी घर्तीले (६१) श्रीमान् खड्कबहादर घर्तीलाई (७१) हँसिया प्रहार गरी हत्या गरेकी छिन । प्रहरीका अनुसार बुधवार साँझ करिव ८ बजे पारिवारिक विवादमा श्रीमतिले हँसिया र खुर्पा प्रहार गरी हत्या गरेकी हुन । साँझ घर आउँदा बाबुको हत्या भएको देखेपछि छोरा उमेशले नै इलाका प्रहरी कार्यालय दरवाङ्गमा टेलिफोनगरी खवर गरेका थिए । मृतकको जिल्ला अस्पतालमा पोष्ट मार्टम गरिएको छ । तारादेवीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।  

स्थानीय तह निर्वाचन - २०७४ मत परिणाम

Image
  जीत   ०४   अग्रता   ४९ नेकपा एमाले     जीत   ०५   अग्रता ४६ माओवादी केन्द्र     जीत   ०१ अग्रता   २२ संघीय समाजवादी फोरम     जीत -   अग्रता   ३ लोकतान्त्रिक फोरम    जीत   - अग्रता   ०२ अन्य     जीत   -   अग्रता विराटनगर महानगरपालिका पार्टी मेयर उपमेयर ३०६ २५१ २२९ १२६ १५ १०१ इटहरी उपमहानगरपालिका पार्टी मेयर उपमेयर ७४० ७६४ ६१४ ५७८ १२५ ११ धरान उपमहानगरपालिका पार्टी मेयर उपमेयर ७०१ ६७५ ४२७ ४५१ २०७ ०० बुटवल उपमहानगरपालिका पार्टी मेयर उपमेयर १६१० ०० २०१७ २१७२ ०० १११० घोराही उपमहानगरपालिका पार्टी मेयर उपमेयर ११८६ १२३३ २०५४ १९८२ ५३७ ५५५ २० तुल्सीपुर उपमहानगरपालिका पार्टी मेयर उपमेयर १८६० १९६७ २३५५ २२४० ३५९ ३६२ नेपालगञ्ज उपमहानगरपालिका पार्टी मेयर उपमेयर ३८९ ५५७ २१४ २८८ ४३५ ३३१ ६४६ ४२७ धनगढी उपमहानगरपालिका पार्टी मेयर उपमेयर ७१८ ८१३ १६१ ३४० १४८ २७९ ६९०

चीनमा नेपाली विद्यार्थी उत्कृष्ट

Image
असार १६, २०७४- चीनको युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेस ‘युकास’अन्तर्गत विभिन्न इन्स्टिच्युटमा अध्ययन गरेर पिएचडी गरेका पाँचजना नेपाली विद्यार्थीले उत्कृष्ट अवार्डबाट सम्मानित भएका छन् । विज्ञान विषयमा चाइनिज एकेडेमी अफ साइन्सेस ‘युकास’चीनकै सबैभन्दा प्रतिष्ठित र उत्कृष्ट शैक्षिक संस्था हो । चीनभरिमा यसका सयौँ इन्स्टिच्युटहरु रहका छन् । युकासको बेइजिङ इन्स्टिच्युटबाट भूगोलमा पिएचडी गरेका बसन्त पौडेलले तीनवटा अवार्ड हात पारेका छन् । उनले युकासका चिनियाँ तथा विदेशी सबै विद्यार्थीहरुबीचमा प्रतिस्पर्धा गरी एक्सलेन्ट ग्राजुएट अवार्ड प्राप्त गरेका हुन् । सन् २०१७ मा यो अवार्ड प्राप्त गर्ने उनी एक मात्र विदेशी विद्यार्थी हुन् । त्यसैगरी उनले डाइरेक्टर स्कलरसिप अवार्ड र एक्सलेन्ट प्रेजेन्टेसन अवार्ड पनि जितेका छन् । पौडेलले नेपालको कृषि जमिनमा जलवायु परिवर्तनका असरमा पिएचडी गरेका हुन् । पौडेल सन् २०११ मा त्रिविबाट भूगोलमा गोल्डमेडलिस्ट पनि हुन् ।   पौडेलसँगै एउटै समूहमा पिएचडी सकेका अन्य चार नेपाली विद्यार्थी पनि उत्कृष्टमा परेका छन् । युकासकै चीनको सिचुवान प्रान्तको छन्दू इन्स्टिच्युट

अछाममा कांग्रेस र माओवादीद्वारा मतदान प्रक्रिया खारेजीको माग

Image
अछाम : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र अछामले चौरपाटी गाउँपालिका ४ पायल स्थित बैजनाथ मतदान केन्द्रको मतदान प्रक्रिया खारेजीको माग गरेका छन् । एमाले उपाध्यक्ष भिम रावलको निर्देशन र एमाले जिल्ला अध्यक्ष शेरबहादुर कुवरको प्रत्यक्ष नेतृत्वमा सुरक्षाकर्मी रमतदान अधिकृतको संलग्नतामा अरु पाटीका प्रतिनिधि र मतदातालाई लखेटी एकलौटी रुपमा गरिएको मतदान प्रक्रिया खारेजीको माग गरेका हुन् । कांग्रेस सचिव नमबहादुर शाही र माओबादी केन्द्रका संयोजक झपट साँउदले संयुक्त विज्ञप्ति प्रकाशित गरि आफुहरुको सहभागिता नरहेको मतदान प्रक्रिया खारेजी गरि सत्यतथ्य छानबिनको माग गरेका छन् । पुनः मतदान प्रक्रिया अघि नबढाएसम्म चौरपाटी गाउपालिकाका कुनै पनि वडाको मतगणना अघि बढाउन नदिने विज्ञप्तिमा उल्लेख छ । मतदानका क्रममा प्रेस पासको दुरुपयोग गर्दै एमाले समर्थित पत्रकारले अरुको नाममा पनि मतदान गरेको भन्दै दुई पाटीका उम्मेदवारले मतदान अधिकृतलाई मतदान स्थगित गर्न बुधबार ११ बजे नै निवेदन दिएका थिए । आफुहरुलाई बिहानै देखि मतदान स्थलबाट लखेटेर एकलौटी रुपमा मतदान सम्पन्न गराएको दुई पाटीको आरोप छ । पायल एमाले जिल्ला अध्यक

यी हुन् बम हातले समातेर फाल्ने प्रहरी हवल्दार राना

Image
दाङ : अज्ञात समूहले मतदान केन्द्रमा लक्षित गरी फालेको बम प्रहरी हवल्दारले भूँइमा नखस्दै हातले समातेर मतदान केन्द्र भन्दा बाहिर फालिदिएपछि उनको चर्चा चुलिएको छ। सुन्दा अचम्म लाग्ने साहस प्रहरी हवल्दार  दुर्गा बहादुर रानाले गरेका हुन्। दाङको तुलसीपुर ३ अम्बास मतदान केन्द्रको बुथ सुरक्षामा रहेका रानाले ज्यानको पर्वाह नगरी बुथको सुरक्षा गरेका हुन्। हवल्दार रानाले ठूलो साहसका साथ बुथमा फालिएको बमलाई हातले समातेर फालेर बुथ र मतदातालाई सुरक्षित राखेका हुन्। मतदान केन्द्रलाई लक्षित गरी अज्ञात समूहले फालेको बम रानाले भूँइमा खस्न नपाउँदै मतदान केन्द्रभन्दा बाहिर फालेका हुन्। अज्ञात समूहले फालेको उक्त बम हवल्दारले समातेर फालको दुई सेकेण्डमै पड्किएको थियो। हवल्दारले समातेर मतदान केन्द्रभन्दा बाहिर फालेकाले बम पड्किए पनि कुनै क्षति हुन पाएन। हवल्दार रानाले बम समातेर मतदान केन्द्र भन्दा बाहिर नफालेको भए मतदान स्थलमा क्षति पुग्ने भए पनि उहाँको साहसले कुनै क्षति नभएको प्रहरीको भनाइ छ।

'दोस्रो चरणमा ७० प्रतिशतभन्दा बढी मतदान'

Image
निर्वाचन आयोगले तीनवटै प्रदेशका स्थानीय तहमा खसेको मतको विवरण संकलन गरिरहेको जनाएको छ। यद्यपि आयोगका अधिकारीहरुले पहिलो चरणको स्थानीय चुनावमाभन्दा यसपटक बढी मत खसेको अनुमान गरेका छन्। पहिलो चरणमा ७४ प्रतिशत मत खसेको थियो। सारांश स्थानीय निर्वाचनको दोस्रो चरण अन्तरगत प्रदेश नम्बर १,५ र ७ मा मतदान १५ हजारभन्दा बढी पदको निम्ति करिब ६२ हजार उम्मेदवार तीन प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तह झण्डै ६४ लाख मतदाता ४१ जना उम्मेदवार निर्विरोध काठमाण्डूमा पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले विस्तृत विवरण सार्वजनिक ।

'मतगणना सात दिनमा सक्न निर्देशन'

Image
तीन प्रदेशमा दोस्रो चरणको स्थानीय तह चुनाव भएलगत्तै कैयौ स्थानमा मतगणना कार्य शुरु भएको निर्वाचन आयोगका एक अधिकारीले बताएका छन्। कति स्थानमा मतगणना प्रारम्भ भइसकेको हो त्यसबारे पछिल्लो जानकारी आउन बाँकी छ। आयोगका अनुसार प्रदेश नम्बर १, ५ र ७ मा सम्पन्न स्थानीय तहको चुनावको मतगणना कार्य सात दिनभित्र सम्पन्न गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ। आयोगको भनाइमा भरतपुर महानगरपालिकाको मतगणना स्थलमा राजनीतिक दलका कार्यकर्ताबाट मतपत्र च्यातिएको जस्तो घटना अन्यत्र दोहोरिन नदिन विशेष सुरक्षा व्यवस्था गरिएको छ। पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणना द्रुत गतिमा हुन नसकेको भनी आलोचना खेपेको निर्वाचन आयोगले यस पटक एक हप्ताभित्र मतपरिणाम सार्वजनिक गर्ने व्यवस्था मिलाइएको बताएको छ। तर त्यो कार्य चुनौतीपूर्ण हुनसक्छ। दोस्रो चरणको चुनावमा मतदाता र निर्वाचित हुने स्थानीय निकायका पदाधिकारीको संख्या पहिलो चरणको स्थानीय तहको निर्वाचनमाभन्दा बढी छ। निर्वाचन अधिकृतहरुलाई सकेसम्म धेरै टोलीहरु बनाएर गणना शुरु गर्न भनेका छौं। सात दिनमित्र महानगरपालिकाको र तीन दिनभित्र गाउँपालिकाको परिणाम आउनु पर्छ भन्न

बम आतंकबीच सुनसरीमा मतदान : ज्येष्ठ नागरिकलाई सास्ती

Image
बम आतंक र मौसमको प्रतिकुलताका बीचमा सुनसरीमा मतदाता उत्साह देखिएको छ। विभिन्न निर्वाचन केन्द्रमा बिहानैदेखि मतदाताको उत्साह उत्तिकै रहेको छ। निर्वाचन उत्साहजनक भइरहँदा ज्येष्ठ नागरिकले भने सास्ती खेपेका छन्। सवारी सञ्चालनलाई प्रशासनले रोक लगाएपछि जेष्ठ नागरिकलाई समस्या भएको हो। हिँडेरै मतदान केन्द्रसम्म पुग्नुपर्ने बाध्यताले वृद्धवृद्धामा समस्या परेको हो। इटहरीकी ७७ वर्षीया वृद्धा मायादेवी गौतमले हिँडेर मतदान केन्द्रमा पुग्न समस्या भएको जानकारी दिनुभयो। ‘गाडीपनि छैन, बिस्तारै हिड्दै आएर भोट हालेँ,’ उहाँले भन्नुभयो। इटहरीस्थित मतदान केन्द्रका अधिकृत भरतमणि रिजालले पार्टीसँगको समन्वयमा केही ठाउँबाट ज्येष्ठ नागरिकलाई मतदान स्थलसम्म ल्याइएको जानकारी दिनुभयो। रिजालका अनुसार मतदान केन्द्रमा भने ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकता दिइएको जानकारी दिनुभयो। झापामा एक जना ८२ वर्षीया वृद्धको चुनावमा लाइन लागेकै अवस्थामा मृत्यु भएको छ। सुनसरीमा १६६ वटा मतदान स्थलहरु र ४८५ वटा मतदान केन्द्रहरु छन्। चार लाख २१ हजार १५९ मतदाता रहेकोमा तीन हजार ५२४ जनाले उम्मेदवारी दिएका छन्। त्यसमध्येबाट सुनसरीमा ६४४ ज

१३ वर्षमा बिधवा, १०८ बर्षमा नाति नातिनीलाई मतदान

Image
नेपालगन्ज : अघिपछि बिहानैदेखि चर्किने नेपालगन्जको घाम बुधबार निकै शितल भएको छ । बादल लागेजस्तो भएपछि हल्का हावा चलिरहेको छ । बिहानै ५ बजेदेखि मतदाताहरु मतदान केन्द्रमा लाइनमा देखिन्थे । मौसमले पनि साथ दिएपछि बाँकेमा मतदाताहरु निकै उत्साहित भएर मतदान गरिरहेका छन् । नेपालगन्जस्थि जिल्ला बन कार्यालय परिसरमा रहेको मतदान केन्द्रमा एकजना एक सय आठ वर्षकी वृद्धाले मतदान गर्नुभएको छ । सानैमा १३ वर्षको उमेरमै विधवा भएकी १सय ८ वर्षकी ओभीकुमारी पन्थले २० वर्षपछि स्थानीय निकायको निर्वाचनमा मतदान गर्नुभयो । ‘अरु सब्बै चुनावमा भोट हालेँ’ उहाँले भन्नुभयो, ‘यत्तिका बुढी भएसी फेरि आफ्नै नाती उमेदवारहरुलाई भोट हाल्न पाइयो खुसी लाग्या छ ।   ’ यो उमेरमा पनि निकै ह्रष्टपुस्ट र तन्दुरुस्त उहाँ आफैँ घरबाट हिँडेर मतदान केन्द्रसम्म आउनुभएको थियो । सानैमा बिधवा भएपछि बालबिवाह विरुद्ध उहाँले आन्दोलन गर्नुभएको थियो । ‘त्यो बेला नै आन्दोलनमा हिँडे, बिहे पनि गरिनँ, २०११ सालमा बालबिवाह रोक्न भन्यो सरकारले’ उहाँले भन्नुभयो ‘अहिले दिदीबहिनीहरुसँग बसेकी छु, सबैले माया गरेका छन् र त, बाँचेकी छु ।’ जिल्लाभरका २ सय ९५ मतदा

बीच सड़क पर कार में दिखा एलियन, पुलिस ने शेयर की तस्वीरें!

Image
एलियन के बारे में आपने अखबारों में कई बार पढ़ा होगा और फिल्मों में देखा होगा, लेकिन दुनिया में शायद ही कोई इंसान होगा जो एलियन से मिला होगा. एलियन एक ऐसा शब्द है जिसे सुनते ही लोग इसके बारे में जानने और देखने को उत्सुक हो जाते हैं. जरा सोचिए जिस शख्स के सामने सच में एलियन आ जाए तो उसकी क्या प्रतिक्रिया होगी. जॉर्जिया में ट्रैफिक पुलिस अपना काम कर रही थी तभी उनकी नजर लाल बत्ती पर रुकी हुई एक कार में बैठे शख्स पर पड़ी. कार में अजीबो गरीब शख्स बैठा था, वह काफी खुश दिख रहा था.  अल्फ़ेरेटा डिपार्टमेंट ऑफ पब्लिक सेफ्टी  की ओर से फेसबुक पर शेयर की गई तस्वीर में दिख रहा है कि मानो कोई एलियन कार में बैठा हो. वह आम इंसान की तरह कार की सीट बेल्ट लगाए हुए भी दिख रहा है. पुलिस ऑफिसर ने इन तस्वीरों को 26 जून को शेयर करते हुए लिखा है, 'उम्म, चीजें जो आप हर रोज गश्ती के दौरान देखते हैं.' ऑफिसर जॉर्ज गॉर्डन ने बताया कि जब वे एक तेज गति से आ रहे मोटरसाइकिल को राका तभी उनकी नजर एलियन की तरह दिख रहे शख्स पर पड़ी. हालांकि उन्होंने इस बात का उल्लेख नहीं किया कि यह शख्स कौन था. बताया जा रहा है कि कार

भारतीय वैज्ञानिक ने पानी की बूंद से बनाई बिजली, अब यूनेस्को देगा सम्मान

ज्ञात हो, सात वर्षो से यह पुरस्कार ऐसे वैज्ञानिकों और संस्थानों को दिया जाता है, जिन्होंने नैनो विज्ञान और प्रौद्यागिकी के विकास में महत्वपूर्ण कार्य किया है. 2010 में शुरू किए इस पुरस्कार से अब तक 37 व्यक्तियों एवं संस्थानों को नवाजा जा चुका है.

मतदान गर्दागर्दै वृद्धको मृत्यु

Image
असार १४, २०७४- मत खसाल्न आएका दमक ९ का ८२ वर्षीय वृद्ध नरेन्द्र भण्डारीको मृत्यु भएको छ । बुधबार बिहान ७ : ३० बजे उनको सरस्वती माध्यमिक विद्यालयमा मतदान गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मतदानका लागि नाम रुजु गराउँदै गरेको अवस्थामा उनी ढलेका थिए । पारिवारिक स्रोतका अनुसार उनी मुटुको बिरामी थिए । उनी नेपाली कांग्रेसका क्रियाशील सदस्य भएको कांग्रेस जिल्ला सदस्य विक्रम अधिकारीले जानकारी दिए । उनी ०५४ सालको स्थानीय निर्वाचनमा दमक १४ को वडा सदस्यामा निर्वाचित भएका थिए ।  

प्रधानमन्त्री देउवाद्वारा मतदान

Image
असार १४, २०७४- प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले  स्थानीय तह दोस्रो चरणको निर्वाचनमा बिहान करिव साढे ८ बजे  मतदान गरेका छन् । उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ को असिग्राम मावि रुवाखोलास्थित मतदान केन्द्रमा मतदान गरेका छन् । उनका साथमा डा आरुजु देउवा राणाले पनि मतदान गरेकी छिन् । प्रधानमन्त्री देउवा र पत्नी डा. आरुजु देउवा राणा चारदिन अघि नै आफ्नो गृह जिल्लामा आइसकेका थिए । देउवा दम्पती डडेल्धुरा सदरमुकामस्थित स्याउवारी भ्यु टावरमा बसेका थिए ।  प्रधानमन्त्री देउवा मतदान गरि धनगढी फर्कने कार्यक्रम छ । मुख्य निर्वाचन अधिकृत देव कुमार गिरीले जिल्लाका ७७ मतदान केन्द्रमा बिहान ७ बजे देखी डडेल्धुरा जिल्लामा शान्तिपुर्ण ढंगबाट मतदान भइरहेको  जनाएका छन् ।  मतदानका लागि मतदाताहरु उत्साही छन् । मतदाताहरु मतदान गर्न मतदानस्थलमा बिहान ६ बजे नै आइपुगेका थिए । टाढाबाट पैदल हिँडेर आउने मतदाताहरु घरबाट ४ बजे नै निस्केको बताउँछन् । डडेल्धुरा जिल्लामा अमरगढी र परशुराम दुई नगरपालिका छन् भने पाँच गाउँपालिकाहरु रहेका छन् ।  

दार्चुलाका ११ मतदानस्थल अति संवेदनशील सूचीमा, सुरक्षा व्यवस्था कडा

Image
१३ असार, दार्चुला । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि दार्चुलामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लाका १ सय १० मतदानस्थलमध्ये ११ मतदानस्थल अति संवेदनशील र १० मतदानस्थल संवेदनशील सूचीमा राखिएको छ । भौगोलिक विकटता, आपराधिक गतिविधि, सीमा नाका नजिक, सञ्चार सेवाको असुविधा लगायत कारणले ११ मतदान स्थललाई अति संवेदनशील र १० स्थललाई सुरक्षाको दृष्टिकोणले संवेदनशील सूचीमा राखिएको दार्चुलाका प्रहरी निरीक्षक लालबहादुर साउदले बताए । त्यस्तै, ८९ वटा मतदान केन्द्रलाई सामान्य सूचीमा राखिएको छ । सुरक्षा संवेदनशीलता विचार गरेर जिल्लाभरिको सुरक्षा व्यवस्था कडा पारिएको साउदले दाबी गरे । निर्वाचनका बेला मतदाताहरुलाई पूर्ण सुरक्षा अनुभूति गराउन बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । जिल्लाका १ सय २८ मतदान केन्द्रमा ६ सय ३१ नेपाल प्रहरी र ५ सय ३० जना म्यादी प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । त्यस्तै, विभिन्न ठाउँमा सशस्त्र प्रहरी पनि खटाइएको छ । शैल्यशिखर नगरपालिकामा ५० जना, मार्मा गाउँपालिकामा ४० जना, मालिकार्जुन र नौगाड गाउँपालिकामा ३०/३० जना सशस्त्र प्रहरी खटाइएको सशस

राहदानी, लाइसेन्सलगायत कागजात देखाएर पनि भोट हाल्न सकिनेछ : आयोग

असार १३, २०७४- निर्वाचन आयोगले बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाता परिचयपत्रका अतिरिक्त अन्य सरकारी कागजात देखाएर पनि मतदान गर्न सकिने व्यवस्था मिलाएको छ । त्यसका लागि स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम भने समावेश भएको हुनुपर्ने छ । [gallery ids="228"]   मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारण मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा, हराएमा, नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न आयोगले यस्तो निर्णय लिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । मतदाताले नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था

"नेपाली बोल्छौं, तर नेपाली होइनौ"

Image
पहाडमा सबै कुरा ठीक थियो। त्यहाँका मानिस आफ्नै धुनमा मस्त थिए। त्यहाँ पर्यटकहरुको आवतजावत जारी थियो र दार्जिलिङको चौरस्तामा रहेको नेपाली कवि भानुभक्त आचार्यको आधा कदको मूर्तिले गोरखालीहरुलाई आफ्नो मातृभाषा नेपालीको याद सधैं दिलाइरहन्थ्यो। त्यही बेला पश्चिम बंगाल सरकारले नौ कक्षासम्म बंगाली अनिवार्य अध्ययन गर्नै पर्ने नियम ल्यायो। उत्तर बंगालका पहाडी भागमा त्यो नियमको व्यापक विरोध भयो। र, यसले निभ्नै लागिसकेको गोरखाल्याण्डको आगो फेरि सल्कायो। गोरखाल्याण्ड चोक बजारमा "हाम्रो माग गोरखाल्याण्ड" भन्दै नारा लागाउदै हिँड्ने प्रितम कार्की आफ्नो मातृभाषाको विषयमा संवेदनशिल छन्। उनले नेपाली उनको मातृभाषा मात्र नभएर आफ्नो आमा समान भएको बताए। हो, हामी नेपाली बोल्छौं। नेपाली पढ्न र लेख्न पनि चाहन्छौं.... नेपाली बोल्ने हामी जस्ता लाखौं मानिस भारतीय हुन् र हामीलाई भारतीय हुनुमा गर्व छ प्रितम कार्की, दार्जिलिङ निवासी एक युवा यसले भाषाको मुद्दा किन यति महत्वपूर्ण छ र यसमा के समस्या छ भन्ने प्रश्न उठाउँछ। जवाफमा प्रितम कार्कीले भने, "हो, हामी नेपाली बोल्छौं। नेपाली पढ्न र लेख्न पनि चाहन्छ

आफैंले बोकेको बम पड्किदा विप्लवका कार्यकर्ताको मृत्यु

धनगढी  : धनगढी उपमहानगरपालिका वडा नम्वर ४ खानेपानी रोडमा आफैले बोकेको बम पड्किदा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको ज्यान गएको छ । नेकपाका जिल्ला सदस्य चन्द्र वहादुर सिह सनरार्यजको आफैंले बोकेको बम पड्कीएर ज्यान गएको हो । गएराति ९ बजेर ५५ मिनेटमा खानेपानी रोडमा रहेको जिएस एण्ड सन्स रेष्टुरेन्टको पछाडिपट्टी सिहले नै बोकेको बम पड्किएको थियो । बम पड्किएर गम्भीर घाईते भएका सिंहलाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएकोमा उपचारका क्रममा ११ बजेर ४० मिनेटमा सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बताउनुभयो । प्रहरीले घट्नास्थलबाट सिंहको परिचय खुल्ने कागजपत्र फेला पारेको छ । मृत्यु हुनुअघि सिंहले नै आफ्नो परिचय बताएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले बताउनुभयो । घाईते सिंहको शरीर क्षतबिक्षत थियो । घाईते सिंहलाई घट्नास्थलबाट रक्ताम्य र क्षतविक्षप्त अवस्थामा प्रहरीले अस्पताल पुर्‍याएको थियो । अस्पताल पुर्‍याउदासम्म सिंह बोलिरहेका र अस्पताल पुर्‍याएपछि बेहोस भएका सिंहको उपचारकै क्रममा मृत्यु भएको हो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आयरल्यान्डलाई टेस्ट टिमको मान्यता दीयो

[gallery ids="218"] असार १०, २०७४- सन् २०१९ मा आयरल्यान्डको लक्ष्य छ, इङल्यान्डविरुद्ध लर्डस मैदानमा टेस्ट खेल्ने । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आयरल्यान्डलाई टेस्ट टिमको मान्यता दिएपछि उसको यो लक्ष्य अगाडि आएको हो । धेरै वर्षको मिहिनेतपछि आयरल्यान्डसँगै अफगानिस्तानले बिहीबारमात्र टेस्ट टिमको मान्यता पाएका हुन् । यससँगै उनीहरूले पाएका छन्, अतिरिक्त सहयोग रकम र त्योभन्दा ठूलो मतदानको अधिकार । सम्भवत: अर्को वर्ष आयरल्यान्डले पहिलो टेस्ट खेल्नेछ अफगानिस्तानविरुद्ध । तुरुन्तै सुरक्षाका कारणले अफगानिस्तानले घरमै टेस्ट खेल्न पाउने छैन । बरु त्यसको स्थानमा अफगानले दुबईलाई आफ्नो घर बनाएको छ । आयरल्यान्डले भने अहिले तत्काल लर्डसमा खेल्ने सपना बुनिरहेको छ, जुन आइरिस क्रिकेट इतिहासको सबैभन्दा ठूलो खेल हुनेछ, त्यसमा शंका छैन । आयरल्यान्डले पछिल्लो मे महिना लर्डसमा वान डे खेल्दा २५ हजारभन्दा बढी टिकट बेच्न सफल रहेकाले पनि उत्साहित भएको हो । सँगै आयरल्यान्डलाई विश्वास छ, अब आफ्ना प्रतिभाशाली खेलाडीहरू इङल्यान्डमा पलायन पनि हुने छैनन् । सम्भवत: यसले आइरिस खेलाडीलाई समस्या पनि

अनिरुद्र उच्च माबि एक्सपर्ट क्रिकेट लिग च्याम्पियनसिपको सेमिफाइनलमा

Image
कञ्चनपुरको अनिरुद्र उच्च माबि र भैरहवामा जारी एक्सपर्ट क्रिकेट लिग च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन । अनिरुद्रले काठमाडौँको राजन मेमोरियल माबिलाई पाच विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको राजन मेमोरियलले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १० रनको योगफल तयार पारयो । उसका लागि बिजय तामाङले ३१, सुसन कार्कीले २४ र अमित कुमार महतोले २३ रन जोडे । बलिङ तर्फ अनिरुद्रका रोशन साउद र रविन राउदले दुई दुई विकेट लिए । एक सय ११ रनको लक्ष्य पछ्याएको अनिरुद्रले १७ ओभर दुई बलमा पाच विकेट गुमाउदै पुरा गरयो । अनिरुद्रका रोशन साउदले ४५, पारस क्षेत्री ३१ र साजन गौतमले १३ रन जोडे ।

भारतमा ‘ट्रम्प गाउँ'

असार १२, २०७४- भारतको नयाँदिल्लीबाट ८० किलोमिटर टाढा पर्ने एउटा गाउँको नाम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा राखिएको छ । हरियाणा प्रदेशको मेवात जिल्लामा पर्ने मारोरा भन्ने उक्त गाउँमा अधिकांश मुस्लिम समुदायको बस्ती छ । [gallery ids="201"] सुलभ इन्टरनेसनल नामक संस्थाले उक्त गाउँलाई खुला दिसामुक्त बनाउन सबैको ध्यानाकर्षण गराउने उद्देश्यले यस्तो नाम दिएको हो । संस्थाका संस्थापक विन्देश्वर पाठकले गाउँको नयाँ नाम राखिएपछि सरकारले ध्यान दिएर खानेपानी र सरसफाइको अवस्थालाई विश्वस्तरमा पु¥याउनुपर्ने बताएका छन् । १६५ घर रहेको उक्त गाउँमा अहिलेसम्म जम्मा २० मात्रै शौचालय छन् । पाठकले मारोरा गाउँलाई ट्रम्प गाउँ नामकरण गरिएको घोषणा हालै मात्रै वासिङ्टन डीसीमा भएको एक कार्यक्रममा गरेका थिए । ‘मैले त्यहाँको सरसफाइका बारेमा प्रस्तुति दिइरहेको थिएँ, त्यही बेलामा मेरो दिमागमा यस्तो उपाय आयो, यसलाई त्यहाँका जनताले राम्रै तरिकाले लिएका छन्,’ उनले भने । भारतमा यसरी अमेरिकी राष्ट्रपतिको नाममा गाउँको नाम राखेको यो पहिलो पटक भने होइन । नयाँदिल्लीसँग सीमा जोडिएको दौलतपुर नासिराबाद भन्ने अर्को

पौडी खेल्दा दुई बालकको डुबेर मृत्यु

असार १२, २०७४- पौडी खेल्ने क्रममा तिनाउ खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । तानसेन नगरपालिका, ९ अम्ल्याहानमा डुबेर अमृत र अनुप कुमालको आइतबार मृत्यु भएको हो । विद्यँलय बन्द भएको र बाबुआमा रोपाइँमा गएको मौका पारेर उनीहरु तिनाउ खोलामा पौडी खेल्न गएका बेला डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । अमृत दमकडा मावि कक्षा ५ र अनुप रिभरभ्याली माविमा अध्ययनरत विद्यार्थी हुन् । असार १४ गते हुने स्थानीय तह निर्वाचनकालागि शुक्रबारदेखि विद्यालय बन्द छन् ।    

डडेल्धुरामा प्रधानमन्त्रीले भने, ‘यहाँको विकासको जिम्मा म लिन्छु’

Image
असार ११, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गृह जिल्ला डडेल्धुरामा पार्टी भित्रका साथीहरु मिलाउने र जिल्लाको समग्र विकासको जिम्मेवारी आफूले लिने बताएका छन् । जिल्ला सदरमुकामस्थित बगबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘कांग्रेसलाई सक्रिय भएर जिताउनुहोस् जिल्लाको समग्र विकास र पार्टी भित्रका सबै साथीको मुल्यांकन गरी उचित स्थान दिने जिम्मेवारी मेरो हो ।’ आफ्नो दश मिनटको भाषणमा  पाँच मिनट देउवाले जिल्ला भित्र असन्तुष्ट कार्यकर्ताको मन शान्त पार्ने  प्रयास गरेका थिए । ‘टिकट नपाएकोमा कुनै साथी रिसाउनु पर्दैन । सबै साथीहरु योग्य थिए । पाउने एउटाले हो । नपाएकाहरुले अरु अवसरहरु प्राप्त गर्ने छन् । जिल्ला समन्वय समिति, प्रदेश सांसद र सरकार, केन्द्र धेरै ठाउँमा व्यवस्थापन गरिने छ । कोही योग्य साथी छुट्ने छैन,’ उनले भने ‘तर पार्टीलाई जिताउन सबैले सक्रिय भएर चुनावमा खटिनु आवश्यक छ । कांग्रेसले जित्नुपर्छ ।’ उनले आफ्नो मनतव्यको बाँकी पाँच मिनट स्थानीय विकास निर्माणमा खर्चे । उनले आममतदातालाई भने, ‘आफु र आफ्नो पार्टीलाई हेरेर भोट खसाल्न हात जोडेर बिन्ती गर्छु