Posts

Showing posts with the label धनगढी उपमहानगरपालिका

राजधानीमै सार्वजनिक शौचालयको समस्या

धनगढी, दिनेश खबर प्रदेश नम्वर ७ को राजधानी भईसक्दा समेत धनगढीमा सार्वजनिक शौचालयको समस्या कायमै रहेको छ। थोरै मात्रामा रहेका सार्वजनिक शौचालय पनि सरसफाईको अभावले अस्तव्यस्त रहेका छन्। धनगढी उप–महानगरपालिका क्षेत्रमा रहेका आधा दर्जन सार्वजनिक शौचालय निकै दुर्गन्धित छन् भने प्रदेशको राजधानी भएर भिडभाड बढेपनि शौचालय थप गरीएका छैन्न। भएका सार्वजनिक शौचालय पनि नियमित सरसफाईमा ध्यान नदिदा प्रयोग विहीनजस्तै बनेका छन्। उता घुम्ती शौचालय ल्याउने प्रचार गरेका कैलाली उद्योग वाणिज्य संघ र धनगढी जेसीजले अहिलेसम्म ल्याउन सकेका छैनन्। धनगढी उपमहानगरपालिकामा घुम्ती शौचालय सञ्चालनमा ल्याईने भन्दै कैलाली उद्योग वाणिज्य संघले पनि प्रचार गरेको थियो। महोत्सव भन्दा धेरै अगाडी नै उद्योग वाण्ज्यि संघले धनगढी उप–महानगरपालिकालाई घुम्ती शौचालय हस्तान्तरण गर्ने बताएको थियो। भारतबाट खरीद गरी ल्याईएको घुम्ती शौचालय भन्सार तिर्न बाँकी रहेकाले डेढ महिनादेखी भन्सारमा अड्काईएको छ। भन्सार छुटका लागि प्रक्रिया अगाडी बढाईएकाले समय लागेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर वोगटीले बताए। बैशाखमा धनगढी दौडीन्छ कार्यक्र...

धनगढी उप-महानगरपालिका वडा नम्वर २ मा निर्माणाधीन सडक र शाखा सडक जोड्ने नालीमाथीको स्ल्याप मापदण्ड विपरीत निर्माण

धनगढी माघ २० गते । सघन सहरी विकास कार्यक्रम अन्तरगत धनगढी उप–महानगरपालीकामा निर्माणाधीन सडक र शाखा सडक जोड्ने नालीमाथीको स्ल्याप मापदण्ड विपरीत निर्माण गरीएको भेटीएको छ । धनगढी उप–महानगरपालीका वडा नम्वर २ को चन्दन टाकीजदेखि सरस्वती नगर जोड्ने सडकको नालीमाथीको स्ल्यापमा लापरवाही गरीएको भेटीएको हो । निर्माण व्यवसायीले कमसल निर्माण सामाग्रीको प्रयोग गर्दै शाखा सडक जोड्न नालीमाथी स्ल्याप निर्माण गरेकाले त्यसको पुर्ननिर्माणको स्थानीयले माग गरेका छन । यसअघि सोही सडकमा साविकको चौडाई समेत घटाएको भन्दै स्थानियले बिरोध गरेका थिए । कुनै एक जनाको घर जानका लागी बनाईएको स्ल्याप र दर्जनौ घर जानका लागी बनाईएको शाखा बाटोमा निर्माण गरीएको स्ल्यापमा कुनै भिन्नता नरहेको स्थानीय विष्णु शाहले बताउनुभयो । शाखा सडक जोड्नका लागी नालीमाथी स्ल्याप बनाउँदा डवल जालीको प्रयोग गर्दै गुणस्तरीय बनाउन पर्ने मापदण्ड रहेको छ । तर निर्माण व्यवसायीले सिङगल जालीको प्रयोग गर्दै स्ल्याप बनाएपछि ठुला सवारी चलाउने वित्तीकै भत्कीने खतरा रहेको स्थानीय टेकराज जोशीले बताउनुभयो । यसअघि सोही सडकको विषयमा सावीकको समेत चौडाई घटाएर निर्...

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड

प्रदेश नम्बर ७ को एक मात्र उपमहानगरपालिका धनगढीको शनिबार भएको प्रथम नगर अधिवेशनमा आर्थिक वर्ष २०७४/०७५ का लागि एक अर्ब १४ करोड ४१ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओडले उपमहानगरको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै आब २०७४/०७५ मा लाग्ने कुल एकीकृत सम्पत्ति करको रकममा १५ प्रतिशत छूट दिने व्यवस्था गरिएको जानकारी दिए । अहिलेसम्म धनगढी उपमहानगरले लिँदै आएको सम्पत्ति कर बढी भएको र अवैज्ञानिक रहेको जनगुनासो रहेको थियो । प्रमुख ओडले प्रस्तुत गरेका बजेटमध्ये चालू खर्चतर्फ २५ करोड ५५ लाख ७५ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ  ८८ करोड ८५ लाख ८४ हजार रुपैयाँ रहेको छ । सार्वजनिक गरिएको बजेटमा सवै वडामा पहिलो पटक प्रत्येक वडालाई ५० लाख रुपैयाँसम्मका दरले बजेट विनियोजन गर्ने प्रस्ताव गरिएको छ । बजेट रकम सवै वडालाई समानरुपमा विनियोजन गर्ने प्रस्ताव गरेका छौँ, ओडले भने,—प्रस्तावितमध्ये थप बजेट रकम जनसंख्या र भूगोललाई आधार मानी वडामा क्रमशः ६०/४० को अनुपातमा भार दिएर समेत विनियोजन गर्न लागेका छौं ।’ प्रस्तुत नीति तथा कार्यक्रममा भौतिक पूर्वाधारहरुको विकास...

धनगढी उपमहानगरमा कांग्रेस विजयी

Image
प्रदेश नं सातको एकमात्र उपमहानगरमा नेपाली कांग्रेसले ठूलो मत अन्तरले विजय हासिल गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार प्रमुख पदका उम्मेदवार नृप वड र उप प्रमुख पदका उम्मेदवार सुशीला मिश्र भट्ट विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार प्रमुखमा कांग्रेसका नृपबहादुर वड १४ हजार ३ सय २४ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार५ सय २७ मत प्राप्त गरे । यसैगरी उपप्रमुखमा कांग्रेसकै सुशीला मिश्र भट्टले १७ हजा ४ सय ८मत ल्याइ विजय हासिल गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी रुक्मिणी देवकोटाले १२ हजार७ सय ६३ मत पाइन् । एमालेका प्रमुख पदका उम्मेदवार दुर्गा जोशी भने चौथो स्थानमा मत ल्याएका छन् । जोशीले ९९४६ मत ल्याए भने माओवादीका रामसमझ रानाले १०२२९ मत ल्याए । नेपाली कांग्रेसले प्रमुख र उपप्रमुख सहति १२ वटा वडामा पनि विजय भएको छ । नेपाली कांग्रेसले १, २, ४, ५, ७, ८, ९, १०, १२, १३, १६ र १७नं वडामा विजय हासिल गरेको छ । दोस्रो स्थानमा नेकपा एमालेले दुइ वडामा मात्र सिमिति हुनु प...

लम्की र घोडाघोडीमा एमाले विजयी

कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । नगरप्रमुखमा महादेव बजगाई छ हजार ८१९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भक्तबहादुर थापाले छ हजार २५५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गोकुल बाँस्तोलाले जानकारी दिनुभयो । उपप्रमुखमा एमालेकी टीका थापा सात हजार ९०५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका धनादेवी चौधरीले पाँच हजार ४९ मत प्राप्त गर्नुभयो । सो नगरपालिकामा ३९ हजार २३५ मतदाता रहेकामा २८ हजार ३५४ मत खसेको थियो । यस्तै कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख र उपप्रमुखमा पनि एमाले विजयी भएको छ । प्रमुखमा ममताप्रसाद चौधरी आठ हजार १६४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लक्ष्मण चौधरीले सात हजार २३७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उपप्रमुखमा एमालेकै प्रेमकुमारी थापाले सात हजार २३४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी दुर्गा चलाउने खड्काले सात...