यातायात कार्यालयका निमित्त प्रमुख सहित ७ कर्मचारी निलम्बित
महेन्द्रनगर : यातायात व्यवस्था विभागले महाकाली अञ्चल यातायात कार्यालय महाकालीका निमित्त कार्यालय प्रमुख सहित ७ जना कर्मचारीहरुलाई निलम्बन गरेको छ । भारतबाट भित्र्याईएका चोरीका गाडीलाई दर्ता गरेर सञ्चालनको अनुमति दिएको भन्दै सरकारले निमित्त कार्यालय प्रमुख हेमन्त बहादुर सिंह सहितका ७ जना कर्मचारीहरु निलम्बन गरेको हो । विभागको आन्तरीक अनुसन्धानपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनीहरुलाई निलम्बन गरेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका प्रवक्ता डा. टोपराज पाण्डेयले निमित्त कार्यालय प्रमुख सहितका ७ जना कर्मचारीहरु निलम्बन गरिएको पुष्टि गर्नुभयो । उहाँले मन्त्रालयले आवश्यक अनुसन्धानपछि उनीहरुलाई निलम्बन गरेको जानकारी दिनुभयो । ‘मन्त्रालयले उनीहरुलाई निलम्बन गरेको हो’ प्रवक्ता पाण्डेयले भन्नुभयो, ‘प्रारम्भिक अनुसन्धान संगै थप प्रभावकारी हिसाबले अनुसन्धान गर्नका लागि सहजहोस भनेर निलम्बन गरेर अनुसन्धान थालिएको हो’ । निमित्त कार्यालय प्रमुख हेमन्त बहादुर सिंह घरेलु तथा साना उद्योग कार्यालयबाट ५ महिना अघि मात्रै यातायात कार्यालयमा काज सरुवा हुनुभएको थियो । कार्यालय प्रमुख बाश...