Posts

Showing posts with the label एमाले

ओली र प्रचण्ड दुवै अध्यक्ष वा सहअध्यक्ष हुने : आलोपालो प्रधानमन्त्री चलाउने सहमतिनजिक

एमाले र माओवादी एकीकरणनजिक पुगेका छन् दुवै पार्टीका नेताहरूले छलफल सकारात्मक निष्कर्षमा पुगेको जानकारी दिँदै दुई दिनभित्रै एकता संयोजन समितिको बैठकमा छलफल भएपछि एकताको मोडालिटी सार्वजनिक हुने बताएका छन् सरकार गठनअघि नै पार्टी एकता भएमा ओली गठबन्धन होइन, बहुमत प्राप्त दलको नेताका रूपमा प्रधानमन्त्री हुनेछन् । एकीकृत पार्टीका रूपमा उनीसँग १७४ सांसदको समर्थन हुनेछ । बहुमतका लागि जम्मा १३८ सांसद आवश्यक हुन्छ । त्यसैले, एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखेर निर्वाचन आयोग जाने र सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी गर्ने तयारी छ । ‘एकीकृत पार्टीबाटै सरकार गठन गर्ने गरी मंगलबार अन्तिम छलफल हुँदै छ, अन्तिम टुंगो एकता संयोजन समितिबाट लागेपछि ओली संविधानको धारा ७६ को उपधारा १ अनुसार बहुमत प्राप्त संसदीय दलको नेताका रूपमा प्रधानमन्त्रीमा सर्वसम्मत चयन हुने सम्भावना बढ्दै गएको छ,’ उच्च स्रोतले भन्यो । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मंगलबार बिहान पुनः एक चरण छलफल हुने भएको छ । त्यसलगत्तै एमाले स्थायी समिति र माओवादी केन्द्रले सचिवालय बैठकबाट दुई नेताको पछिल्लो...

प्रधानमन्त्री वा अध्यक्ष नपाए एकता असम्भव - नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रका एकजना नेताले प्रधानमन्त्री वा एकीकृत पार्टीको अध्यक्ष नपाए नेकपा एमालेसँगको एकता असम्भव भएको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीसँगको छलफलपछि आइतवार चितवन पुगेका माओवादी अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका सचिवालय सदस्य नारायण दाहालले एउटा पद पनि छाड्न एमाले अनिच्छुक देखिएको जनाएका छन्। अघिल्लो शनिवार चितवनमा 'केही दिनभित्रै एकताबारे निर्णायक कुरा गर्ने' बताएका प्रचण्ड ओलीसँगको वार्तापछि चितवन पुग्दा उनीसँग सुनाउने कुनै निर्णायक सन्देश थिएन। ओलीसँगको भेटबारे प्रचण्डसित कुराकानी गरेपछि नेता दाहालले बीबीसीसँग भने, "एकताको गति अघि बढेको तर त्यसले समात्नु पर्ने गति नपकडिएको उहाँले बताउनुभयो।" 'एमालेलाई गाह्रो' प्रचण्डले 'पार्टी एकता रोक्ने र वाम गठबन्धन तोड्ने ठूलै षड्यन्त्र भइरहेको' विगतको धारणा पुन: दोहर्‍याएका छन्। कतिपयले त्यसलाई एमालेले प्रधानमन्त्री वा अध्यक्ष कुनै छाड्न नमानेपछिको प्रचण्डको असन्तुष्टिको संकेत ठानेका छन्। त्यसबारे सचिवालय सदस्य दाहालको भनाइ थियो, "करिब-करिब त्यस्तो देखिन्छ। एमाले नेतृत्वले गाह्रो मानेको देखि...

प्रदेश ७ को सभामुख बन्न एमालेका चार नेता प्रतिस्पर्धामा

धनगढी, माघ २१ गते । वाम गठबन्धनको भागबन्डामा सभामुख पद एमालेको भागमा परेको छ । मुख्यमन्त्रीको दाबी गरिरहेका एमाले नेताहरू पछिल्लो समय सभामुख बन्न लबिङ गरिरहेका छन् । निम्न बिधायकहरू प्रदेश नं ७ को सभामुख बन्ने दौडमा छन् । डोटीबाट निर्वा्चित पूर्णा जोशी डडेल्धुराबाट निर्वा्चित पठानसिंह बोहरा कञ्चनपुरका तारा लामा तामाङ बझाङबाट निर्वा्चित अर्जुन थापा यीमध्ये तामाङ र थापाको सम्भावना बलियो रहेको एक एमाले नेताले बताए। २१ माघमा प्रदेश संयोजक तथा पार्टी उपाध्यक्ष भीम रावलको उपस्थितिमा संसदीय दलको बैठक बस्ने एमालेको तयारी छ । त्यही बैठकले संसदीय दलको नेता तथा सभामुखको उम्मेदवार चयन गर्नेछ ।

राष्ट्रिय सभा चुनाव सार्ने चलखेल भएको एमाले आरोप

काठमाडौँ — एमालेले राष्ट्रिय सभाको घोषित निर्वाचन सार्ने चलखेल भएको आरोप लगाउँदै सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । कार्यवाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले राष्ट्रियसभाको निर्वाचन तोकिएकै मितिमा गर्न आग्रह गरेको छ । ‘प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न भएको ढिलाइप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ प्रचार विभाग प्रमुखसमेत रहेका सचिव योगेश भट्टराईले भने, ‘यसले राष्ट्रिय सभाको निर्वाचन प्रभावित गर्न र अन्यौल बढाउन खोजिदैछ ।’ ‘प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सरकारको नितान्त आफ्नो बिजनेस हो,’ सचिव भट्टराई भन्छन्, ‘पछि के गर्ने सोचौंला ।’ निर्वाचन आयोगले माघ २४ गते राष्ट्रिय सभा निर्वाचन गर्ने तय गरिसकेको छ । प्रदेश प्रमुख र अस्थायी राजधानी नतोक्दा निर्वाचन प्रभावित हुन सक्ने चेतावनी आयोगले दुई दिनअघि नै दिएको थियो । एमालेले राष्ट्रिय सभामा उम्मेदवार चयनमा सिफारिस गर्दा प्रत्यक्ष निर्वाचन र समानुापतिकमा छुटेका समूदाय पर्नेगरी पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । एमालेले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नेबारे सरक...

धनगढी उपमहानगरमा कांग्रेस विजयी

Image
प्रदेश नं सातको एकमात्र उपमहानगरमा नेपाली कांग्रेसले ठूलो मत अन्तरले विजय हासिल गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार प्रमुख पदका उम्मेदवार नृप वड र उप प्रमुख पदका उम्मेदवार सुशीला मिश्र भट्ट विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार प्रमुखमा कांग्रेसका नृपबहादुर वड १४ हजार ३ सय २४ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार५ सय २७ मत प्राप्त गरे । यसैगरी उपप्रमुखमा कांग्रेसकै सुशीला मिश्र भट्टले १७ हजा ४ सय ८मत ल्याइ विजय हासिल गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी रुक्मिणी देवकोटाले १२ हजार७ सय ६३ मत पाइन् । एमालेका प्रमुख पदका उम्मेदवार दुर्गा जोशी भने चौथो स्थानमा मत ल्याएका छन् । जोशीले ९९४६ मत ल्याए भने माओवादीका रामसमझ रानाले १०२२९ मत ल्याए । नेपाली कांग्रेसले प्रमुख र उपप्रमुख सहति १२ वटा वडामा पनि विजय भएको छ । नेपाली कांग्रेसले १, २, ४, ५, ७, ८, ९, १०, १२, १३, १६ र १७नं वडामा विजय हासिल गरेको छ । दोस्रो स्थानमा नेकपा एमालेले दुइ वडामा मात्र सिमिति हुनु प...