Posts

Showing posts with the label धुर्मस सुन्तली फाउन्डेसन

धुर्मुस–सुन्तलीको नमूनाबस्ती तयार, बाढी पीडितहरु घर सर्ने तयारीमा

घरसंगै व्यवहारमा परिवर्तन ल्याउने बाचा, ८० लाख अपुग रौतहट — बाढीको वितण्डापछि लामो समयदेखि चन्द्रपुर–८ सन्तपुरस्थित बागमती नहरको डिलमा बस्दै आएका बाढी पीडितहरु नयाँ पक्की घरमा सर्ने तयारीमा जुटेका छन । बाढीको कारण घरवार विहीन भई नहरको डिलमा छाप्रोमा बस्दै आएका ४७ परिवार एकै साथ नयाँ पक्की घरमा सर्न लागेका हुन् । पुरानो घर रहेको १२ कठ्ठा जग्गामा धुर्मस–सुन्तली फाउण्डेशनले थालेको ‘एकिकृत नमुना बस्ती सन्तपुर’ को नामले शौचालयसहितको घर निर्माण कार्य अन्तिम चरणमा पुगे पछि उनीहरु नयाँ घर सर्ने तयारी लागेका हुन् । फाउण्डेशनले आफ्नो चौथों परियोजना अन्तर्गत ५ करोड ९५ लाखको अनुमानित लागतमा ४७ वटा दुई तल्ले पक्की घर, शौचालय, एउटा सामुदायिक भवन, मुसहर र पासवानको कुल देवताको २ वटा छुट्टाछुट्टै मन्दिर, एउटा विद्यालय भवन, एउटा क्लव घर, एउटा बाल उद्यान र एउटा फलामको अग्लो भ्यू टावर समेत निर्माण गरेको बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीले बताए । गत असोज ४ गते धुर्मस–सुन्तली र बस्तीकी जेष्ठ नागरिक एक सय सात (१०७) वर्षीया रामकली देवी हजराले संयुक्त रुपमा शिलान्यास गरेको उक्त बस्ती निर्माण कार्य ...