Posts

Showing posts with the label नेकपा एमाले

१४ गते पार्टी एकीकरणको मिती तोकीने, एकतापछि पछुताउनुभन्दा समय लिनु राम्रोः प्रचण्ड

चितवन, वैशाख ११ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरण गर्ने मिति वैशाख १४ गते तोकिने बताएका छन । आज चितवनको भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताका विषयमा केही जटिलता नभएको तर समय अभावले केही पर सरेको बताएका हुन । वैशाख १४ गते भित्र सबै समझदारी भइसक्ने र लगत्तै पार्टी एकीकरण हुने बताउँदै उनले दुई अध्यक्षको व्यस्तताले ढिला भएको बताए । समय निकालेर छिट्टै टुंगोमा पुगिने उनको भनाई छ । केही दिन ढिलाई हुँदैमा केही समस्या नहुने बताउँदै अध्यक्ष प्रचण्डले पार्टी एकीकरणपछि पछुताउनु भन्दा एकताअघि नै समय लिनु राम्रो भएको बताए । वैशाख महिनाभित्रै पार्टी एकीकरण हुने उनले बताए ।

यही महिनाभित्र पार्टी एकता हुने

काठमाडौँ, वैशाख ८ गते । वैशाख महिनाभित्र दुई वाम दलको पार्टी एकता घोषणा गर्ने गरी दुईवटा कार्यदलले बुझाएको प्रतिवेदनमाथि केन्द्रित भएर दुवै दलका अध्यक्षबीच शुक्रबार पनि सघन र सकारात्मक वार्ता भएको छ । ललितपुरको जावलाखेलस्थित एक कार्यकर्ताको निवासमा भएको करिब दुई घन्टा लामो छलफल र संवादमा कार्यदलले बुझाएको प्रतिवेदनमा सहमति नभएका विषयमा केन्द्रित भएर छलफल भएको नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी गराएको छ । कार्यदलले बुझाएको प्रतिवेदनमा माओवादी केन्द्रले ‘जनयुद्ध’ शब्दलाई विधानको प्रस्तावनामा राख्नुपर्ने भनेको छ । त्यस्तै एमालेले राखेको प्रस्तावअनुसार दलको चुनाव चिह्न सूर्यको विषयमा केन्द्रको सहमति खोजिरहेको छ । सोहीअनुसार कार्यदलले प्रस्ताव गरेको १० वटा पार्टी कमिटीमा बराबर सङ्ख्याको हैसियत माओवादी केन्द्रले खोजेको छ । त्यस विषयलाई एमालेले स्वीकार गरेको छैन । प्रमुख यी तीन विषयलाई मिलाउने जिम्मा कार्यदलले दुई अध्यक्षलाई दिएको छ । सोहीअनुसार एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नियमित ...

प्रदेश ७ वाट एमालेले मन्त्री नपाएपछि नेताहरु असन्तुष्ट

धनगढी चैत २७ । प्रदेश नम्बर ७ बाट संघीय मन्त्री परिषदमा प्रतिनिधित्व नभएको भन्दै नेकपा एमालेका नेताहरु असन्तुष्ट भएका छन् । एमाले प्रदेश ७ को सम्पन्न वैठकले मन्त्री नपाएको भनि निर्णय गरेरै आपत्ति जनाएका छन् । राष्ट्रिय राजनीतिमा प्रदेशको उल्लेखनीय योगदान भएको भन्दै संघीय मन्त्री परिषद्मा प्रतिनिधित्व नगराईनु आपत्तिजनक भएको एमाले जनाएको छ । एमाले उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावलद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा प्रदेश नम्बर ७ बाट मन्त्री परिषद्मा प्रतिनिधित्व नगराईनु अन्यायपूर्ण भएको उल्लेख छ । प्रदेश ७ बाट तत्काल न्यायोचित प्रतिनिधित्व गराउन पार्टीलाई समेत पार्टी नेतृत्वलाई माग गरिएको छ ।

गौरिफन्टा नाकालाई सुविधा युक्त बनाउन एमाले प्रदेश ७ को माग

धनगढी चैत २६। नेकपा एमाले प्रदेश नम्बर ७ ले गौरिफन्टा नाकालाई सुविधा युक्त बनाउनका लागि भारत सरकारसँग वार्ताको कुटनीतिक पहल गर्न माग गरेको छ । एमाले ७ नम्बर प्रदेश कमिटिको सोमवार सम्पन्न बैठकले गौरीफन्टा नाकालाई सुविधा युक्त बनाउन भारतसँग वार्ताको कुटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गरेको हो। लामो समयदेखी सञ्चालनमा रहेको नाका भारतले एकतर्फी रुपमा बन्द गर्न लागेको विषयमा ध्यानाकर्षण भएको जनाएको छ। त्यस्तै संघीय मन्त्रीपरिषदमा प्रदेश ७ बाट प्रतिनिधित्व नगराईएको भन्दै आपत्ति समेत प्रकट गरिएको छ। बैठकबाट पारित प्रस्तावहरु समेटिएको प्रेस विज्ञप्तीको २ नम्बर बुदामा विकास सुचकाङ्क पछाडी रहेको प्रदेश बाट पार्टीले संघीय मन्त्रीपरिषदमा प्रतिनिधित्व नगराईनु अन्यायपूर्ण भएको उल्लेख छ भने न्यायोचित प्रतिनिधित्व गराउन समेत माग गरिएको छ। बोक्सीको अरोपमा कुटपीटमा परेकी कैलालीको घोडाघोडी नगरपालिका ५ देउकलियाकी राधा चौधरीको घटनाको विरोध गर्दै यस्ता घटना पुनः नदोहोरिन दिन प्रदेश सरकारलाई कानूनको पालना गराउने लगायतका कार्य गर्न पनि माग गरिएको छ। असिना पानिले अछाम र डोटीका विभिन्न स्थानमा हिउँदे बालीमा गर...

पार्टी एकीकरणको लागि आन्तरिम विधान तयार हुदैछः एमाले उपाध्यक्ष रावल

धनगढी। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता छिट्टै हुने बताएका छन्। पार्टी एकीकरणको लागि आन्तरिम विधान तयार भएको बताउँदै उनले छिट्टै एकीकरणको प्रक्रिया टुंगिने बताए। शनिबार गेटा विमान स्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी एकतामा कुनै अवरोध नभएको बताए। संविधानमा देखिएको मत भेद अन्त्यको लागि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँग सरकारले सहकार्य गर्न खोजेको पनि उनले स्पष्ट पारे। अझैपनि संविधानमा देखिएको केहि मतभेद अन्त्यको लागि सहकार्य गर्न खोजेको तर त्यसको अर्थ सरकारमा बहुमत र्पुयाउन लाई नभएको बताए।

प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता

काठमाडौँ, चैत ११ गते । नेकपा (माओवादी केन्द्र)ले एमालेसँग जारी पार्टी एकीकरण प्रक्रिया छिट्टै टुङ्गयाउन प्रस्ताव गरेको छ । माओवादीको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै पार्टी एकता टुङ्गयाउन प्रस्ताव गरेको माओवादी नेता विश्वनाथ साहले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले चैत २३ देखि भारत भ्रमण गर्ने तयारी गर्नुभएकाले त्यसअघि नै पार्टी एकता घोषणा गर्न प्रस्ताव गरेको नेता साहले बताउनुभयो। यस अघि नेकपा (एमाले) र माओवादी केन्द्रबीच वैशाख १० गते पार्टी एकीकरणको घोषणा गर्ने सहमति भएको थियो । यही सहमतिका आधारमा अहिले दुवै पार्टीले एकीकरणका लागि गृहकार्य अन्तिम चरणमा समेत पुऱ्याएका छन् । एकता प्रक्रियालाई अघि बढाउन गठन गरिएका दुई कार्यदलले आ–आफ्नो प्रतिवेदन तयार गरिरहेका छन् । दुवै कार्यदलले १० दिनभित्र प्रतिवेदन दिने बताइएको छ । प्रतिवेदन आएपछि त्यसलाई अन्तिम रूप दिएर पार्टी घोषणा हुने साहले बताउनुभयो । जिम्मेवारी हेरफेर माओवादी केन्द्रले पार्टीभित्र जिम्मेवारी पनि हेरफेर पनि गरेको छ । विभिन्न प्रदेशका इन्चार्ज रहनुभएका नेताहरू मन्त्री भएपछि उहाँको ठाउँमा अर्कालाई ...